Breaking News
बेनी–दरवाङ–ढोरपाटन सडकको ट्याक खोल्ने काम तिब्र

सन्तोष गौतम/विकल्प न्यूज ताकम ३१ बैशाख । मध्य पहाडी लोकमार्गको विकल्प मानिएको म्याग्दीको सदरमुकाम बेनी देखि ढोरपाटन जोड्ने बेनी–दरवाङ–बिम–ताकम–मुना–लुलाङ–जलजला सडकको ट्याक निर्माणको काम तिब्र रुपमा अघि बढेको छ । सडक डिभिजन कार्यालय बागलुङ एक दशक अघि ट्याक खुलेको २४ किलोमिटर दुरीको बेनी–दरवाङ सडक कालोपत्रेको काम सुरु गरेको छ भने जिल्ला समन्वय समितिले कृषि सडक आयोजना […]
भुरुङ तातोपानीको वाढीग्रस्त क्षेत्रको स्थलगत अनुगमन (भिडियोसहित)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज बैशाख ३१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङतातोपानी बजारमा आइतबार दिउँसो बाढी आउँदा पु¥याएको क्षतिको स्थलगत अनुगमन गरिएको छ । प्रदेश सभासद विनोद केसी,प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी,नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ,सचिव बालकृष्ण सुवेदी,काँग्रेसका अजय मिलन श्रेष्ठ माओवादीका जिल्ला संयोजक गोविन्द पौडेल र नेपाल रेडक्रस जिल्ला शाखा म्याग्दीका सभापति लेख […]
भुरुङ तातोपानीमा बाढीले दुई घर पु¥यो, सात घरमा क्षति

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३० बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङतातोपानी बजारमा आइतबार दिउँसो बाढीले नौ वटा घरमा क्षति पु¥याएको छ । भिषण बर्षापछि बजार माथि रहेको खहरेखोला थुनिएर बाढी आउँदा दुई घर पूर्ण र सात वटा घरमा आंशिक क्षति पुगेको वडा अध्यक्ष ओमप्रकाश फगामीले बताउनुभयो । बालकृष्ण मिजार र लट्टे गिरीको घरमा पूर्ण […]
पर्यटन मार्फत आर्थिक समृद्धि ः मन्त्री अधिकारी

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज बैशाख ३० गते । नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले पर्यटन मार्फत मुलुकको आर्थिक समृद्धि सम्भव रहेको बताउनुभएको छ । प्राकृतिक स्रोतसाधनले भरिपूर्ण नेपालमा पर्यटनको राम्रो संभावना भएकाले सरकारले प्राथमिकताका साथ भौतिक पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिएको बताउनुभयो । सरकारले आगमी सन २०२० सम्म १५ लाख पर्यटक भित्र्याउने […]
आज देखि म्याग्दी भ्रमण वर्षको शुभारम्भ (फोटोफिचर)

विकल्प न्यूज/बेनी बैशाख ३० गते । म्याग्दीमा आन्तरिक एवम् वाह्य पर्यटक भित्र्याउने उद्देश्यले आयोजना गरिएको म्याग्दी भ्रमण वर्षको आज नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्डयान मन्त्री रबिन्द्र अधिकारीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । बजारमा निकालिएको ¥यालीका फोटोहरु हेर्नुहोस
मोदीद्वारा मुक्तिनाथ दर्शन(भिडियोसहित)

नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको दर्शन गर्नुभयो । भारतीय वायु सेवाको विशेष हेलिकप्टरबाट उहाँ बिहान ७ः५५ मिनेट जाँदा मुक्तिनाथ आउनुभएको थियो । भारतीय प्रम मोदीलाई नेपालको संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, ४ नं प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आन्तरिम मामिला तथा […]
मनमोहक मालिका

सन्तोष गौतम/विकल्प न्यूज बैशाख २६ गते । मलिका(म्याग्दी) / घना जंगलको बिचमा रहेको अग्लो डाँडा । नाङ्लोको फेरोझै उत्तरतर्फ लहरै देखिने पहाड र पृष्ठभुमिका हिमाल । बिहानीमा लाली छाउँदै पूर्वबाट उदाउने सुर्योदय । एकै स्थानबाट म्याग्दीका अधिकांश भूभाग देख्न सकिने । दर्शन, पुजाआजा र भाकल गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास । धार्मीक तथा पर्यटकीय हिसाबले […]
गाउँलेलाई लाखौं ठगेर ठेकेदार फरार

विकल्प न्यूज/बेनी बैशाख २५ गते । पर्यटन बिभागले निर्माण व्यवसायी मालिका क्षेत्रमा निर्माण गरेको पदमार्ग । तस्विर नवविकल्प म्याग्दीमा एक निर्माण व्यवसायीले गाउँलेलाई लाखौ ठगेर फरार भएका छन् । टोड्के देखि मालिका जोड्ने सानोखर्क ठूलोखर्क मालीका दोवाटोखर्क पदमार्ग निर्माणको जिम्मा लिएका व्यवसायीले काम गरेका मजदुरको ज्याला र स्थानीय ब्यापारीहरुको उधारो नतिरी बर्षौदेखि सम्र्पक बिहीन भएका […]
तस्कर, माफिया र सिण्डिकेटले गाँजेको समाजमा केही आशाका किरण

