बेनी नगरपालिका
बेनीमा तिन दिने पत्रकार आवद्धता तालिम सुरु
विकल्प न्यूज/बेनी जेठ १६ गते । म्याग्दीको सदरमुकाम बेनीमा तिनदिने पत्रकार आवद्धता तालिम सुरु भएको छ । सूचना विभागको आयोजना र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको संयोजनमा बुधवार देखि बेनीमा प्रमुख कानून र आचार संहिता विषयक पत्रकार आवद्धता तालिम सुरु गरिएको हो । शुक्रबार सम्म सञ्चालन हुने तालिमको शुभारम्भ गर्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय […]
आमा समूहद्धारा सामुदायिक भवन निर्माण
सन्तोष गौतम/विकल्प न्यूज बेनी १५ जेठ । बेनी नगरपालिका ५ छापको भगवती टोलका महिलाहरुले सामुदायिक भवन निर्माण गरेका छन् । भगवती टोलमा रहेको डाँडाबारी आमा समूहले निर्माण गरेको सभाहल सहितको सामुदायीक भवनको मंगलबार ११ औं गणतन्त्र दिवसको अवसरमा उद्घाटन गरिएको छ । वडा अध्यक्ष कृष्णबहादुर बानियाँ र सहयोगदाता नारायण महतले भवनको उद्घाटन गर्नुभएको हो । […]
बेनीमा धिमे एवम् बाँसुरी बाजा प्रशिक्षण सुरु
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, १५ जेठ । बेनीमा नेवार समुदायको परम्परागत संस्कृति संरक्षणको लागि धिमे एवम् बाँसुरी बाजा प्रशिक्षण सुरु भएको छ । बेनी नगरपालिका –७ को आर्थिक सहयोगमा नेपाल भाषा मंका ः खल ः अन्र्तगतको मैजु ः खलको आयोजनामा सुरु भएको तालिममा ८० जनाले सहभागीता जनाएका छन् । शुभ कार्यहरुमा बजाईने धिमे र नेवारी […]
बालबालिकालाई शैक्षिक सामाग्री वितरण
सन्तोष गौतम/विकल्प न्यूज बेनी १५ जेठ । बेनी नगरपालिका ६ छापमा रहेको बागेश्वरी आधारभुत विद्यालयमा मंगलबार ११ औं गणतन्त्र दिवसको अवसर पारेर बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । विद्यालयमा स्थापीत भन्द्रबहादुर नन्दकली स्मृती अक्षयकोषको ब्याजबाट २२ जना विद्यार्थीहरुलाई पोषाक, झोला, कापी, कलम, ज्यामीती बक्स लगायतका सामाग्री वितरण गरिएको हो । स्थानीय नारायण महतले दिवंगत […]
२६ बुँदे मागसहित शिक्षक महासंघले ज्ञापनपत्र बुझायो
प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, जेठ १३ ।विभिन्न २६ बुँदे मागसहित नेपाल शिक्षक महासंघ म्याग्दीले आइतबार ज्ञापनपत्र बुझाएको छ । शिक्षकहरुको पेशागत हकहित तथा शैक्षिक व्यवस्थापन सुधार गर्नुपर्ने माग गर्दै शिक्षा विकास तथा समन्वय इकाई प्रमुखलाई भेटेर ज्ञापनपत्र बुझाइएको हो । नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षकहरु आबद्ध विभिन्न संघ सङ्गठनले शिक्षकको हक अधिकार तथा शैक्षिक […]
सिंगामा बाख्रा पैँचो कार्यक्रम
सन्तोष गौतम/विकल्प न्यूज बेनी १३ जेठ । बेनी नगरपालिका ४ सिंगामा बाख्रा पैँचो कार्यक्रम सुरु भएको छ । नगरपालिकाको एक वडा एक उत्पादन कार्यक्रम अन्तरगत सिंगालाई मासु उत्पादनको पकेट क्षेत्र बनाउन वडा कार्यालय मार्फत बाख्रा पैचो कार्यक्रम सञ्चालन भएको हो । बाख्रा पँैचो कार्यक्रम अन्तरगत आईतबार १५ जना कृषकहरुलाई एकएक वटाका दरले उन्नत बोयर जातका […]
बेनीमा ठुलाे सख्यामा जुवाडे पक्राउ
विकल्प न्युज / बेनी जेठ १० गते । बेनीका ३ स्थानबाट १ महिला सहित १४ जना पक्राउ परेका छन । प्रहरी नायव उपरीक्षक विरबहादुर बुढामगरले जिल्लामा हुने गरेका गैरकानुनी र सामाजिक विकृति निम्त्याउने गतिविधि नियन्त्रणको लागि सक्रियता बढाएका छन् । हालै म्याग्दीमा सरुवा भएर आएका प्रनाउ बुढामगरले जुवा तास, लागु औषध बेचबिखन तथा घरेलु मदिरा […]
दृष्टिबिहीन विद्यार्थीलाई क्रिकेट प्रशिक्षण
सन्तोष गौतम/विकल्प न्यूज बेनी १० जेठ । दृष्टिबिहीन विद्यार्थीहरुका लागि बेनीमा बिहीबार क्रिकेट खेल प्रशिक्षण तालीम सम्पन्न भएको छ । नेपाल नेत्रहिन क्रिकेट संघले कादुर फाउण्डेशन हङकङको सहयोगमा चार दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा म्याग्दी, बागलुङ र पर्वत जिल्लामा सञ्चालित दृष्टिबीहीन स्रोत कक्षाका विद्यार्थीहरुको सहभागिता रहेको थियो । दृष्टिबिहीन विद्यार्थीहरुको प्रतिभा पहिचान, राष्ट्रिय, अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी […]
