मालिकामा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु(फोटोसहित)

साधन राम्जाली /विकल्प न्यूज
फागुन ३ गते ।  म्याग्दीको मालिका गाउँपालिकामा शुक्रबारदेखी प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको केन्द्र दरवाङ्गमा सुरु भएको गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको गण्डकी .प्रदेशकी सामाजिक विकास मन्त्री नरदेबी पुन मगरले उद्घाटन गर्नुभएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री पुनले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । खेल राष्ट्रको गहना भएकाले प्रदेश सरकाले खेल क्षेत्रको विकासका लागि स्थानीय तह संग सहकार्य गरि विशेष योजना निर्माण गर्न लागेको बताउनुभयो । उहाँले खेल क्षेत्रबाट नै देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाउ पहिसफल भएको बताउनुभयो । सरकारले प्रदेश भित्रमा खेल क्षेत्रको विकासका लागि हरेक स्थानीय तहमा एक खेल एक मैदान निर्माण गर्ने योजना भएको बताउनुभयो । साथै हिमाली जिल्ला मुस्ताङमा रङ्गशाला निर्माणका लागि प्रदेश सरकारको योजना भएको बताउनुभयो ।

यसैगरी कार्यक्रममा जिसस प्रमुख देवेन्द्रबहादुर केसीले खेलकुद प्रतियोगिताले विद्यार्थीहरुमा खेलप्रतिभाको विकास भई जिल्ला र राष्ट्रिय स्तरका खेलाडि उत्पादन गर्न महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।  गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले विद्यालय स्तरका खेल प्रतिभाको पहिचान गरि उनिहरुलाई जिल्ला, प्रदेश हँुदै राष्ट्रिय अन्तराष्ट्रिय स्तरसम्म अवसर दिलाउने उद्देश्यले खेलकुद मन्त्रालय र खेलकुद परिषद्सँगको समन्वयमा प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, गाउँपालिका उपाध्यक्ष खरमाया विटालु तथा कार्यक्रम संयोजक वडा नं ६ का अध्यक्ष सन्तोष सुवेदीले स्थानीय तहमा आयोजना भएको प्रतियोगिताले स्थानीय स्तरमा लुकेर रहेको खेल प्रतिभालाई जिल्ला ,प्रदेश संघ र अन्तराष्ट्रिय स्तरमा पु¥याउन सहयोग पुग्ने बताउनुभयो । उद्घाटन खेलमा कवड्डी ,छात्र भलिबल,र एथलेटिक्स तर्फ छात्र /छात्रा दौड प्रतियागिताभएका छन् । प्रतियोगितामा प्रथम हुने विद्यालयले ५० हजार रुपैयाँ, शिल्ड ,मेडल र प्रमाणपत्र,द्धितिय विद्यालयले २५ हजार रुपैयाँ ,मेडल र प्रमाणपत्र तथा तृतिय हुने विद्यालयले १५ हजार रुपैयाँ,मेडल र प्रमाणपत्र पुरस्कार पाउने कार्यक्रम संयोजक एवम् वडा नं ६ का अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।  साथै उहाँका अनुसार छात्र र छात्रा भलिबल खेल,कवडडि र एथलेटिक्सतर्फका प्रथम, द्धितिय तथा तृतिय हुने विद्यालयले क्रमश १० हजार,७ हजार र ५ हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् ।  प्रमुख अतिथि मन्त्री पुन मगरको प्रमुख आतिथ्यता ,अध्यक्ष रोका मगरको अध्यक्षता ,जनप्रिय माविका प्रअ बालकृष्ण शर्माको संचालन र उपाध्यक्ष विटालुको स्वागत मन्तव्यमा उद्घाटन कार्यक्रम समापन भएको थियो ।