खिमानन्द कँडेल/विकल्प न्यूज बैशाख २३ गते । मैले केही वर्ष अगाडि दुई वटा किताबहरु लेखे । त्यसमध्यको एउटा थियो “लुटको खेती” । यस पुस्तकको कभर पेजमा मैले सिंहदरबारको फोटो राखेको थियो । मेरो स्पष्ट संकेत सिंह दरबार भित्र मौलाउँदौ व्यापक भ्रष्टाचार र यसले नेपाली समाजलाई पारेको व्यापक नकरात्मक प्रभावप्रति लक्षित थियो वा सोझो भाषामा भन्दा […]
पुलले बनायो इलमी

अगन्धर तिवारी/पर्वत बैशाख २३ गते । कुश्मा ९, कटुवाचौपारीका ४२ वर्षीय दया लामिछानेको पुस्तौनी पेसा कृषि हो । एक–दुईवटा गाईभैंसी पालेर जीविकोपार्जन गर्दै आएका उनले मोदीबेनीको ओरालो–उकालो गर्न नसकेपछि विदेश जाने सोच बनाए । ‘यहाँजत्तिको दु:ख विदेशमा गर्न सके राम्रै कमाइ हुन्छ भनेर धेरैले सुझाएपछि २०६४ असोजतिर राहदानी बनाएँ,’ लामिछानेले अतीत सम्झिए, ‘यताउता गर्दागर्दै डेढ वर्ष बित्यो । […]
म्याग्दीका सिण्डिकेटधारी व्यवसायी प्रहरी खोरमा

विकल्प न्यूज/बेनी बैशाख २१ गते । म्याग्दीका सिण्डिकेटधारी यातायात व्यवसायीहरु प्रहरी खोरमा परेका छन् । शुक्रबार उनीहरुलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले सार्वजनिक सेवालाई प्रभावित पारी सर्वसाधारण नागरिकलाई सास्ती दिएको भन्दै पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा म्याग्दी जिप तथा वस व्यवसायी समितिका कार्यवाहक अध्यक्ष लाल बहादुर थापा,सचिव सुमन श्रेष्ठ, म्याग्दी काली यातायात व्यवसायी समितिका सचिव […]
सिण्डिकेटधारीका गाडी ग्यारेजमा, कम्पनी र निजी गाडीले सेवा दिए

सन्तोष गौतम/विकल्प न्यूज बेनी २१ बैशाख । सरकारले ल्याएको नयाँ निर्देशिका विरुद्ध म्याग्दीका यातायात व्यवसायीले शुक्रबार सेवा ठप्प पारेपछि सर्वसाधारण यात्रु मर्कामा परेका छन् । म्याग्दी जिप तथा बस व्यवसायी, धौलागिरि, पृथ्वी, म्याग्दीकाली, म्याग्दी ट्याक्सी व्यवसायी लगायत यातायात ब्यवसायी समिति सम्बद्ध व्यवसायीले बिहानैदेखि सार्वजनिक सवारी साधन सञ्चालन नगरेपछि यात्रु मर्कामा परेका हुन् । काम बिशेषले […]
महभिर–घराम्दी–पेरीभारानी सडक ः विकासमा जनसहभागिताको नमुना

विकल्प न्यूज/बेनी बैशाख १९ गते । घराम्दी/ सरकारी निकायबाट करोडौ बजेट बिनियोजन भएका पूर्वाधार आयोजनामा ढिलासुस्ती, अनियमितता, कमीसनको विकृति मौलाईरहेका बेला अन्नपूर्ण गाउँपालिका ७ घराम्दीका बासिन्दाले विकासमा जनसहभागिताको नमुना प्रस्तुत गरेका छन् । सरकारी बजेटलाई चारोझै छरेर विकासको बाहनामा बेतिथि, बिकृति र भ्रष्ट्राचार गर्नेहरुलाई दुर्गम र बिकट बस्ती घराम्दीका बासिन्दाले आफै आर्थिक स्रोत जुटाई […]
जलयात्रा लागि पर्यटकको रोजाइमा पर्दै कालीगण्डकी

विकल्प न्यूज/बेनी बैशाख १९ गते । देवता (शालिग्राम) कुँद्ने नदीका रुपमा परिचित हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल मानिदै आएको कालीगण्डकी जलयात्राका लागि स्वदेशी एवम् विदेशी पर्यटकको रोजाइमा पर्दै गएको छ । विगत केही वर्षयता कालीगण्डकीमा जलयात्राले व्यावसायिक रुप लिन थालेसँगै यतिखेर पर्यटकको चाप निकै बढेको छ । यस वर्ष जलयात्राका लागि कालीगण्डकीमा धेरै पर्यटक आएको जलयात्रा […]
मुक्तीनाथमा यस्तो छ मोदीको स्वागत तयारी

अमृत सुवेदी /पोखरा बैशाख १९ गते । स्वामी नारायणका भक्त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तिनै स्वामी नारायणले ज्ञान प्राप्त गरेको स्थान मुक्तिनाथ आउने भएका छन् । वैशाख २८ गते जनकपुर भ्रमणमा आउँदा त्यही मौकामा मोदी मुक्तिनाथ दर्शनका लागि आउने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बताएका छन् । मोदीको गृहनगर गुजरातका ठूलो समुदायले स्वामी नारायणलाई भगवान मान्छन् […]