शान्ति बस्नेत/विकल्प न्यूज
मंसिर १८ गते । सधैको वर्षहरुमा झै अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको दिवश यो वर्षमा पनि नोभेम्वर २५ वाट सूरुवात भएको छ । यो अभियान १० डिसेम्वर सम्म मनाईने गरिन्छ । यो १६ दिने अभियानको पनि ऐतिहाँसिक घटनासंग सम्वन्धित रहेको छ ।
१६ दिने अभियान अन्तर्राष्ट्रिय रुपमा मनाउनुको छुट्टै ईतिहास पनि रहेको छ । यो दिवशको सन्दर्भ डोमिनिकल गणतन्त्रका एकै परिवारका तिन दिदीवहिनीहरुको हत्यासंग जोडिएको छ ।
मिराकल परिवारमा जन्मिएका ति तिन दिदीवहिनीहरु राजनीतिक कार्यकर्ता थिए । त्यतिखेरको तत्कालीन त्रुजिलो तानाशाही सरकारले सन् १९६० मा उनीहरुको निर्मम रुपमा हत्या गरेको थियो ।
उनीहरुलाई लिङ्गको आधारमा हुने राजनीतिक हिंसाको प्रतिरुप मानिन्छ । पेट्रिया, मिनर्भा र मारिया नाम गरेका उनीहरु तिन दिदीवहिनी इनरिक, रिमवल र मारिया मार्सििड्रज रेजका सन्तान थिए । क्रमश सन् १९२४, १९१७ र १९३५ मा डोमिनिकल गणतन्त्रको सिवास भन्ने स्थानमा जन्मिएका थिए ।
शिक्षित र सचेत यी तिन दिदीवहिनी तत्कालीन त्रुजिलो तानाशाहीको विरुद्धमा थिए । यस्तै विभिन्न विषयमा आरोपित बनाई पटक पटक जेल चलान गरी धेरै नै यातना दिने गरिन्थ्यो । सन् १९६० को सुरुवातमा नै त्यहाँको सरकारले दिदीवहिनीहरुलाई मुलुकको ठुलो समस्याको रुपमा घोषणा गथर्यो ।
यसरी घोषणा गरेको ११ महिनापछि नोभेम्वर २५ तारिखका दिन यिनीहरुको हत्या गरियो । यिनीहरुको हत्या गर्नुअघि यिनका पतिहरुलाई जेलमा राखियो र जेलमा आफ्ना पतिहरुलाई खान पु¥याउन गएको समय मिलाएर यिनीहरुको हत्या गरिएको थियो ।
यी दिदीवहिनीको हत्या पछि त्रुजिलो सरकार विरुद्ध आन्दोलन शसक्त बनायो । र सोही हत्याकाण्डको एक वर्षभित्र डोमिनिकल गणराज्यमा निरङ्कुश त्रुजिलो सरकारको अन्त्य भयो । र त्यही दिदीबहिनीको हत्यालाई महिला विरुद्धको हिंसाको रुपमा लिइयो र दिदीवहिनीहरुको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गर्न थालियो ।
सन् १९९१ मा रुत्गर्स विश्वविद्यालयका महिलाहरुको भुमण्डलीया नेतृत्व केन्द्र (ऋभलतभच ायच ध्यmभल’क न्यिदब िीभबमभचकजष्उ ऋध्न्ी) ले आयोजना गरी सञ्चालन गर्न थाले पछि यसले अन्तराष्ट्रिय अभियानको श्रप लिन थालेको हो । नेपालमा यो दिवश सन् १९९७ देखि विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाउन थालिएको हो ।
संयुक्त राष्ट्रसंघ महिला विकास कोष युनिफेमको तत्परतामा महिला अधिकारको क्षेत्रमा कार्यरत लगायत केही गैर सरकारी संस्थाहरुमा सिमित यो अभियान सन् २००६ (वि.स. २०६३) देखि नेपाल सरकार महिला तथा समाज कल्याण मन्त्रालयबाट समायोजन हुदैँ आएकोमा सन २००७ (वि.स. २०६४ ) देखि राष्ट्रिय आयोगले संयोजन गर्दै आएको थियो ।
