बेनी नगरपालिका

निर्माण व्यवसायीको उदाहरणीय कार्य ः ः एक वर्षको काम पाँच महिनामै सकियो

विकल्प न्यूज/बेनी चैत २० गते । बेनी बजार संरक्षण कार्यक्रम अन्तरगत मंगलाघाट स्थित म्याग्दी नदी किनारमा निर्माण भएको मेसीनरी पर्खाल । तस्विर नवविकल्प एक वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालय बागलुङद्धारा सञ्चालीत बेनी बजार संरक्षण आयोजना अन्तरगत दोस्रो प्याकेजको नदी नियन्त्रण योजनाको काम लक्ष्य भन्दा सात महिना अघिनै सकिएको छ । सडक, […]

नाली नबनाउँदा सडक स्तारोन्नती योजनाको दिगोपनामा चुनौती

सन्तोष गौतम /विकल्प न्यूज बेनी १९ चैत ।  म्याग्दीका ग्रामिण सडकको स्तरोन्नतीका क्रममा नाली नबनाउँदा योजनाको दिगोपनामा चुनौती देखिएको छ । भिरालो जमिनमा निर्माण भएका सडकको भल व्यवस्थापन गर्ने नाली प्रमुख पूर्वाधार हो । सडकसंग जोडिएका जग्गाधनीको बिरोध, अवरोध, बजेटको कमी र उपभोक्तामा प्राबिधिक ज्ञानको अभावका कारण सडक स्तारोन्नती सम्बन्धि योजनामा नाली निर्माणले प्राथमिकता पाउन […]

वाखेतका कृषकलाई चल्ला वितरण

सन्तोष गौतम/विकल्प न्यूज बेनी १९ चैत । बेनी नगरपालिका १० वाखेतका कृषकलाई निशूल्क चल्ला वितरण गरिएको छ । बेनी नगरपालिकाको पशु सेवा शाखाले स्थानीयबासीलाई कुखुरापालनप्रति आकर्षित गरी मासु र अण्डाको उत्पादन व ृद्धि गरी कुपोषण न्युनीकरण गर्ने उद्देश्यले आईतबार छ सय चल्ला वितरण गरिएको हो । वडाका जनप्रतिनिधिहरुको रोहबरमा गठन भएको भुमेथान लेयर्स कुखुरापालन कृषक […]

बेनी नगरकार्यपालिकाको प्रवक्ताको जिम्मेवारी बराईलीलाई

सन्तोष गौतम/विकल्प न्यूज बेनी १८ चैत । बेनी नगरकार्यपालिका ८ का वडा अध्यक्ष रामकृष्ण बराईली नगर कार्यपालिकाको प्रवक्तामा चयन हुनुभएको छ । नगर कार्यपालिकाको हालै बसेको बसेको बैठकले बराईलीलाई प्रवक्ता चयन गर्ने निर्णय गरेको हो । प्रवक्ता नहुँदा कार्यपालिकाको सूचना प्राप्त गर्न र समाचार संकलनमा समस्या भएको सञ्चारकर्मीहरुले गुनासो गर्दै आएका थिए । प्रवत्ता बराईलीले […]

पात्लेखेतमा पशु स्वास्थ्य शिवीर

सन्तोष गौतम/विकल्प न्यूज बेनी १८ चैत ।  बेनी नगरपालिका १० पात्लेखेतमा सम्पन्न निशूल्क पशु सेवा शिवीरबाट डेढ सय घरधुरी भन्दा बढी कृषकहरु लाभान्वित भएका छन् । बेनी नगरपालिकाको आयोजनामा शनिबार सम्पन्न शिवीरमा १७० घरधुरी कृषकको दुइृ हजार ६५६ पशुपक्षिको औषधि उपचार गरिएको जनाइएको छ । एक हजार ४१५ पंक्षि, ८९१ बाख्रा र ३५० वटा गाईभैसीका […]

प्रस्तावित सामुदायिक अस्पताललाई करीब २ करोड सहयोग

सन्तोष गौतम/विकल्प न्यूज बेनी १८ चैत ।  बेनीनगरपालिका १० पात्लेखतमा स्थानीयस्तरबाट सञ्चालन हुन लागेको १५ शैयाको सामुदायिक अस्पतालका लागि पाँच रोपनी जग्गा निशुल्क प्रदान गरेका छन् । प्रस्तावित रघुनाथ भद्रकाली स्मृति समुदायिक अस्पतालका लागि राधाकृष्ण शर्माले उक्त जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् । अस्पतालका लागि शर्माको व्यक्तिगत एक करोड रुपैयाँ र स्थानीयको ३० लाख […]

कुरीलाखर्क, अग्नीखेतमा लिफ्ट प्रबिधिको खानेपानी आयोजना

सन्तोष गौतम/विकल्प न्यूज बेनी ११ चैत ।  बेनी नगरपालिका ७ मा सञ्चालीत कुरीलाखर्क अग्नीखेत खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बेनी नगरपालीकाको सहयोगमा सुरु भएको लिफ्ट् प्रबिधिको खानेपानी आयोजनाको रिजर्भ टंकी निर्माण, मुख्य पाईपलाईन खन्ने लगायतका अधिकांश काम सकिएको हो । बेनी बजारसंगै रहेको र तिब्र रुपमा बस्ती विकास भैरहेको महारानी, कुरीलाखर्क, […]

