समृद्ध देश निर्माणका लागि नागरिकको स्वास्थ्यमा प्राथमिकता– मन्त्री थापा

सन्तोष गौतम, कमल खत्री
पोखरेबगर(म्याग्दी) ८ असार । IMG_5074

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले नेपाललाई समृद्ध मुलक बनाउन सरकारले नागरिकको स्वास्थ्यमा प्राथमिकता दिएको बताउनुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पाखरेबगरमा शुक्रबार समाज कल्याण परिषद् अन्तरगतको राष्ट्रिय स्वास्थ्य कोषले आयोजना गरेको निशूल्क स्वास्थ्य शिवीरको उद्घाटन गर्नुहुदै मन्त्री थापाले समृद्ध देश निर्माणका लागि सरकारले नागरीकको स्वास्थ्यमा प्राथमिकता दिएको बताउनुभएको छ । IMG_5057दुर्गम तथा बिकट क्षेत्रका नागरिकको स्वास्थ्य उपचार सेवामा सरकारले विभिन्न पहल थालेको बताउँदै नीति तथा कार्यक्रम र बजेटबाट ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकको एक लाख रुपैयाँ सम्मको स्वास्थ्य बिमाको व्यवस्था गरेको जानकारी दिनुभयो ।

मन्त्री थापाले महिलाहरुको आयआर्जन वृद्धिका लागि मन्त्रालयले राष्ट्रपती महिला उत्थान कार्यक्रम सञ्चालन गर्न २९ करोड ५७ लाख रुपैयाँ बजेट बिनियोजन गरीएको बताउनुभयो । मन्त्रि थापाले कृषि, पर्यटन, पशुपालन र लघुउद्यमको विकास गरी महिला तथा युवाहरुलाई स्वरोजगार बनाउने कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले कृषि, पर्यटन, जलविद्युत, जडिवुटीको क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा सघाउन मन्त्री थापाको ध्यानाकर्षण गराउनुभयो ।

एक दिने शिवीरमा बालरोग बिशेषज्ञ नवराज सुवेदी, स्त्रीरोग बिशेषज्ञ सरिता गुरुङ, चिकित्सक रुपक श्रेष्ठ, गाउँपालिकाका स्वास्थ्य संयोजक समुन्द्र बरुवाल लगायतले सेवा दिनुहुने जनाइएको छ । स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधि वितरण सेवा दिइने शिवीरमा गाउँपालिकाको ८ वटै वडाका नागरिकहरु सेवा लिन आएका छन् ।IMG_5063

पोखरेबगर सहित बिहीबार मालीका गाउँपालिकाको दरवाङमा भएको र शनिबार बेनी अस्पतालमा आयोजना हुने शिवीरमा पहिचान भएका जटिल समस्या भएका बिरामीको शल्यक्रियाको व्यवस्था मिलाउने स्वास्थ्य सेवा कोषका अध्यक्ष हुमबहादुर बरुवालले जानकारी दिनुभयो ।

वडा सदस्य बुद्धीबहादुर पुनको सञ्चालन र प्रमुख प्रशासकीय अधिकृत अच्युत दाहालको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । यसैबीच मन्त्री थापाले शुक्रबार अन्नपूर्ण गाउँपालीकाका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुसंग विकास गतिबिधी, सार्वजनिक सेवा प्रवाहको अवस्था, सम्भावना र समस्याको बारेमा छलफल गर्नुभएको छ ।