सधैका वर्षहरुमा झै यो वर्ष पनि अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्ध १६ दिने अभियानको नारा “समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यबद्धता“ राखिएको छ ।विगत र वर्तमान समयमा हेर्ने हो भने महिला हिंसा विगतमा घरमा मात्र हुने गर्दथ्यो भने अहिले कर्म अर्थात काम गर्ने ठाँउमा पनि प्रशस्त उदाहरणहरु छन् ।
हरेक पल नारी असुरक्षित बनी रहेकी छे । बर्षेउनी यस्तै नाराहरु ल्याउने गरेको छ तर नाराले जतिकै सभ्य र चेतना मूलक सन्देश दिए पनि त्यस्को कार्यन्वयन गर्ने संस्था नै फितलो रुपमा कार्य गरि रहेको छ ।
हरेक स्थानमा सुरक्षाको अनूभूति हुने ठाँउ हुनु पर्छ । महिला माथि हुने यौन शोषण, मानसिक, सामाजिक, संस्कृतिक, सांस्कृतिक, रानीतिक, आर्थिक जस्ता स्थानहरुमा विभेद पूर्ण ढंगले व्यवहार गरिनु पनि लैङ्गिक हिंसा नै हुन।
नारीहरुलाई नारा मात्रै सिमित बनाउनु हुन्न नारी हरेक काम गर्न र व्यवस्थित तरिकाले समाज, देश र जीवन चलाउन सक्षम यन्त्र हो । नेपालको संविभानले पनि महिलाहरुलाई अधिकार दिएको सुनिश्चत दायरा त दिइएको छ।
विडम्वना यो छ कि संविधानका पानाहरु अर्थात ठेलीमा सजाउन मात्रै जस्तो क्रियाकलापमा देखिन थालेको छ । संविधान अनुसार स्थानीय, प्रदेश र संघमा महिलाको सहभागीताको लागि स्थानहरु कायम गरेको थियो तर संविधानका धारारउपधारा अनुसार अधिकार दिनलाई वञ्चित गराइएको छ ।
पुरुषहरुको नै पद र प्रतिष्ठामा हावी भएको देखिन्छ । समृद्ध नेपाल सुखी नेपालीको नाराले पनि हो यस्तै विभेद पूर्व वातावरण निर्माण गरि सपना साकार वनाउन बाधक वनी रहेको छ । समृद्ध बन्नलाई त सबैलाई लैङ्गिक विभेद नगरी कार्य विभाजनको आवश्यकता मानिन्छ । अनि मात्रै बन्छ सुखी नेपाली । विभेदले विकासलाई विगार्छ । समानतामूलक नारामा मात्रै हैन सहभागितामूलक कार्यान्वयनमा ध्यान दिन जरुरी छ ।
दिनानुदिन बलत्कार, हत्याहिंसा जस्ता जघन्य र नगन्य रुपमा अग्रसर वनी रहेको छ हाम्रो समाज १६ दिने अभियानकै क्रमका छाउगोठमा एउटी वालिका अर्थात नारी छाउ बार्दै गर्दा मृत्यु भइरहेकी छे ।
समाजमा छाउगोठ भत्काएर मात्रै समाजको समस्याको अन्त्य सोच्नु त्यो हाम्रो मानसिक भ्रमक मात्र बन्न सक्छ । यँहाका छाउ गोठ भत्काए र हैन मनबाट नै त्यो अन्य गर्न सक्ने चेतना दिन सक्नु पर्छ ।यस्तै धेरै नै समस्याहरुबाट महिलाहरु हिंसाको शिकार वनी रहेका छन् ।
भाषणमा र शासनका मात्रै ठूला ठूला कुरा गरेर दुरदराजका सानासाना कुराहरु ओझेलमा परेका छन ।
अधिकारका बनाएर मात्रै हुन्न अधिकार सदुपयोग गर्ने वातावरण बनाउन सक्नुपर्छ र मात्रै लैङ्गिक हिंसा विरुद्घको केहि हिसा सुधार्न सकिन्छ ।
१६ दिने अभियानमा मात्रै हैन सोच्ने शक्तिहरुमा सच्चिन जरुरी छ ।महिला हिंसालाई न्यूनिकरण गर्नका नै निमित्त नारी र पुरुष दुवैमा सकरात्मक चेतना हुन जरुरी छ ।