Breaking News
स्वास्थ्यकर्मीले सुत्केरीलाई बोकेर घरै पुर्याइदिए

२४ असार, काठमाडौं । प्युठानको ऐरावती गाउँपालिका–६, काल्नेकी ३० वर्षीया जिवा विकलाई शनिबार साँझ सुत्केरी व्यथा सुरु हुँदा बाहिर झमझम् पानी परिरहेको थियो । हुन त ३ दिनअघिबाटै जिवाको तल्लो पेट दुखिरहेको थियो । तर, एक्कासी त्यसरी च्याप्ला भन्ने सोचेकी थिइनन् । पालिकामा गर्भवती भएका महिलाहरुलाई स्वास्थ्यकर्मीहरु नियमित निगरानीमै राखेका हुन्छन् । त्यो साँझ पनि […]
तिन दिन पछि खुल्याे बेनी-दरबाङ सडक

विकल्प न्युज/ बेनी असार २४ गते । पहिरोले अवरुद्ध भएको म्याग्दीको बेनी–दरबाङ सडक ३ दिनपछि सञ्चालनमा आएको छ। बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतमा गत शुक्रवार पहिरो जाँदा सडक अवरुद्ध भएको थियो। पहिरोले सडक बगाएपछि २४ किलोमिटर दूरीमा पर्ने जिल्लाको पश्चिमी भेग धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने उक्त खण्डमा आवतजावत […]
बेनीमा रावण पार्क र प्रतिमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

विकल्प न्यूज/बेनीअसार २३ गते । सर्वोच्च अदालतले म्याग्दीको बेनीमा रावण पार्क र प्रतिमा नराख्न अन्तरिम आदेश जारी गरेको छ । आइतबार न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले यस्तो आदेश दिएको हो । बेनी नगरपालिकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगका बेनी नगरपालिका–५, पुलाको पछैमा रावण पार्क बनाउन लागेको थियो । मन्त्रालय र नगरपालिकाको ७०÷३० […]
धारामा पानी पर्खिँदै पुरुण्डीवासी

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूजअसार २२ गते ।बेनी देखि माथिको पुरुण्डी गाउँ पुग्दा धारामा पानी थाप्नका लागि थुप्रिएका भाँडाहरु देखिन्थे । यहाँ १०/१२ घरले प्रयोग गर्नेगरी वर्षौ पहिला बनाइएका धाराहरु रहेछन् । यहाँ दिनमा मुस्किलले एक देखि दुईघण्टा मात्र पानी आउछ । यहाँ बसोबास गर्ने करिब एकसय घरधुरीलाई पिउने पानीको निकै समस्या छ । बर्खायाममा केही सहज […]
खबरा खानेपानी आयोजनामा ठेकेदारको लापरबाही

ठाकुरप्रसाद आचार्यम्याग्दी,असार २२ गते । बेनी नगरपालिका २ को खबराको वस्तीमा पिउने पानी उपलब्ध गराउन चार वर्ष देखि खबरा खानेपानी आयोजना निर्माणधिन छ । संघीय सरकारको बजेटबाट बेनी नगरपालिकाले ठेक्का मार्फत योजना निर्माण गर्न लागेको हो । चालु आर्थिक वर्ष सम्म आइपुग्दा तीनवटा ठेक्का मार्फत योजना निर्माण भइरहेको छ । अहिले सम्म एक करोड ३१ […]
धवलागिरीमा बेथिति मौलायो ः असुल उपर बेरुजू करिब ५६ लाख

विकल्प न्यूज/बेनीअसार २२ गते । म्याग्दीको धवलागिरी गाउँपालिकामा बेथितिले सीमा नाघेको छ । जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा आर्थिक अपारदर्शीता,अनियमितता र सुशासनको पक्ष कमजोर भएको पाइएको छ ।महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७९\८० को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा थुप्रै बेथितिहरुलाई उल्लेख गरेको छ । महालेखापरीक्षकले औल्याइदिएको आर्थिक अनियमितता र कमजोरी पक्षहरुको विष्लेशण गर्दा सुशासनको पाटो कमजोर हुँदै जान […]
बेनीको प्रकाश माविमा विद्यार्थीलाई कपाल काट्ने तालिम

ठाकुरप्रसाद आचार्यम्याग्दी, असार २२ गते । विद्यार्थीलाई पढाईका साथै व्यवहारिक सीप सिकाउने उद्देश्यले कपाल काट्ने तालिम प्रदान गरिएको छ । बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले पढाईका साथै विद्यार्थीको रोजाई अनुसारको सीपमुलक तालिम दिन थालेको हो । बेनी नगरपालिकाले संचालन गरेको ‘‘हामी सक्छौं,हामी गछौं ’’ कार्यक्रम अन्तर्गत विद्यालयले कक्षा ७ देखि १० सम्मका तीसजना विद्यार्थीहरुलाई कपाल […]
बेनीका ७ विद्यालयको कक्षा समायोजन

विकल्प न्यूज/बेनीअसार २२ गते । बेनी नगरपालिकाले विद्यार्थी संख्या न्यून भएका ग्रामिण भेगका ७ वटा विद्यालयको कक्षा समायोजन गरेको छ । ग्रामिण भेगमा रहेका विद्यालयहरुमा वर्षेनी विद्यार्थी संख्या घट्दो छ । बसाईसराई,निजी विद्यालयप्रतिको आकर्षण र ग्रामिण भेगका सामुदायिक विद्यालयको व्यवस्थापन फितलो भएका कारण विद्यार्थी संख्या घटेको हो । चालु आर्थिक वर्षमा ७ जना भन्दा कम […]
सडक कालोपत्रे भएपछि सल्यानका कृषक उत्साहित

ठाकुरप्रसाद आचार्य असार २ गते । सडक कालोपत्रे भएसँगै बेनी सँग नजिक रहेको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङका युवा कृषक टेकनारायण आचार्यलाई ताजा तरकारी बेनी बजार पु¥याउन सहज भएको छ । घर माथिको सडक कालोपत्रे भएर नियमित रुपमा सवारीसाधान गुड्न थालेपछि आचार्यलाई खेतबारीमा उत्पादन भएको तरकारी बेनी पु¥याउन सहज भएको हो । आचार्यका साथै यहाँ […]
पूर्वाधार निर्माणले चिटिक्क हुँदै छ ढोलठाना दरबार (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य म्याग्दी,असार १ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित ऐतिहासिक ढोलठाना दरबारमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । विक्रम सम्वत १६३१ देखि १८४३ सम्म यहाँ पर्वत राज्यको राजधानी रहेको इतिहास छ । ऐतिहासिक महत्वको ढोलठानाको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माण गर्न थालिएको हो । ढोलठाना दरबार बेनीको शिरमा पर्दछ । ढोलठाना दरबारको संरक्षण […]
पञ्चकोटमा आयोजित ब्रह्माण्डीय महायज्ञमा १२ करोड १५ लाख संकलन

विकल्प न्यूज/बेनी असार १ गते । गत फागुनमा सम्पन्न भएको बागलुङको सर्वसिद्धधाम पञ्चकोटमा आयोजित ब्रह्माण्डीय महायज्ञको आम्दानी खर्च सार्वजनिक गरिएको छ । महायज्ञ मुल आयोजक समितिले शनिबार पत्रकार सम्मेलन मार्फत स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको सत्संकल्पमा गत फागुन ९ गतेदेखि २३ गते सम्म संचालित महायज्ञको आयव्यय सार्वजनिक गरेको हो । महायज्ञको कुल आम्दानी १२ करोड, १५ […]
गण्डकीमा ३३ अर्बको बजेट सार्वजनिक

असार १ गते। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ को बजेट ल्याएको छ। आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले शनिबारको प्रदेशसभामा आर्थिक वर्ष ०८१/०८२ को बजेट प्रस्तुत गर्नुभएको हो। बजेटको ३९.९१ प्रतिशत अर्थात् १३ अर्ब १६ करोड पाँच लाख ८२ हजार चालुतर्फ छ भने पुँजीगततर्फ १९ अर्ब […]
‘गुरिल्ला ट्रेक’ उजागर हुनेमा पलाएको आशा

गण्डकी, जेठ२८ गते । प्रचार र पूर्वाधार अभावमा वर्षौंदेखि गुमनाम रहेको ‘गुरिल्ला ट्रेक’मा पर्यटकीय पूर्वाधार विकास गर्ने सरकारको घोषणापछि उक्त पदमार्ग उजागर हुनेमा आशा पलाएको छ । आगामी आव २०८१/८२ को बजेटमा ‘गुरिल्ला ट्रेक’लगायत पर्यटन गन्तव्यमा पदमार्गमा आधारित पर्यटकीय कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । बजेटमा समेटिएपछि सो पदमार्गको विकास तथा प्रवर्द्धन हुनेमा स्थानीय र […]
अन्नपूर्ण आधारशिविरमा मौरिस हर्जोगको शालिक

विकल्प न्यूज/बेनी जेठ २७ गते । अन्नपूर्ण प्रथम हिमालको आधारशिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको शालिक राखिएको छ । अन्नपूर्ण आरोहण भएको ७४ वर्ष पुगेको अवसरमा प्रथम पर्वतारोही हर्जोगको सालिक बनाएर आधार शिविरमा राखिएको हो । सन् १९५० जुन ३ मा हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको सफल आरोहण गर्नुभएको थियो । अन्नपूर्ण हिमाल आरोहण […]
प्रतिकुल मौसमका कारण धवलागिरिमा भएन आरोहण

ठाकुरप्रसाद आचार्य म्याग्दी,जेठ २५ गते । म्याग्दीको धवलागिरि गाउँपालिका ४ मा पर्ने विश्वको सातौं अग्लो धवलागिरि हिमाल आरोहणका लागि पुगेका आरोहीहरु आधार शिविरबाटै फर्किएका छन् । हिमाल आरोहणका लागि अनुकुल मौसम नभएपछि आठ हजार १६७ मिटर अग्लो हिमाल आरोहण गर्न पुगेका आरोहीहरु आधार शिविरबाट फर्किएका हुन । पर्यटन विभागका अनुसार वसन्तयाममा धवलागिरि आरोहणका लागि स्वदेशी […]