कतारबाट फर्किएका नारायणले गाउँमा खोले बाख्रा फार्म

विकल्प न्यूज/बेनी चैत ८ गते । बेनी नगरपालिका ९ आलवाङकामा विदेशबाट फर्कीएका युवाले बाख्रा फार्म सञ्चालन गरेका छन् । एक दशक भन्दा लामो समय विदेशमा काम गरेर फर्कीएका ३६ वर्षिय नारायण शर्माले ‘मनिष बाख्रा फार्म’ सञ्चालन गर्नुभएको हो । फार्ममा हाल जमुनापारी, खरी, बारबरी र अजमेरी जातका ६० वटा बाख्रा छन् । फार्म स्थापनाका लागि खोर […]

बेनपा २ को वडा कार्यालयमा चोरी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ५ चैत  बेनी नगरपालीका २ को वडा कार्यालयमा आईतबार राती चोरी भएको छ । भकुण्डेमा रहेको वडा कार्यालयको ताला तोडेर अध्यक्षको कार्यकक्षमा रहेको कम्प्युटरको सिपीयु, माउस र कार्यालयको बोर्ड चोरी भएको हो । आईतबार ४ बजे बन्द गरेको कार्यालय बिहान आउँदा ताला तोडेर चोरी गरेको भेटिएको वडा अध्यक्ष हिराबहादुर थापाले […]

सञ्चार माध्यमको सवलीकरणमा नगरपालिकाको ध्यानाकर्षण

सन्तोष गौतम/विकल्प न्यूज बेनी ४ चैत । मिडीया सोसाईटी म्याग्दीले स्थानीय सञ्चार माध्यमहरुको सवलीकरणका लागि आईतबार बेनी नगरपालिकाको ध्यानाकर्षण गराएको छ । सोसाईटीका अध्यक्ष गोपाल छन्त्यालको नेतृत्वमा पदाधीकारी तथा सदस्यहरुको टोलीले बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठलाई माग पत्र बुझाउँदै स्थानीय सञ्चार माध्यमको सवलीकरणमा प्राथमिकता दिन ध्यानाकर्षण गराएको हो । म्याग्दीमा सञ्चालनमा रहेका छापा तथा विद्युतीय […]

बेनी अस्पताललाई मगर संघ ईजरायलको सहयोग

सन्तोष गौतम/विकल्प न्यूज बेनी ४ चैत ।  बेनी अस्पताललाई मगर संघ ईजरायलले आईतबार आर्थिक सहयोग गरेको छ । नेपाल मगर संघ म्याग्दीले बेनीमा आयोजना गरेको कार्यक्रममा अस्पतालमा आवश्यक उपकरण र सामाग्री खरिदका लागि एक लाख रुपैया उपलब्ध गराइएको हो । मगर संघ ईजरायलकी अध्यक्ष बिष्णु पुनले बेनी अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीलाई चेक हस्तान्तरण गर्नुभएको […]

भकिम्लीमा सडक स्तरउन्नती गर्न श्रमदान

विकल्प न्यूज/बेनी चैत ३ गते । बेनी नगरपालिका ३ भकिम्लीका बासिन्दाले श्रमदान गरेर सडक स्तरउन्नती गरेका छन् । दूधेखोला–भकीम्ली सडक स्तरवद्धिका लागि बेनी नगरपालीकाले सञ्चालन गरेको आयोजना अन्तरगत उपभोक्ताले ग्याबियन जाली लगाउने, निर्माण सामाग्री ढुवानी र सडक ढलान गर्ने कामका लागि श्रमदान गरेका हुन् । घुम्ती सुधार गर्ने, फराकीलो बनाउने, ग्रेड मिलाउने जस्ता काममा डोजर […]

बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु

विकल्प न्यूज/बेनी चैत २ गते । म्याग्दीको बेनी–गलेश्वर सडकखण्ड अन्र्तगत जलेश्वरमा गयराती भएको बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  सामान छोडेर गलेश्वरदेखि बेनीतर्फ आउँदै गरेको ग २ च ४०४४ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा शक्त घाईते भएका चालक रक बहादुर सुनारको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ […]

म्याग्दीमा उपभोक्ता अधिकार दिवस मनाइयो

सन्तोष गौतम/विकल्प न्यूज बेनी १ चैत ।बेनीमा बिहीबार उपभोक्ता जागरण अभियानमा स्थानीय तहको सक्रियता भन्ने मुल नाराका साथ उपभोक्ता दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा बेनी बजारमा प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम गरेर दिवस मनाइएको हो । कार्यक्रममा सहभागीहरुले उपभोक्ता अधिकार स्थापीत गराउनका लागि उपभोक्तामा जागरण, नियमनकारी निकायको प्रभावकारी अनुगमन र व्यवसायी उत्तरदायी बन्नुपर्नेमा […]

कोरिया छाडेर गाउँमै कृषि फार्म

सन्तोष गौतम /विकल्प न्यूज फागुन २९ गते । म्याग्दीको बेनी नगरपालिका १० पात्लेखेतमा एक युवाले चौबिस लाख रुपैयाँ लगानी गरेर कृषि फार्म स्थापना गरेका छन् । ३६ वर्षिय भवीन्द्र पाईजाले आर्सीवाद कृषी फार्म स्थापना गरेर व्यवसायिक रुपमा बाख्रा पालन र च्याउ खेती सुरु गर्नुभएको हो । फार्म सञ्चालनका लागि बाख्रा खरिद र पूर्वाधार निर्माण गर्न […]