Breaking News

समृद्धिको यात्रा सुरु भयो ः मुख्यमन्त्री

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज फागुन १२ गते ।    प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले ४ नं प्रदेशमा समृद्धिको यात्रा सुरु भएको बताउनुभएको छ । प्राकृतिक स्रोतसाधनलाई उच्चतम उपयोग गरी समृद्ध प्रदेश बनाउने गरी योजना निर्माण गरीने उहाँँले बताउनुभयो । प्रदेश नं ४ मा जलस्रोत,पर्यटन र कृषिको प्रशस्त संभावना रहेकाले यी क्षेत्रहरुमा लगानी […]

म्याग्दीका स्थानीय तहलाई शिक्षकको तलब खुवाउन समस्या

सन्तोष गौतम/विकल्प न्यूज बेनी ११ फागुन ।  म्याग्दीको तिन वटा स्थानीय तहमा आवश्यकता अनुसार बजेट उपलब्ध नभएपछि शिक्षकहरुलाई तलब खुवाउन समस्या भएको छ । बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा बजेटको अभावका कारण सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र बाल शिक्षा सहयोगी कार्यकर्ताहरु समयमै तलब पाउन नसकेका हुन् । अर्थ र शिक्षा मन्त्रालयले शिक्षकको तलब भत्ताको […]

समृद्धिको पाइलामा गुर्जा

झकवहादुर छन्त्याल /विकल्प न्यूज फागुन १० गते । धौलागिरी गाउँपालिकाको गुर्जा म्याग्दीकै विकट र पीछडिएको गाउँ हो । यहाँ छन्त्यल र दलित जातिको वसोवास रहेको छ । यहाँको मूख्य आयस्रोत कृषि,पशुपालन र वैदेशिक रोजगारी हो । यहाँको जनसंख्या १२ सय छ । गुर्जा प्राकृतिक रुपमा सम्पन्न र सुन्दर भएपनि अहिले सम्म गुर्जावासीको विकासमा पहुँच पुग्न […]

म्याग्दीमा हराउँदै यानीमाया

सन्तोष गौतम/विकल्प न्यूज फागुन १० गते ।  केटा “हा.हा.हा. बग्दै र आयो यानीमाया काली र म्याग्दी उदै सलल…….” केटी “वर्ष दिनमा हो यानीमाया भेटैर भयो सम्झे मायालाई झलल….” । कुनै समय गाउँघरमा घन्कीने यस्तो भाकाको यानीमाया गीत सुनिन छाडेको छ । गाउँबस्तीमा सुख, दुःख बिसाउने माध्यम बनेको यानीमाया भाका पुस्ता हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको […]

फोहोरको पोका खोतल्दा

कृष्ण जिसी/विकल्प न्यूज फागुन ९ गते । प्रिन्सिपल बिणा झाको अफिसको अगाडी उभिएर अनुमति मागें “म्याडम म कक्षा ९ सेक्सन ए र बि लाई डम्पिंग साइट लैजान सक्छु ?” शुरुमा त उहाँ अलमल पर्नु भयो किन कि उहाँ नयाँ हुनुहुन्थ्यो । केवल २ दिन मात्रै भएको थियो बिद्यालयमा आउनु भएको तर उहाँले भन्नु भयो “कहिले […]

डडुवामा ‘लिफ्ट’ खानेपानी

सन्तोष गौतम /विकल्प न्यूज फागुन ९ गते ।बेनी नगरपालिका ५ डडुवाकी कौशिला परियार आगनमै रहेको धारामा नियमित खानेपानी आउन थालेपछि दङग पर्नुभएको छ । “डेढ, दुई घण्टा लगाएर गाग्री, ग्यालीन, ड्रम, बोत्तलमा पानी ओसार्नुपर्ने बर्षौदेखिका दुखका दिन गए” ६० वर्षिया परियारले भन्नुभयो “अहिले आगनको धारामा नियमित पानी आउन थालेपछि सुबिधा भयो ।” घरमा उपभोग गर्ने, […]

क्रिकेट खेलाडी केसीलाई बेनीमा सम्मान

सन्तोष गौतम/विकल्प न्यूज बेनी ८ फागुन ।नेपाली क्रिकेट टोलीका खेलाडी करन केसीलाई मंगलबार बेनीमा सम्पन्न गरिएको छ ।  नेपाली क्रिकेट टोलीलाई विश्वकप छनौट खेलमा बिजयी गराउन योगदान गरेकोमा बेनी नगरपालीका र जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको कार्यक्रममा केसीलाई सम्मान गरिएको हो । हालै नामीभियामा नेपालले क्यानडालाई पराजीत गर्दै विश्वकप खेल्नका लागि छनौट भएको थियो […]

शिक्षकलाई मात्र गाली नगरौं

देवीप्रसाद शर्मा/विकल्प न्यूज फागुन ७ गते । पृष्ठभूमि ः २०४६ सालको जनआन्दोलनमा शिक्षकहरूको उल्लेखनीय भूमिका देखेर हौसिएका राजनीतिक दलहरूले शिक्षकहरूलाई प्रयोग गर्दा सफल भइनेरहेछ भन्ने बुद्धि झिके । अझ सोही आन्दोलनमा भूमिका निभाएवापत २०४८ सालमा तत्कालीन प्रम कृष्णप्रसाद भट्टराईले एक शैक्षिक सत्र काम गरेका शिक्षकहरूका लागि विभिन्न सुविधाहरू सहित ‘स्थायी ‘को बम्पर उपहार घोषणा गरे […]

