बेनीमा ठुलाे सख्यामा जुवाडे पक्राउ

विकल्प न्युज / बेनी
जेठ १० गते । DPO myagdi
बेनीका ३ स्थानबाट १ महिला सहित १४ जना पक्राउ परेका छन ।  प्रहरी नायव उपरीक्षक  विरबहादुर बुढामगरले जिल्लामा हुने गरेका गैरकानुनी र सामाजिक विकृति निम्त्याउने गतिविधि नियन्त्रणको लागि सक्रियता बढाएका छन् । हालै म्याग्दीमा सरुवा भएर आएका प्रनाउ बुढामगरले जुवा तास, लागु औषध बेचबिखन तथा घरेलु मदिरा नियन्त्रण एवम् न्युनिकरण कार्यक्रमलाई तिब्रता दिएका हुन् । 

उक्त अभियानको क्रममा विहिवार बेनी बजारमा जुवा खेलीरहेको अवस्थामा १४ जनालाई पक्राउ गरिएको छ । व्यापक रुपमा सादा पोशाकमा प्रहरी परिचालन गरी शंकास्पद स्थानमा छापा मार्दा १ महिला सहित १४ जनालाई पक्राउ गरीएको प्रहरी निरिक्षक दिपक महत क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार, जुवा खेली रहेको स्थानबाट रु ५० हजार १४५ नगद समेत बरामद गरि पक्राउ परेकाहरुबाट अनुसन्धान कार्य भई रहेको छ । पक्राउ परेकाहरुको विवरण यसप्रकार रहेको छ ।
प्रहरीले बेनीको होटल नमस्तेमा जुवा खेलीरहेका शेर बहादुर पाईजा, गमन छन्त्याल , भिम छन्त्याल , जिबन छन्त्याल र सोम ब. छन्त्याल पिपलचोक स्थित ओम बहादुर छन्त्यालको घरमा जुवाखेलीरहेको अवस्थामा घर धनि छन्त्याल सहित, याम बहादुर छन्त्याल , मनोज पुन र टिका पुन ( महिला )लाई पक्राउ गरिएको जनाएको छ । त्यसैगरि गलेश्वर बस्ने केन कार्कीको घरमा खड्क बहादुर गर्बुजा ,बिर बहादुर शेरपुञ्जा , सिकिन्दर बहादुर बाँनिया , बिजय शेरपुञ्जा र केन कार्कीलाई जुवा खेलीरहेको समयमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।