शान्ति बस्नेत/विकल्प न्यूज
पुस १६ गते ।
युवा देशका निम्ति एक शसक्त खम्वा हुन । युवा भन्ने शव्द उच्चारणमा मात्रै हैन काम गर्ने शैलीमा पनि उतिकै जोश जागर र हौसला रहेको हुन्छ । युवा पुस्ता आकाशकै चन्द्रमा जस्तो उज्यालो किरण दिन सक्ने क्षमता भएका असल कर्मयोगी र चमत्कारका केन्द्र बिन्दु मान्न सकिने औजार हुन ।
युवालाई परिचालन गर्न सकियो भने समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउन सहज हुनुका साथै सफल पनि हुन्छ । युवालाई देशले चिन्न सक्नु पर्छ, जुन सुकै उमेरका मानिसहरुलाई युवा मान्ने प्रवृतिले हाम्रो देशमा युवाको सम्मान हुन सकेको छैन ।
युवालाई अन्तरआत्मादेखि नै चिन्न जरुरी छ । युवा अवस्थामा धेरै नै जोश जागरले भरिएको मनस्थिति रहेको हुन्छ तर यसलाई सहि रुपमा सदुपयोग गर्न सक्नु पर्ने आजको नितान्त जरुरी विषय बन्न पुगेको छ ।
युवा, विकास, अवसर र चुनौति एक अर्काको परिपुरक मान्नु पर्छ । युवामा काम गर्ने शैली र गर्न सक्ने क्षमता हुन्छ त्यसले युवालाई विकासमा खर्च गरिनु पर्छ । विकास शव्द रातारात उतारदैमा विकास हुँदैन तर हाम्रो परिपाटी त्यस्तै छ किताव वा पत्र पत्रिका अर्थात अखवारहरुमा सधै पढ्न पाउछौं विकासका नाममा शिल्यानाश भयो रे भनेर तर अव शिल्यान्यास गरेर हाम्रो विकासका नाममा आएका बजेटहरुलाई सत्यनास बनाउने चलखेल हामीले पर्याप्त रुपमा देखि रहेका छौं र भोगी रहेका छौं ।
यसरी विकास र देशले मुहार फेर्दैन हजुर ! यहाँ हामी कुरा चाँहि २१औं शताव्दीका प्रविधिका कुरा गरेर हिड्छौ तर हामी यहि देशमा भएका युवाका विचार र कर्मलाई किन यति सहज रुपमा लिई रहेका छौं । किन युवाको मनोवललाई कदर हुदैन? प्रविधि मैत्री मात्रै हैन अव देश विकासका निम्ति युवा मैत्री बनाउने अभियानमा लागौ, जागौ न हामी धेरै पछाडी परि सक्यौं ।
कति अविकसित राष्ट्रको नामा परिचित हुन्छौ हो हामी र हामी त स्वाभिमानी नेपाली हौं नि कमसेकम आफ्नो स्वाभिमानी बचाई राख्न कै निम्ति भए पनि केहि काम त आफ्ना नै देशका युवाहरुलाई परिचालन गरि विकासमा तीव्र गतिमा बढाउन । युवाहरुलाई कामको अवसर चाहिएको छ यदि अवसर पाउने भए सरकारले चाहेको जस्तै विकास र समृद्धिको बाटो लम्कन सहज हुन्छ ।
कति विदेशी मुलुकमा सधै पसिना बगाउन आफ्नो घर रदेशलाई छोडी मनहरु टुटाएर वस्न बाँध्य बनाउछौं । आफ्नै देशमा श्रमको उचित मूल्य दिन सक्ने वातावरण बनाउन लागौ न । कति दिन रोइलो गर्ने हामी विभिन्न सीपको र शिक्षाको सधै सिरानी लगाएर सुत्न बाँध्य किन बनाईदैछ ।
हामीलाई यदि रोजगार दिन नसके किन सीप र शिक्षालाई खर्चको मात्र सत्यनाश बनाउने खेल तयार हुन्छ । यदि आफ्नो देशमा नै उचित किसिमको पारिश्रमिक दिइएर आफ्नो शिक्षाको कदर हुन सक्दैन भने त्यस्तो शिक्षाको आवश्यकता हो कि वाध्यता हो कृपया ?
एउटा काम गर्ने मनस्थिति भएको मान्छेले काम गर्छु भन्दा पनि कामको अवसर छैन यहाँ काम पाउनलाई पनि कित राजनीतिक दलको सदस्यता हुनु पर्ने उच्च पदमा बसेका मानिसका नातेदार नै हुनु पर्ने यस्तो बाध्यता कति वर्षसम्म हामीले भोग्नु पर्ने हो ?
कोहि पनि नचिनेका सीधा र आफ्नो दैनीकि हलो, कोदालो र हातमा रातारराता काम गरेर फोका उठाएर काम गर्दै शिक्षा हासिल गरेको मानवले चाहि के सधै आफ्नो प्रमाणपत्रलाई ज्यूँदै मसानघाटमा पुर्याउनु पर्ने हो र यस्ता बिड्म्वनाहरुले कैयौं नेपालीहरुको मन आर्यघाटको शव जस्तै जलि रहेका छन ।
यस्ता विभिन्न बाँधा अर्चनाहरुलाई हामीले समयमा नै सुधार्न सकियो भने हामीले रोजगारका विषमा धैरै नै विकास गर्न र देशलाई उन्नति तर्फ अगाडी बढाउन सक्छौ।
शिक्षा, स्वास्थ्य जस्ता अनेकौ प्राविधिक कुराहरुलाई श्रम र पारिश्रमिक कम्तिमा पनि एउटा सामान्य परिवारलाई दाल, भात खान सम्म धान्न सक्ने मात्रै रोजगार दिने हो भने कैयौ युवाहरु आफ्नो पसिना आफ्नै देशमा सिंचित गर्ने सक्छन भन्ने सरकार र सरोकारवालाले समयमानै ध्यानाकर्षण हुन आवश्यकता देखिन्छ ।
युवाहरुको श्रमलाई पन्छाउदा वा नचिन्नदा देशको यो हालत भएको छ । सरकार रोजगारीको अवसर छ भन्छ तर युवाहरु वेरोजगारका चरम विन्दुमा पुगि रहेका छन ।
हरेक दिन युवाहरु विदेशिने क्रम रोकिएको छैन त्यस्तै गरि आफ्नो पसिनालाई आफ्नो योग्यता, क्षमताका आधारमा काम देउ भनी ठूला, वडाका पाउ पर्नु पर्ने अर्थात भिखारी झै भिख मागे जस्तै मलाई रोजगार देउ भनी शरण पर्नु परेको छ ।
र एउटा विकल्पको रुपमा लोकसेवा आयोग छ त्यो पनि सबै वर्ग समुदाय र अहिलेका पिढीँहरुमा आकर्षणको केन्द्र विन्दु कमै रुपमा देखिन्छ किन कि । एउटा कुनै न कुनै विषयको उच्च शिक्षा हासिल गरिसके पछि त लोकसेवा मात्रै विकल्प नवनोस भन्ने आम युवाको आवाज हो जुन विषय बस्तुमा शिक्षा हासिल गरेको हुन्छ त्यो विषयको रोजगार दिलाउन सकियो भने मात्रै युवालाई परिचालन गर्न सकिन्छ र विकासको कदम बढाँउन सकिन्छ ।
क्षमतालाई केन्द्र विन्दुमा राखेर रोजगार दिन सक्नु पर्छ । र अहिलेको अवस्थामा रोजगार पाउन एकदमै चुनौति बनि रहेको छ । विकास भन्ने कुरा आफैमा वा शव्दावलीमा मात्रै राखेर सम्भावना कमै मात्रामा हुन्छ विकास त सीप र दक्षता, अनुभवका आधारमा पहिचान गरि परिचालन गर्न सकियो भने विकासको मुहान र यो देशको मुहार फेर्न युवाबाट मात्रै प्रचुर सम्भावना रहन्छ । लेखिका वस्नेत युवाको पक्षमा निरन्तर रुपमा कलम चलाईरनु हुन्छ ।