Breaking News
बेनीमा माघेसंक्रान्ति मेला ः २५ तस्विर र भिडियोमा हेर्नुहोस
विकल्प न्यूज/बेनी पुस २९ गते । बेनीमा मंगलबार देखि माघे संक्रान्ति मेलाको आयोजना गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले बेनीको खुल्ला मञ्चमा दुईदिने मेलाको आयोजना गरेको हो । मेलाको गण्डकी प्रदेश सभाका सांसद विनोद केसीले उद्घाटन गर्नुभएको छ । मेलाको उद्घाटन पूर्व विभिन्न जातजातिका झाँकी,बाजागाजा र भेषभुषा […]
नेकपा म्याग्दीका जिल्ला सेक्रेटरी हतियार सहित पक्राउ
विकल्प न्यूज/बेनी पुस २८ गते । सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द्र विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पाटी म्याग्दीका जिल्ला सेक्रेटरी रेशम सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । बेनी नगरपालिका–२ ज्यामरुकोट स्थित निजकै घरबाट दुई थान हतियार सहित सापकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । गएराति सापकोटा घरमा आएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी […]
धवलागिरीमा राष्ट्रपति रनिङ्ग शिल्ड ः दोस्रो दिनसम्म नौ खेलको फाइनल
गोपाल आचार्य /विकल्प न्यूज ताकम, २७ पुष । धवलागिरी गाउपालिका–७ ताकममा सञ्चालित अन्तर माध्यमिक विद्यालय स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिनसम्म नौ वटा खेलको फाइनल भएको छ । एथलेटिक्स तर्फका नौ वटा खेलको फाइनल हुदा ताकम मावि तीन, किसानी मावि दुई, हेम मावि दूई, धनजनता मावि एक र जनकल्याण मावि ले एक […]
ताकममा धवलागिरी गाउपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड सुरु
विकल्प न्यूज/बेनी पुस २७ गते । म्याग्दीको धवलागिरी गाउपालिका–७ ताकममा शनिबार देखि अन्तर माध्यमिक विद्यालय स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । धवलागिरी गाउपालिकाको आयोजनामा भएको प्रतियोगितामा दश वटा विद्यालयका तीन सय जना भन्दा बढी खेलाडीहरु सहभागि भएका छन् । छात्र, छात्रा एथलेटिक्स र भलिबल बिधामा २८ वटा खेल खेलाइने भएको […]
८० वर्षे कार्लोसको धवलागिरि चुचुरो चुम्ने सपना
बसन्त रानाभाट ८० वर्षे कार्लोस स्पेनका सफल पर्वतारोही हुन् । उनले ८ हजार मिटर अग्ला १४ वटा हिमालहरुको आरोहण गरिसकेका छन्। ती मध्ये १२ वटा हिमालहरुको चुचुरो चुमिसकेको छन्। सोरियाले धलागिरि र सिसापाङ्गा हिमालको चुचुरोमा मात्र टेक्न बाँकी छ । कार्लोसले ६० वर्षको उमेरपछि ८ हजार मिटरभन्दा अग्ला १० वटा हिमालहरु चढेर विश्व कीर्तिमान कायम गरेका […]
प्रदेश अन्तर्गतका कार्यालयको सेवाप्रवाह फितलो ः कार्यालयमा भेटिदैनन् प्रमुख
विकल्प न्यूज/बेनी पुस २३ गते । संघियता कार्यान्वयन सँगै जिल्लामा स्थापना भएका गण्डकी प्रदेश सरकार अन्तर्गतका कार्यालयहरुको सेवाप्रवाह फितलो देखिएको छ । संघियताको भावना र मर्म विपरित प्रदेश सरकारले जिल्ला सदरमुकाममा स्थापना गरेका कार्यालयहरुको दैनिक कामकाज र सेवाप्रवाह फितलो देखिएको हो । स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुका सट्टा आफ्नो मातहत रहने गरी प्रदेश सरकारले सदरमुकाममा […]
संघीयताको फल ः धाइरिङमा भित्रिए आधा अरबका विकास योजना
विकल्प न्यूज\बेनी पुस २३ गते । सडक कालोपत्रे योजनाका लागि सडक स्तरउन्नती गरिँदै । तस्विर ठाकुरप्रसाद आचार्य म्याग्दी र बागलुङको सदरमुकामको नजिक भएर पनि वर्षौ देखि विकासमा पछाडी परेको पर्वतको जलजला गाउँपालिका ७ धाईरिङ संघियता कार्यान्वयन पछि गाउँको मुहार फेरिन थालेको छ । संघियता कार्यान्वयनको तिनवर्ष यता सडक,सिँचाई,खानेपानी,शिक्षा र अन्य भौतिक पूर्वाधार विकासका योजनाहरु धमाधम […]
