Breaking News

ताकममा वृहत स्वास्थ्य शिविर सुरू (फाेटाे फिचर)

विकल्प न्युज/ ताकम मंसिर २८ गते । लायन्स क्लब अफ बेनि पिस सिटिकाे  अायाेजनामा धौलागिरि गाउपालिकाकाे ७ ताकममा शनिबार देखि निशुल्क स्वास्थ्य शिविर सुरू भएकाे हाे । शिविरमा गण्डकी मेडिकल कलेज पाेखराका चिकित्सकहरूले विरामिहरूकाे स्वास्थ्य परिक्षणा गर्नुभएकाे छ । शिविरमा ताकम,मुना,लुलाङ र मुदिबाट ठुलाे संख्यामा सर्वसाधारण हरू अाएका छन् । दुर्गमका सर्वसाधारण हरूलाई स्वास्थ्य सेवा […]

जलजलामा आयोजित गौमहोत्सवको छैटौं दिनसम्म ३ करोड पाँचलाख संकलन

विकल्प न्यूज/जलजला मंसिर २४ गते । पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा जारी गौमहोत्सवको छैटौं दिनसम्म करिब ३ करोड पाँचलाख रुपैयाँ संकलन भएको छ । गण्डकी गोपाल गौशालाको आयोजनामा सञ्चालन गरिएको गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सव छैटौ दिन करिब ३० लाख रुपैयाँ दान प्राप्त भएको सचिवालयले जनाएको छ । महोत्सवको छैटौ दिन विहिवार जलजला ७ […]

गौशालाको विकासमा २० लाख विनियोजन गर्ने सांसद गिरीको प्रतिबद्धता

विकल्प न्यूज/जलजला मंसिर २४ गते ।  प्रतिनिधिसभाका सांसद पदम गिरीले गौशालाको पूर्वाधार विकासका लागि २० लाख रुपैयाँ विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पर्वतको जलजला ७ मिलनचोकमा आयोजित गौमहोत्सवलाई बुधबार सम्बोधन गर्दै सांसद गिरीले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो । आगमी आर्थिक वर्षमा संघिय सांसदले विनियोजन गर्न पाउने स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको ६ करोड […]

गौमहोत्सवको पाँचौ दिनसम्म सवा दुइकरोड भन्दा बढी संकलन

विकल्प न्यूज/जलजला मंसिर २४ गते ।  उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित कालिगण्डकी किनारमा जारी गौमहोत्सवको पाँचौ दिनसम्म सवा दुईकरोड रुपैयाँ भन्दा वढी आर्थिक सकलन भएको छ । महोत्सवको पाँचौ दिन मात्रै ५१ लाख ८० हजार ८ सय ८ रुपैयाँ सकंलन भएको हो । सचिवालयले दिएको जानकारी अनुसार महोत्सवको पाँचौ दिन सम्म दुइ करोड […]

गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा पुन ः केसी चयन

विकल्प न्यूज/बेनी मंसिर २४ गते ।  म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वर स्थित गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा पुनः रुद्रबहादुर केसी चयन हुनुभएको छ । मंगलबार गलेश्वरमा सम्पन्न कोषको छैटौ अधिवेशन तथा चौधौ कार्यकारी सभाले केसीलाई चौथो कार्यकालका लागि सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । यसै गरी उपाध्यक्षमा भिमनाथ पराजुली,सविच माधवप्रसाद रेग्मी र कोषाध्यक्ष […]

गौशालाको विकासका लागि स्थानीय तहबाट ५८ लाख भन्दा बढीको प्रतिबद्धता

विकल्प न्यूज/बेनी मंसिर २२ गते । उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित कालिगण्डकी नदी किनारमा जारी गौमहोत्सवको चौथो दिन जलजला गाउँपालिका र विभिन्न वडा कार्यालयबाट गौशालाको पूर्वाधार विकासमा ५८ लाख पचास हजार रुपैयाँ भन्दा बढी सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण) ले गौशालामा भौतिक पूर्वाधार निर्माण गरी धार्मिक पर्यटनको […]

गौमहोत्सवले हिन्दु धर्मको रक्षाका लागि आशा जगायो ः सभापति देउवा

विकल्प न्यूज/बेनी मंसिर २२ गते । पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हिन्दु धर्म र सस्कृति संकटमा परेको बताउनुभएको छ । आइतवार पर्वतको जलजलामा आयोजित धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले हिन्दु धर्म,संस्कार,सस्कृति र परम्परा जोगाउनलाई सवैजना जुटन उहाँले आग्रह गर्नुभयो । गण्डकी गोपाल गौशालाले आयोजना गरेको विराट ज्ञानमहायज्ञ तथा गौमहोत्सवको चौथो दिन महोत्सव […]

‘तीन पटक सिलाएको जुत्ताले साग खेलेँ’

२२ मंसिर, पोखरा । एक जना गुरुले ११औं दक्षिण एसियाली खेलकुद (साग)का लागि जुत्ता किनेका रहेछन्, तर प्रयोग भएन । लामो समय कुनै कुनामा थन्केर बस्यो । करिब एक वर्ष पहिले उनै गुरुले त्यो जुत्ता नेपालकी बलवान महिला तारादेवी पुनले उपहार पाइन् । र, त्यही जुत्ता लगाएर १३ औं सागको भारोत्तोलनमा काश्य जितेकी छिन् । […]

