बेनी नगरपालिका

बेनी अस्पताल हाँकिरहेकी युवा डाक्टर अञ्जु थापा 

विकल्प न्यूज/बेनी कात्तिक ११ गते । डा. अञ्जु थापा म्याग्दीको बेनी अस्पतालकी निमित्त मेसु हुन् । स्वास्थ्य सेवाको नवौं तहकी सरकारी जागिरे उनी पेशाले स्त्री तथा प्रसुति रोग विशेषज्ञ हुन् । आफू कार्यरत रहेको ठाउँमा केही नयाँ गर्ने हुटहुटी बोकेकी ३५ वर्षीया युवा चिकित्सक डा। अञ्जु आम मानिससम्म सहज रुपमा स्वास्थ्य सेवा पुर्‍याउन लागिरहेकी छिन् […]

उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै बेलढुङ्गा

कात्तिक १० गते ।  बेलढुङ्गा बागलुङ र म्याग्दीको सिमानामा पर्छ । उच्च पहाडी क्षेत्रमा रहेको बेलढुङ्गा सिमाना मात्रै नभएर पछिल्लो समय उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । स्वच्छ हावापानी, मनोरम वातावरण र यहाँबाट देखिने अनगिन्ती हिमालले धेरैलाई आकर्षित गरिरहेको छ । बाह्रै महिना बेलुङ्गामा पर्यटक आए पनि यस याममा अझ बढी आउने अपेक्षा […]

इजरायलबाट भाग्यले बँचेका बेनी १० का वडाध्यक्ष मसबीर

म्याग्दी, कात्तिक ४ गते । इजरायलमा हमासको आक्रमणमा परी १० नेपालीको मृत्यु हुँदा घटनाबाट जोगिनु भएका म्याग्दीका मसबीर रोका बाँचेर नेपाल आउँदा पनि त्रास कायमै रहेको बताउनुभएको छ । माओवादी द्वन्द्व उत्कर्षमा पुगेको समयमा वैदेशिक रोजगारीको सिलसिलामा २०६० मा इराक जान प्रस्थान गरेको भए पनि २०६१ भदौमा इराक पुग्नुभयो । १२ जनाको हत्या भएको घटनाले […]

लायन्स क्लवले ८० बर्ष पूरानो चौतारी मर्मत गरेर चिटिक्क पा¥यो

विकल्प न्यूज/बेनी कात्तिक ४ गते । म्याग्दीको सदरमुकाम बेनीस्थीत बिरेन्द्रचोक टोल विकास समितिले लायन्स क्लवको सहयोगमा ८० बर्ष पूरानो चौतारीको रंगरोगन, मर्मत तथा बस्ने बेन्च राखेको छ । जिल्लाको प्रमुख प्रशासनीक केन्द्र बिरेन्द्रचोकको चौतारीमा बटुवालाई बस्न असहज भएपछि लायन्स क्लव अफ बेनी महारानीले फलामको बेन्च र लायन्स क्लब अफ बेनी सिटीले रंगरोगनमा सहयोग गरेको छ […]

तन्नेरी नहुँदा गाउँमा छैन दसैँको रौनक

गलेश्वर (म्याग्दी), कात्तिक ४ गते । उत्तरतर्फ हेर्दा टलक्क टल्कने हिमाल। पूर्वतर्फ बागलुङको पञ्चकोट। हेर्दाखेरी निकै सुन्दर र मनमोहक लाग्छ– ज्यामरुककोट। खेतका फाँटमा पहेँलै पाकेका धान र धान थन्क्याउन लागेका महिला तथा पाका किसान । बेफुर्सदिला छन्, उमेरले ५० काटेका पाका गाउँले पनि । केही वर्ष अघिसम्म म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको भकुन्डे, सानालेख, गौश्वारा र फापरखेतमा सोह्रश्राद्ध […]

अति विपन्न परिवारलाई बेनी ७ काे सहयोग

विकल्प न्युज/ बेनी कार्तिक ३ गते । म्याग्दीको बेनी नगरपालिका–७, ले आर्थिक अभावका कारण दशैं मनाउन समस्यामा परेका वडाभित्रका बिपन्न, एकल महिला तथा असक्त र अपाङगलाई खाद्यान्न तथा नगद वितरण गरेको छ । अति विपन्नलाई छनौट गरी २० घरपरिवालाई शुक्रबार वडा कार्यालयमा एक कार्यक्रमका बिच प्रति घरपरिवार एक बोरा चामल, २ किलो दाल,२ किलो चिनी,३ […]

सरकारी कार्यालयका पर्खाल भत्काएर बेनीको सडक फराकिलो बनाउने की !

