भुरुङ तातोपानीको वाढीग्रस्त क्षेत्रको स्थलगत अनुगमन (भिडियोसहित)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
बैशाख ३१ गते ।    DSC_1212 म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङतातोपानी बजारमा आइतबार दिउँसो बाढी आउँदा पु¥याएको क्षतिको स्थलगत अनुगमन गरिएको छ ।

प्रदेश सभासद विनोद केसी,प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी,नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ,सचिव बालकृष्ण सुवेदी,काँग्रेसका अजय मिलन श्रेष्ठ माओवादीका जिल्ला संयोजक गोविन्द पौडेल र नेपाल रेडक्रस जिल्ला शाखा म्याग्दीका सभापति लेख बहादुर हमाल सहितको संयुक्त टोलीले वाढीग्रस्त क्षेत्रको स्थलगत अनुगमन गरेको हो । DSC_1220वाढीले दुइ घर पूर्ण रुपमा क्षति भएका छन भने १३ घर परिवार प्रभावित भएका छन् । भिषण बर्षापछि बजार माथि रहेको खहरेखोला थुनिएर बाढी आउँदा दुई घर पूर्ण र १३ घरमा आंशिक क्षति पुगेको वडा अध्यक्ष ओमप्रकाश फगामीले बताउनुभयो । स्थानीय बालकृष्ण मिजार र लट्टे गिरीको घर वाढीले पूर्ण रुपमा क्षति पु¥याएको छ । वाढीले पूर्ण रुपमा क्षति पु¥याएको परिवारलाई गाउँपालिकाको सहयोगमा खान र वस्ने व्यवस्था मिलाइएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्य. डमवहादुर पुनले बताउनुभयो ।

वाढीले स्थानीय रेखीराम पुर्जा र टेकनारायण पौडेलको घरमा समेत बाढी पसेर क्षति पु¥याएको छ । पौडेलको स्टेशनरी र किराना पसलमा समेत बाढीले क्षति पु¥याएको छ । केही होटल र घरहरुमा समेत बाढी पसेर क्षति पु¥याएको छ ।  DSC_1198घरमा बाढी पसेपछि अन्नपात, लत्ताकपडा लगायत घरायसी सामानमा क्षति पुगेको छ । प्रहरी, नेपाली सेना, जनप्रतिनिधि र स्थानीयबासीको टोलीले क्षतिको विवरण संकलन गरिएको छ । करिव एक करोड रुपियाँ बरावरको क्षति पुगेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डम बहादुर पुनले बताउनुभयो । वाढी प्रभावित परिवारलाई सोमवार नेपाल रेडक्रस जिल्ला शाखाले उपलब्ध गराएको त्रिपाल,भाँडाकुडा र लत्ताकपडा भुरुङ तातोपानी उपशाखा मार्फत उपलब्ध गराइएको सभापति लेखहमालले बताउनुभयो । DSC_1188वाढीबाट प्रभावति भएकाहरुलाई बसोबासको व्यवस्था र राहत सामाग्री उपलब्ध गराउन आवश्यक पहल भएको प्रजिअ अधिकारीले बताउनुभयो । वर्षातका समयमा आउन सक्ने थप वाढीलाई रोकथाम गर्नका लागि आवश्यक पहल गरिने प्रजिअ अधिकारीले बताउनुभयो । वाढीलाई रोकथाम गर्नका लागि तत्कालका लागि २०० थान ग्याविन झाली भरिने उहाँले बताउनुभयो । जिल्ला दैविक प्रकोप उद्धार समितिले वाढी प्रभावितहरुलाई आवश्यक सहयोग उपलब्ध गराइने प्रजिअ अधिकारीले बताउनुभयो । DSC_1205दिउँसो तिन बजे देखि डेढ घण्टा सम्म भएको भिषण बर्षापछि बस्ती माथिको पाखोबाट आउने खहरेखोलामा एक्कासी बाढी आएपछि स्थानीयको भागाभाग भएको थियो । स्थानीयवासी,नेपाली सेना,शसस्त्र प्रहरी र जनपथ प्रहरीको सहयोगमा खोलालाई कुलोबाट निकास दिएर व्यवस्थापनको काम गरिरहेको सिमा प्रहरी चौकी भुरुङ तातोपानीका प्रमुख नेत्रप्रसाद पोखरेलले बताउनुभयो।