घूस लिएको रकम सहित म्याग्दीमा प्रहरी हवल्दार पक्राउ

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, फागुन ६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले म्याग्दीको बेनीबाट घुस सहित एक जना प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । रघुगंगा गाउँपालिका ६ मा रहेको पाखापानी प्रहरी चौकीका हवल्दार कुलबहादुर बि.सीलाई बेनीको कालीपुल बसपार्कबाट घुस लिएको एक लाख साठी हजार रुपैयाँ सहित पक्राउ गरेको आयोगका प्रवत्ता पदमप्रसाद पाण्डेयले जानकारी दिनुभयो […]

सार्वजनिक शिक्षा र अभिभावक

देवीप्रसाद शर्मा/विकल्प न्यूज फागुन ६ गते । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कनुको प्रमुख कारण शिक्षक हुन् भनेर सर्वत्र आलोचना भइरहँदा अभिभावकको भूमिका के त भन्ने प्रश्न सँगै जोडिएर आउँछ । त्यसो त गुणस्तर के हो भन्ने सबाल पनि उठ्न सक्छ । हाम्रो देशको मूल्याङ्कन प्रणाली नै अङ्कमुखी भएकाले सीप मापनमुखी मूल्याङ्कनबाट पर रहेर नै विश्लेषण […]

म्याग्दीकी थममाया थापा मन्त्रीमा नियुक्त

विकल्प न्यूज/बेनी फागुन ३ गते । नेपाल सरकारका नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले म्याग्दीकी थममाया थापालाई महिला तथा बालबालिका मन्त्रीमा नियुक्त गर्नुभएको छ । थापा नेकपा एमालेको पोलिट ब्युरो सदस्य एवम् समानुपातिक सांसद हुनुहुन्छ । थापाले बिहीबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिमखोलाकी महिला नेत्री थापा एमालेको […]

दरवाङ्ग आयोजनामा ५ बैंकले ३५० करोड लगानी गर्ने, ३० प्रतिशत सेयर सर्वसाधारणलाई

विकल्प न्यूज/बेनी फागुन २ गते । म्याग्दीको म्याग्दि खोलामा निर्माण हुने २५ मेगावाटको दरवाङ्ग म्याग्दि जलविद्युत आयोजनामा चार वाणिज्य बैंक र दुई विकास बैंकले लगानी गर्ने भएका छन् । फाल्गुण २ गते कम्पनी र बैंकहरुबीच जलविद्युत उत्पादनको लागि वित्तिय व्यवस्थापन सम्झौता भएको कम्पनीले जनाएको छ । उक्त आयोजनामा सानिमा बैंकको नेतृत्वमा प्रभू बैंक, कुमारी बैंक, सेन्चुरी […]

विकास निर्माणमा उद्दाहरणीय कार्य ः लक्ष्य अघिनै भवन निर्माण

विकल्प न्यूज/बेनी फागुन २ गते । रघुगंगा गाउँपालीका २ भगवतीमा निर्माण भएको स्वास्थ्य चौकीको नयाँ भवन । तस्विर धिरन खत्री समयमै पुरा नहुने, अलपत्र पर्ने र गुणस्तरीय काम नहुने म्याग्दीको विकास निर्माणको प्रमुख चुनौती हो । म्याग्दीमा सञ्चालीत सडक, भवन, सिँचाई, खानेपानी, जलविद्युत, नदी नियन्त्रण सम्बन्धि दर्जनौ ठूला आयोजना ढिलासुस्तीले थला परेका छन् । उपभोक्ता […]

म्याग्दीमा “मिटर ब्याज”को अबैध धन्दा मौलाउँदो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,फागुन २ गते । म्याग्दीको सदरमुकाम बेनी बजारमा “मिटर ब्याज”को अबैध धन्दा मौलाउँदै गएको छ । छोटो समयमा धेरै कमाउने लोभले मिटर ब्याजमा लगानी गर्ने धन्दा मौलाउँदा सामाजिक र आर्थिक अपराधको जोखिम बढाएको छ । गैरकानुनी मानिएको मिटर ब्याजमा गरिएको ठूलो लगानी असुल हुन नसकेपछि लगानीकर्ताको भागाभाग भएको छ । मिटर ब्याजमा […]

भारतीय एक्जिम बैंकको स्वीकृति कुर्दै राहुघाट

२९ माघ, काठमाडौं । ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना निर्माणको जिम्मा पाएको छ, भारतीय कम्पनी जयप्रकाश एसोसिएट्सले । तर, म्याग्दीको गलेश्वरमा निर्माण हुने आयोजनामा सम्झौता भएको तीन महिना बितिसक्दा पनि काम शुरु भएको छैन । त्यसको कारण हो, भारतीय एक्जिम बैंकले ठेकेदार कम्पनीको स्वीकृति अड्काएर राख्नु । बैंकको बोर्डबाट हालसम्म एसोसिएट्सले स्वीकृत पाएको छैन । […]