गण्डकी प्रदेशमा विकास निर्माणको जग बसाल्दैछौं ः मुख्यमन्त्री गुरुङ
विकल्प न्यूज/बेनी पुस २२ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार विकास निर्माणका लागि आवश्यक आधारहरु तयार पार्न लागिपरेको बताउनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीको नवनिर्मित सभाहलको मङ्गलबार बेनीमा उद्घाटन गर्दै उहाँले गण्डकी प्रदेशभित्र विकास निर्माणको जग बसाउन आवश्यक ऐन, कानुनको निर्माण थालिएको बताउनुभएको हो । मुख्यमन्त्री गुरुङले प्रदेश समन्वय परिषदको हालसम्म […]
जिसस म्याग्दीको नवनिर्मित भवनको मुख्यमन्त्री गुरुङद्धारा उद्घाटन (फोटो)
विकल्प न्यूज/बेनी पुस २२ गते । जिल्ला समन्वय समिति म्याग्दीको नवनिर्मित सभाहल सहितको भवनको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्नुभएको छ । मंगलबार जिसस म्याग्दीले आयोजना गरेको एक कार्यक्रमका विच मुख्यमन्त्री गुरुङले भवनको उद्घाटन गर्नुभएको हो । तत्कालिन शान्ति तथा पूननिर्माण मन्त्रालयको एक करोड ४२ लाख,गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको एक […]
सुन्तला बिक्रीबाट वास्कुनामा ३० लाख भित्रियो
विकल्प न्यूज/बेनी पुस २० गते । बेनी नगरपालिका ४ बास्कुनामा यसबर्ष सुन्तला बिक्रीबाट ३० लाख रुपैयाँ भित्रिएको छ । वास्कुनाका २४ घर परिवारले फलाएको सुन्तला बिक्रीबाट उक्त आम्दानी गरेका हुन । गाउँमै पुगेर व्यवसायीहरुले बोटबाटै सुन्तला खरिद गरेर पोखरा,काठमाण्डौ र इन्डिया समेत पु¥याएको कृषक तिलक गुरुङले बताउनुभयो । वास्कुनाका कृषकहरुले एकसय देखि १५ सय सम्म […]
कर तिर्ने संस्कारको विकास गरौं ः मन्त्री पुन (भिडियो सहित)
विकल्प न्यूज/बेनी पुस १९ गते । गण्डकी प्रदेश सरकारकी सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्योगी व्यापारीहरुलाई कर तिर्ने संस्कारको विकास गर्न अनुरोध गर्नुभएको छ । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघको २६ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री पुनले व्यवसायीहरुमा कर तिर्ने संस्कार बसाल्न अनुरोध गर्नुभएको हो । नागरिकहरुमा कर तिर्ने संस्कारको विकास गरी […]
पुननिर्माणले चिटिक्क सामुदायिक विद्यालय
विकल्प न्यूज/बेनी पुस १८ गते । भुकम्पले क्षति पुगेका जिल्लाका सामुदायिक विद्यालयहरु पुननिर्माण भएपछि चिटिक्क परेका छन् । २०७२ सालको भुकम्पका कारण भत्कीएका तथा जोखिममा परेका विद्यालयहरु पुननिर्माण गरिएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) द्धारा अहिले सम्म २५ वटा सामुदायिक विद्यालयहरु पुननिर्माण गरि चिटिक्क पारिएका छन् । नयाँ भवन बनेपछि […]
गलेश्वरमा नक्कली उपभोक्ता समिति गठन गरी योजनालाई ठेक्का
ठाकुरप्रसाद आचार्य/कमल खत्री पुस १८ गते । भनिन्छ ‘धर्म सम्झेर काम गर्नुपर्छ’ कल्पना गर्नुस त धार्मिक क्षेत्रमै विधि र प्रकृया मिचेर काम हुन्छ भने के भन्ने होला ? यहाँको एक चर्चित पवित्र धार्मिक संस्था भित्र अपवित्र प्रवृतिले जरा गाडेको तथ्यहरु बाहिरीएका छन् । धार्मिक संस्थामा हुने क्रियाकलापहरु सवै पारदर्शी हुन्छन भन्ने आम विश्वास पनि छ […]
युवा,विकास,अवसर र चुनौति
शान्ति बस्नेत/विकल्प न्यूज पुस १६ गते । युवा देशका निम्ति एक शसक्त खम्वा हुन । युवा भन्ने शव्द उच्चारणमा मात्रै हैन काम गर्ने शैलीमा पनि उतिकै जोश जागर र हौसला रहेको हुन्छ । युवा पुस्ता आकाशकै चन्द्रमा जस्तो उज्यालो किरण दिन सक्ने क्षमता भएका असल कर्मयोगी र चमत्कारका केन्द्र बिन्दु मान्न सकिने औजार हुन । […]