ताजा समाचार:
Search

Breaking News

बेनीमा गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी फागुन ९ गते । म्यादीको सदरमुकाम बेनीमा गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, पोखरा र जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा संचालित प्रतियोगिता ४ दिनसम्म सञ्चालन हुने छ । आठांै राष्ट्रिय खेलकुद २०७५ मा गण्डकी प्रदेशबाट सहभागिता जनाउने खेलाडी छनोटका लागि आयोजना गरिएको प्रतियोगिताको उद्घाटन गण्डकी […]

२०१९ गण्डकी प्रदेशको आन्तरिक पर्यटन वर्ष : १५ लाख पर्यटक भित्र्याउने

८ फागुन, पोखरा ।  गण्डकी प्रदेश सरकारले सन् २०२२ मा प्रदेशमा २२ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । प्रदेशका पर्यटकीय गन्तव्यको पहिचान र विकास गर्दै लक्ष्य पूरा गर्ने योजनामा प्रदेश सरकार छ । लक्ष्य पूरा गर्न गण्डकी सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, सन् २०२० लाई छिमेकी देशका पर्यटक आकर्षण वर्षका रुपमा मनाउने नीति […]

मंगलामा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु(फोटोसहित)

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, फागुन ७ गते ।  ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा मङ्गलबारदेखि प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजना र मंगला खेलकुद विकास समिति बाबियाचौरको व्यवस्थापनमा अन्तर माध्यमिक विद्यालय छात्रछात्रास्तरीय प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति […]

बेनी अस्पताल भवन निर्माण – दुइवर्षमा २० प्रतिशत काम

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज म्याग्दी,फागुन ७ गते ।  बेनी अस्पताल परिसरमा निर्माणधीन अवस्थामा रहेको अस्पतालको भवन । तस्विर ठाकुरप्रसाद आचार्य म्याग्दीको सदरमुकाम बेनीमा निर्माणधिन अवस्थमा रहेको बेनी अस्पतालको भवन निर्माण सुस्त गतिमा छ । निर्माण व्यवसायीको लापरबाहीका कारण निर्माणले गति लिन नसकेको हो । दुइवर्ष अघि निर्माण थालिएपनि अझै जगबसाल्ने काम सकिएको छैन । निर्माणको जिम्मा […]

आहा निलगिरी !

आहा निलगिरी ! म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ भुरुङ तातोपानीबाट देखिएको निलगिरी हिमालको दृश्य । हिमपात पछि निलगिरी हिउँले सेताम्मै भएको छ । तस्विर ठाकुरप्रसाद आचार्य 

भारतको नयाँ दिल्लीमा उपचारत सियानालाई थप सहयोग आवश्यक

विकल्प न्यूज/बेनी फागुन ५ गते । भारतको नयाँदिल्ली स्थित सर गंगाराम अस्पतालमा उपचार गराईरहेकी सियाना रन्तीजा पुनको थप उपचारका लागि सहयोग आवश्यक परेको छ । म्याग्दीको अन्नपुर्ण गाउपालिका– ७ हिस्तानकी पुनलाई कलेजो प्रत्यारोपण पछि थप उपचारका लागि सहयोग आवश्यक परेको हो । ९ महिनाकी सियानाको कलेजोमा समस्या देखिपछि उनलाई बचाउन म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषका […]

मराङमा एकिकृत घुम्ती शिविर सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज मराङ ४ फागुन । धवलागिरी गाउँपालिका ६ मराङको कुम्रि स्थित वडा कार्यालय परिसरमा शनिबार एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका सर्वसाधारणलाई गाउँमै सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय र धवलागिरी गाउँपालिकाले वडा कार्यालयसँगको समन्वयमा शिविरको आयोजना गरेका हुन् । शिविरमा जिल्ला प्रशासन कार्यालयको […]

मालिकामा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु(फोटोसहित)

साधन राम्जाली /विकल्प न्यूज फागुन ३ गते ।  म्याग्दीको मालिका गाउँपालिकामा शुक्रबारदेखी प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको केन्द्र दरवाङ्गमा सुरु भएको गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको गण्डकी .प्रदेशकी सामाजिक विकास मन्त्री नरदेबी पुन मगरले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री पुनले खेल क्षेत्रको विकासका लागि प्रदेश […]

जमुना सुनारलाई साथ दिन पुगे बेनीका युवाहरु

विकल्प न्यूज/बेनी फागुन २ गते ।  बस्ने घर नभएर विद्यालयले उपलब्ध गराएको एक कोठामा दुइ नाती सहित बस्न बिवस एक बृद्धलाई बेनीका युवाहरुले विहिवार सहयोग गरेका छन् । बेनी नगरपालिका २ तमानेकी ७५ वर्षीय जमुना सुनार बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयले शौचालय प्रयोजनका लागि बनाएको एक छाप्रोमा कष्टकर जिवन विताइरहेको समाचार सार्वजनिक भएपछि बेनीका युवाहरुले खाद्ययन्न,लत्ताकपडा […]