ठाकुरप्रसाद आचार्य/बेनी कात्तिक २ गते । बालमन्दिरचोकमा सरकारी कार्यालयले अतिक्रमण गरेर बनाएको पर्खालका कारण सडक साघुरो भएको छ । फुटपाथ समेत नहुँदा सडकबाट नै पैदलयात्रा गर्नुपर्ने बाध्यता छ ।  बेनी नगरपालिकाले सडक फराकिलो बनाउने अभियान चलाएको छ । बेनी नगरले यतिखेर सजिलो र सहज हुने ठाउँको मात्र अतिक्रमण हटाएको छ । अलिकति बलप्रयोग गर्नुपर्ने स्थानमा […]

बेनी अस्पतालमा ओपिडी सेवा विहान ७ बजेदेखि बेलुका ८ बजेसम्म संचालन

विकल्प न्यूज/बेनी कात्तिक २ गते । म्याग्दीको बेनी अस्पतालमा विहान ७ बजेदेखि बेलुका ८ बजेसम्म ओपिडी सेवा सुरु भएको छ । सेवाको विहिबार गण्डकी प्रदेश सरकार अन्तरगत सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले सेवाको सुरुवात गर्नुभयो । सेवा सुरु प्रश्चात बोल्दै मन्त्री सिंखडाले प्रदेश सरकारले स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर स्वास्थ्यको सेवा विस्तारका लागि बजेट […]

म्याग्दीका डीएसपी बने गण्डकी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी प्रमुख

विकल्प न्यूज/बेनी असोज ३० गते । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत डीएसपी मदन कुँवर गण्डकी प्रदेशका उत्कृष्ट प्रहरी प्रमुख बनेका छन् । ६८ औं प्रहरी दिवसको अवसरमा कुँवर सहित अघिल्लो वर्ष उत्कृष्ट कार्यसम्पादन गरेका प्रहरीहरूलाई सम्मान गरिएको हो । गण्डकी प्रदेश प्रहरी कार्यालयले अनुसन्धानतर्फ सर्वोत्कृष्ट प्रहरीमा प्रदेश प्रहरी तालिम केन्द्रका वरिष्ठ नायव निरीक्षक रामबहादुर क्षेत्री […]

बेनी बचतको अध्यक्षमा सञ्जय श्रेष्ठ चयन

बेनी, ३० असोज । म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको बेनी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सञ्जयकुमार श्रेष्ठ चयन हुनुभएको छ । बेनीमा सोमबार सम्पन्न औ वार्षिक साधारणसभाबाट ४ वर्षे कार्यकालको लागि श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो । सञ्चालक समितिको उपाध्यक्षमा माधवप्रसाद रेग्मी, सचिवमा चन्द्रबहादुर घिमिरे, कोषाध्यक्षमा कमलप्रसाद श्रेष्ठ, सदस्यहरुमा यजनलाल […]

जयन्ती माविको २२ कोठे भवन उद्घाटन (फोटोसहित)

विकल्प न्यूज/बेनी असोज २९ गते । म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्लीमा जयन्ती माध्यमिक विद्यालयको नवनिर्मित २२ कोठे भवनको भब्य समारोहका बिच उद्घाटन गरिएको छ । वि.स. २०७२ सालदेखि जयन्ती माविको विद्यालय भवन पुननिर्माण अभियान सुरु गरेका भकिम्लीबासीकै नेतृत्वमा अहिले दुई तले २२ वटा कोठा रहेको विशाल र व्यवस्थित विद्यालय भवन तयार भएको हो । भवनको […]

सहमतिबाट मोनामा नयाँ नेतृत्व चयन

विकल्प न्यूज/बेनी असोज २८ गते ।    म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा ददिवल खड्का सर्वसम्मत निर्वाचित हुनुभएको छ । म्याग्दीको बेनीमा सम्पन्न मोनाको पाँचौं अन्तर्राष्ट्रिय महाधिवेशनले खड्कालाई अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घार पुख्र्यौली घर भई हाल जापानमा वस्नुहुने खड्का यसअघि मोनाको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । […]

म्याग्दी प्रवासी संघ(मोना)ंको अध्यक्षमा दधिवल खड्का निर्वाचित

विकल्प न्यूज/बेनी असोज २७ गते । म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा दधिवल खड्का निर्वाचित हुनुभएको छ । म्याग्दीको बेनीमा जारी पाँचौं महाधिवेशनले खड्कालाई अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घार पुख्र्यौली थलो भएका खड्का यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । अन्य पदहरुमा पनि सर्वसम्मत रुपमा नेतृत्व चयन भएको […]

बेनीमा मोनाको पाँचौं महाधिवेशन सुरु (फोटोफिचर)

विकल्प न्यूज/बेनी असोज २६ गते । म्याग्दी प्रवासी संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौं महाधिवेशन बेनीमा शुक्रबार देखि सुरु भएको छ । संसारभर छरिएका म्याग्देलीहरुको साझा संस्था मोनाको अधिवेशनका अवसरमा बेनीमा विभिन्न जातजाति र धर्म समुदायले झाँकी प्रदर्शन गरेका छन् ।  

अन्नपूर्ण र बेनीलाई प्रथम मोना कपको उपाधि

ठाकुरप्रसाद आचार्य/बेनी म्याग्दी,असोज २५ गते । म्याग्दीको बेनीमा संचालन भएको प्रथम मोना कप पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिला तर्फ अन्नपूर्ण गाउँपालिका र पुरुष तर्फ बेनी नगरपालिकाले उपाधि हात पारेका छन् । बेनीको खुल्ला मञ्चमा विहिवार सम्पन्न भएको फाईनल खेलमा महिला तर्फ मालिका गाउँपालिकालाई १ का विरुद्ध ३ सेटको जित निकाल्दै अन्नपूर्णले उपाधि […]