मुस्लीम संघको ज्ञापनपत्र

विकल्प न्यूज /बेनी
जेठ ७ गते ।IMG_2559नेपाल मुस्लीम संघ म्याग्दीले विभिन्न ६ बुँदे माग सहित सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएका छन् ।

संघका केन्द्रिय सदस्य अञ्जित खानको नेतृत्वमा प्रशासनमा पुगेको टोलीले प्रजिअ लिलाधर अधिकारी मार्फत इदुलफित्र, बकरइद लगायत संविधानको मर्म अनुसार समानुपातिक समावेशीका आधारमा राज्यको हरेक निकायमा प्रतिनिधित्व हुनुपर्ने, सरकारमा मुश्लिम समुदायका प्रतिनिधि समेटिनुपर्ने लगायतका माग सहितको ज्ञापनत्रप बुझाएका हुन् ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अधिकारीले संविधानलाई सबैलाई समान हैसियत दिईएको भन्दै समुदायले उठाएका विषयमा सम्बन्धित स्थानमा पु¥याईने बताउनुभयो केन्द्रीय सदस्य खाँनले केन्द्रीय समितिको वैशाख ३१ गतेको निर्णय बमोजिम जिल्लास्थित राजनीतिक दलहरुलाई पनि ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताउनुभयो ।