पर्यटन मार्फत आर्थिक समृद्धि ः मन्त्री अधिकारी

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
बैशाख ३० गते ।   program photoनेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले पर्यटन मार्फत मुलुकको आर्थिक समृद्धि सम्भव रहेको बताउनुभएको छ । प्राकृतिक स्रोतसाधनले भरिपूर्ण नेपालमा पर्यटनको राम्रो संभावना भएकाले सरकारले प्राथमिकताका साथ भौतिक पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिएको बताउनुभयो । सरकारले आगमी सन २०२० सम्म १५ लाख पर्यटक भित्र्याउने गरि आवश्यक योजना बनाएको मन्त्री अधिकारीको भनाई थियो ।
म्याग्दी उद्योग वाणिज्य संघद्धारा आयोजित म्याग्दी भ्रमण वर्ष २०७५ को शुभारम्भ गर्न बेनी आउनुभएका मन्त्री अधिकारीले सन २०२० सम्म १५ लाख पर्यटक मुलुकमा भित्र्याउने लक्ष्यका साथ सरकारले कार्ययोजनालाई अघि वढाएको बताउनुभयो । पर्यटन विकासको माध्यमबाट रोजगारी सिर्जना हुनुका साथै जनताको जिवनस्तरमा परिवर्तन ल्याउन सकिने भएकाले सरकारले पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणमा विशेष जोड दिएको बताउनुभयो ।
मन्त्री अधिकारीले सुन्दर वस्ती र गाउँहरुमा पदमार्गको विकास गरेर आन्तरिक एवम् वाह्य पर्यटकहरुलाई आकर्षीत गर्न सरकारले पदमार्गको विकास र निर्माणमा लगानी गर्ने बताउनुभयो ।
मन्त्री अधिकारीले देशभित्र रहेका मठ,मन्दिर र एतिहासिक सम्पदाको संरक्षण गरेर धार्मिक पर्यटनको विकास गरिने बताउनुभयो । हालैमात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा गरिएको धार्मिक स्थलको भ्रमणले धार्मिक पर्यटनको सम्भावनालाई थप विश्वव्यापीकरण गरिदिएको उहाँको भनाई थियो । मोदीद्धारा मुक्तिनाथ मन्दिरको दर्शन र भ्रमणले लाखौं भारतीय हिन्दुहरुका सामु सकरात्मक सन्देश प्रवाह गर्न सफल भएको उहाँको भनाई थियो । DSC_1225आगमी दुइ वर्ष भित्र बेनी जोमसोम कोरला सडक आयोजना सम्पन्न हुने र यस क्षेत्रमा पर्यटन आगमनमा ठूलो टेवा पुग्ने विचार व्यक्त गर्नुभयो । म्याग्दीमा पनि विश्व्व प्रशिद्ध पर्यटकीय क्षेत्रहरु भएकाले सरकारले निजी क्षेत्र सँग सहकार्य गरेर पर्यटन प्रवद्र्धनमुलक कार्यक्रमहरु गर्ने बताउनुभयो । मन्त्री अधिकारीले मुलुकको आर्थिक विकासमा २५ प्रतिशत योगदान पर्यटन क्षेत्रको भए मात्र देश समृद्ध बन्ने भएकाले सवै मिलेर पर्यटन प्रवद्र्धनमा योगदान दिन आग्रह गर्नुभयो ।
पोखरामा बन्न लागेको अन्तर्राष्ट्रय एयरपोर्टलाई आगमी दुइवर्ष भित्र सञ्चालनमा ल्याउने गरी योजना अघि वढेको मन्त्री अधिकारीको भनाई छ । एयरपोर्ट सञ्चालनमा आएपछि यस क्षेत्रमा पाँच गुणाले पर्यटक आगमनमा वृद्धि हुने उहाँले अपेक्षा व्यक्त गर्नुभयो । सरकारको सय दिन केही दिनमा पुग्दैछ भन्दै मन्त्री अधिकारीले यो अवधिमा सरकारबाट धेरै राम्रा कामको सुरुवात भएको दावी गर्नुभयो । DSC_1218स्थिर सरकार भएकाले मुलुक आर्थिक विकास र समृद्धिको पाइलामा अघि वढेको बताउँदै मन्त्री अधिकारीले समृद्धिको अभियानमा लामबद्ध हुन आह्वान गर्नुभयो । जनताले दिएको जनादेशलाई पार्टी र सरकारले सम्मान गर्दै समृद्धिको अभियानलाई अघि बढाउन सरकार प्रतिवद्ध भएको उहाँको भनाई थियो । समृद्धिको यात्रामा सरकार प्रतिपक्ष सँग पनि हातेमालो गर्दै अघि वढ्न खोजेको उहाँको भनाई छ । मन्त्री अधिकारीले बेनीमा स्थापना गरेको पर्यटन सूचना केन्द्रको पनि उद्घाटन गर्नुभएको छ ।
प्रदेश नम्बर ४ की सामाजिक विकास मन्त्री नरदेवी पुनले म्याग्दीमा पर्यटनको राम्रो संभावना भएको बताउँदै भौतिक पूर्वाधारमा जोड दिनुपर्ने बताउनुभयो । यस्तै प्रतिनिधिसभा सदस्य भुपेन्द्र वहादुर खड्काले जिल्लामा रहेका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार र प्रवद्र्धनमा म्याग्दी भ्रमण वर्षले थप टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका एशोसियट उपाध्यक्ष चन्द्र ढकालले मुलुकको आर्थिक विकास र समृद्धिका लागि निजी क्षेत्र सरकार सँग मिलेर अघि वढ्न चाहेको बताउनुभयो । कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले म्याग्दीको पर्यटन विकासका संभावना र चुनौतीका वारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा विभिन्न जातजातिका भेषभूषा प्रदर्शन गरिएको थियो । कार्यक्रमको सञ्चालन म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतमले गर्नुभएको थियो ।