प्रथम सहिद लखन थापा मगरको स्मृतिमा रक्तदान

साधन राम्जाली मगर/विकल्प न्युज बेनी फागुन २ गते । नेपालका प्रथम सहिद लखन थापा मगरको सहिद स्मृति दिवसमा रक्तान गरिएको छ । थापा मगरको १ सय ४२ लौं स्मृति दिवसको अवसरमा नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्यसमिति म्याग्दीको आयोजना र जिल्ला रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा सो कार्यक्रम गरिएको हो ।   सदरमुकाम सहिद स्मृति चोकमा […]

गण्डकी प्रदेश ः जोखिमका गर्भवतीलाई हवाई उद्धार कार्यविधि

पोखरा फागुन १ गते । जटिल अवस्थाका गर्भवती तथा सुत्केरी महिलाको उद्धार र उपचारका लागि गण्डकी प्रदेश सरकारले एअर लिफटङ गर्ने भएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले यससम्बन्धी कार्यविधि पारित गर्दै जोखिममा रहेका महिलालाई उद्धार गरी सुविधा सम्पन्न अस्पताल पुर्‍याउने निर्णय गरेको हो । समयमै उपचार नपाएर गर्भवती तथा सुत्केरी महिलाको जीवन जोखिममा नपरोस् भन्दै प्रदेश सरकारले उद्धारका […]

कोठा भाडा तिर्न नसकेपछि चर्पीको बास

सन्तोष गौतम/ विकल्प न्युज फागुन १ गते । सुत्ने कोठाको छानो प्वाल परेर पानी चुहिन्छ । भुईमा एउटै विस्तारा छ । दायाँ र बायाँ दुई नावालक नातीलाई च्यापेर ७५ वर्षीया जमुना सुनारलाई हिउँदको चिसोमा रात कटाउन मुस्किल छ । कोठा भाडा तिर्ने पैसा नभएपछि बेनपा २ ज्यामरुककोटकी जमुना अहिले बगरफाँटको सरस्वति आधारभुत विद्यालयको शौचालयमा बस्दै आएको […]

म्याग्दीका स्थानीय तहले अझै बनाएनन् पाठ्यक्रम

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज माघ २८ गते । संविधान अनुसार स्थानीय तहले बनाउनुपर्ने शैक्षिक पाठ्यक्रम अझै बनाएका छैनन् । जनप्रतिनिधिहरु निर्वाचित भएको डेढवर्ष वितिसक्दा पनि पाठ्यक्रम बनाउन स्थानीय तहले कुनै पहल थालेका छैनन् । विकास निर्माणका नाममा स्थानीय तहमा डोजरे संस्कृति मौलाउँदो छ । भिरपाखा र गाउँघरमा डोजरले सडक निर्माण गरेपछि विकास हुने सोच जनप्रतिनिधिहरुमा छ […]

काँग्रेसले जनताको राजनीति गर्न कहिले सिक्ने होला खोइ ?

चन्द्रप्रकाश बानियाँ /विकल्प न्युज माघ २८ गते । पञ्चायतकालका तीनदशक एकोहोरो जिन्दावादको शंखनाद सुनेरै नेपालहरुको समय बित्यो । वामपन्थीहरु कोठाभित्र सीमित रहे । काँग्रेसहरुको तुजुक प्रवासमै पोखियो । ३६ सालमा काठमाडौंमा अलिकता “मुर्दावाद”को कर्णमधुर नाद सुनियो । तर त्यो पनि जनमत संग्रहमा पराजित भएपछि अर्को एकदशक थला प¥यो । ४६ सालमा चाक्सीवारीमा फलेको विरोध अभियानको […]

जिप दुर्घटना अपडेट ः १२ घाइतेको बेनीमा उपचार हुँदै र एकलाई पोखरा रिफर

विकल्प न्यूज/बेनी माघ २७ गते । म्याग्दीको सदरमुकाम बेनी देखि रघुगंगा गाउँपालिका २ राँखु भगवति तर्फ यात्रु लिएर जाँदै गरेको ग १ ज ५८९९ नम्बरको यात्रुबहाक जिप आइतवार दिउसो करिव ३ बजे तिर गलेश्वर पारि सडकबाट एकसय मिटर तल खसेर दुर्घटना हुँदा चालक सहित १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते […]