विकल्प न्यूज/बेनी
बैशाख २१ गते । म्याग्दीका सिण्डिकेटधारी यातायात व्यवसायीहरु प्रहरी खोरमा परेका छन् । शुक्रबार उनीहरुलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले सार्वजनिक सेवालाई प्रभावित पारी सर्वसाधारण नागरिकलाई सास्ती दिएको भन्दै पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा म्याग्दी जिप तथा वस व्यवसायी समितिका कार्यवाहक अध्यक्ष लाल बहादुर थापा,सचिव सुमन श्रेष्ठ, म्याग्दी काली यातायात व्यवसायी समितिका सचिव देवेन्द्र पौडेल र काउन्टर इन्चार्ज राम्जी थापालाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले जानकारी दिनुभयो ।
सिण्डिकेट माग गर्दै यातायात बन्द गराएको आरोपमा उनीहरु पक्राउ परेका हुन् । यसअघि गृहमन्त्री रामबहादुर थापा बादलले सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिनुभएको थियो ।