गोपालनारायण भट्टचनलाई अभिनन्दन
प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, जेठ १० गते । बिपी चिन्तन प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा बुधबार सदरमुकाम बेनीमा गोपालनारायण भट्टचनलाई अभिनन्दन तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । बिपी चिन्तन प्रतिष्ठान म्याग्दीद्वारा प्रकाशित सरलता र आदर्शका प्रतिक गोपालनारायण भट्टचन जीवनी, विचार र योगदान विषयक पुस्तकको विमोचन गरिएको हो । पुस्तकको विमोचन गर्दै […]
धौलागिरि माविमा शौक्षिक अन्तरक्रिया सम्पन्न
सन्दिप शर्मा/म्याग्दी जेठ ९ गते । बेनी नगरपालिका म्याग्दीको आयोजनामा बुधबार बेनपा ४ सिंगामा रहेको धौवलागिरी माविमा शौक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । धौवलागिरी स्रोत केन्द्र अन्तर्गतका २१ वटा विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिती, शिक्षक अभिभावक संघका प्रतिनिधिहरु सहितको उपस्थितिमा कार्यक्रम गरीएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठले नगरपलिका भित्र […]
नवआगन्तुक प्रनाउ मगरलाई स्वागत
प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, जेठ ९ सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखा म्याग्दीको आयोजनामा बुधबार सदरमुकाम बेनीमा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक सेवा केन्द्रको आयोजनामा म्याग्दीका नवआगन्तुक प्रहरी नायव उपरीक्षक विरबहादुर बुढा मगरलाई स्वागत गरिएको हो । कार्यक्रममा प्रनाउ बुढा मगरलाई सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखाका पदाधिकारी, […]
सुध्रिएनन् बेनीका मासु पसल, गुणस्तरहिन मासु बेच्दै
प्रताप बानियाँ /बेनी म्याग्दी, जेठ ८ – पटकपटक अनुगमन गरेर सचेत हुन आग्रह गरे पनि म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित विभिन्न प्रकृतिका मासु पसलहरु अझै सुध्रिन सकेका छैनन् । सोमबार बेनी नगरपालिका कार्यालयको आयोजना र पशु सेवा शाखाको वार्षिक कार्यक्रम अनुसार गरिएको अनुगमनका क्रममा बजारमा रहेका मासु पसलको हालत पुरानै अवस्थाको रहेको पाइएको छ । विगतमा […]
मुस्लीम संघको ज्ञापनपत्र
विकल्प न्यूज /बेनी जेठ ७ गते ।नेपाल मुस्लीम संघ म्याग्दीले विभिन्न ६ बुँदे माग सहित सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएका छन् । संघका केन्द्रिय सदस्य अञ्जित खानको नेतृत्वमा प्रशासनमा पुगेको टोलीले प्रजिअ लिलाधर अधिकारी मार्फत इदुलफित्र, बकरइद लगायत संविधानको मर्म अनुसार समानुपातिक समावेशीका आधारमा राज्यको हरेक निकायमा प्रतिनिधित्व हुनुपर्ने, […]
बेनीमा बजार अनुगमन
सन्तोष गौतम/विकल्प बेनी २ जेठ । गुणस्तर तथा नाप तौल बिभाग र जिल्ला स्तरीय संयुक्त टोलीले बुधबार बेनीमा बजार अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेलको नेतृत्वमा बिभागको क्षेत्रीय कार्यालय पोखरा, उद्योग वाणिज्य संघ, प्रहरी कार्यालयका प्रतिनिधिहरुको टोलीले खाद्यान्न, किनारा, सुनचाँदी, हार्डवयर पसलको अनुगमन गरेको हो । गुणस्तर र नापतौलका औजारलाई केन्द्रित […]
भुपु सैनीक सहकारीद्धारा विद्युतीय कारोबार सुरु
सन्तोष गौतम/विकल्प न्यूज बेनी २ जेठ । बेनीमा रहेको भुपु सैनीक बचत तथा ऋण सहकारी संस्थाले विद्युतीय कारोबार सुरु गरेको छ । सफ्टवयर र मोवाईल एप मार्फत घरबाटै एकबाट अर्को खातामा रकम पठाउने, मोवाईल रिजार्च गर्ने, बिद्युत, खानेपानी, टेलीफोनको महशुल भुक्तानी गर्ने, कारोबारको अवस्थाको बारेमा जानकारी लिन सक्ने सेवा सुरु गरेको हो । पायनियर एशोसीयट्सको […]