भुपु सैनीक सहकारीद्धारा विद्युतीय कारोबार सुरु

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २ जेठ । IMG_2309बेनीमा रहेको भुपु सैनीक बचत तथा ऋण सहकारी संस्थाले विद्युतीय कारोबार सुरु गरेको छ । सफ्टवयर र मोवाईल एप मार्फत घरबाटै एकबाट अर्को खातामा रकम पठाउने, मोवाईल रिजार्च गर्ने, बिद्युत, खानेपानी, टेलीफोनको महशुल भुक्तानी गर्ने, कारोबारको अवस्थाको बारेमा जानकारी लिन सक्ने सेवा सुरु गरेको हो ।

पायनियर एशोसीयट्सको प्राबिधिक सहयोगमा सहकारीले आफ्नै मोवाईल एप तयार पारेको बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभयो । आन्तरीक सेवा प्रवाहलाई चुस्त, दुरुस्त, ग्राहकमैत्री र पारदर्शी बनाउन आधुनिक प्रबिधिको प्रयोग गरिएको अध्यक्ष सुवेदीले बताउनुभयो । IMG_2312एप मार्फत सहकारीका सेयर सदस्यहरुले ई सेवामा आवद्ध विभिन्न बैङ्कका ७४ वटा शाखा र भुतपूर्व भारतीय सैनीकहरुको पेन्सन भुक्तानी सेवाको कारोबार समेत गर्न पाउने व्यवस्था मिलाइएको छ । पायनियर एशोसीयट्सका प्राबिधिक मनोज श्रेष्ठले सहकारी संस्थाको आर्थिक कारोबारलाई विश्वसनीय बनाउन मोवाईल एप प्रबिधि प्रभावकारी भएको बताउनुभयो ।

एक हजार जना सेयर सदस्यको एक करोड चार लाख रुपैया शेयर पुजी गरेको सहकारीले गत आर्थिक वर्षमा १५ करोड रुपैया बराबरको कारोबार गरेको थियो । १२ करोड रुपैया लगानी र ११ करोड रुपैया निक्षेप संकलन भएको सचिव गणेश श्रेष्ठले बताउनुभयो ।