गौमहोत्सवको तेस्रो दिनसम्म ९५ लाख संकलन

विकल्प न्यूज/बेनी मंसिर २२ गते ।  उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित कालिगण्डकी नदी किनारमा आयोजित गौमहोत्सवको तेस्रो दिनसम्म करिब ९५ लाख रुपैयाँ संकलन भएको छ । पूर्व प्रधानन्यायाधिश कल्याण श्रेष्ठको प्रमुख आथित्यतामा भएको महोत्सवको तेस्रो दिन बागलुङका स्थायी ठेगना भई हाल काठमाण्डौं निवासी सफल व्यवसायी आनन्दराज भण्डारी १० लाख २७ हजार रुपैयाँ सहयोग गरी […]

जलजलामा आयोजित गौमहोत्सवको दोस्रो दिन ७० लाख संकलन

विकल्प न्यूज/बेनी मंसिर २१ गते । उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित कालिगण्डकी नदी किनारमा आयोजित गौमहोत्सवको दोस्रो दिन ७० लाख रुपैयाँ संकलन भएको छ । धाइरिङ निवासी हाल बेलायतमा वासोबास गर्नुहुने एनआरएनएका पूर्व उपाध्यक्ष कुल आचार्यको परिवारले १० लाख पाँच हजार पाँचसय ५५ रुपैयाँ सहयोग गरी महोत्सवको दोस्रो दिनको सभानायक बन्नुभएको हो । यसैगरी […]

मिलनचोक–सल्यान–धारापानी सडक कालोपत्रे योजना सुरु

विकल्प न्यूज/बेनी मंसिर १९ गते ।      उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक देखि ठोटनेरी सम्मको सडक कालोपत्रे योजना सुरु भएको छ । योजनाको विहिवार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक कार्यक्रम विच मिलनचोक,सल्यान,घाहाखेत धारापानी,ठोटनेरी सडकको शिलान्यास गर्नुभएको हो । मिलनचोक,सल्यान,घायखेत,धारापानी ठोटनेरी हुँदै सालिजाको भोटेडाँडा,लेकफाँट,रातमाटा हुँदै माझफाँट देखि पर्वत बेनी सम्म रिङरोडको अवधारणा सहित गण्डकी प्रदेश सरकारले […]

जलजलाको कालिगण्डकी नदी किनारमा गौमहोत्सव सुरु (भिडियो/तस्विर सहित)

विकल्प न्यूज/बेनी मंसिर १९ गते ।             उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित कालिगण्डकी नदी किनारमा विहिवार देखि गौमहोत्सव सुरु भएको छ । वैदिक गाईको संरक्षण गर्न गण्डकी गौपाल गौशालाको आयोजनामा एकहप्ता सञ्चालन गरिने गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सवको सुरु भएको हो । गौमहोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद […]

म्याग्दीका स्थानीय तहमा पहिलो चौमासिकमा बजेट खर्च निराशजनक

विकल्प न्यूज/बेनी मंसिर १८ गते । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा जिल्लाका स्थानीय तहको बजेट खर्च निराशाजनक देखिएको छ । एक नगरपालिका र पाँच स्थानीय तहले पहिलो चौमासिकमा अपेक्षा गरेअनुसार बजेट खर्च गर्न सकेका छैनन् । पहिलो चौमासिकमा कर्मचारी तलब र सामाजिक सुरक्षाको बजेट मात्र खर्च भएको छ । पुँजीगत तर्फको बजेट खर्च अत्यन्त न्यून […]

नारीलाई नारामा मात्रै सिमित नबनाईयोस

शान्ति बस्नेत/विकल्प न्यूज मंसिर १८ गते । सधैको वर्षहरुमा झै अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको दिवश यो वर्षमा पनि नोभेम्वर २५ वाट सूरुवात भएको छ । यो अभियान १० डिसेम्वर सम्म मनाईने गरिन्छ । यो १६ दिने अभियानको पनि ऐतिहाँसिक घटनासंग सम्वन्धित रहेको छ । १६ दिने अभियान अन्तर्राष्ट्रिय रुपमा मनाउनुको छुट्टै ईतिहास पनि रहेको छ […]

गलेश्वरमा आयोजित पुरुष भलिबलको उपाधि गलेश्वरले जित्यो

विकल्प न्यूज/बेनी मंसिर १७ गते । बेनी नगरपालिका ९ गलेश्वरमा आयोजना गरिएको विविध खेलकुद कार्यक्रम अन्तर्गत पुरुष भलिबलको उपाधि आयोजक क्लब गलेश्वर ए समुहले हात पारेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा हरिचौर बागलुङको समुहलाई सोझो ३ सेटले पराजित गर्दै आयोजक समुह गलेश्वर प्रथम भएको हो । प्रथम र द्धितिय हुने समुहलाई गलेश्वर शिवालय क्षेत्र […]