ताजा समाचार:
Search

मंगला गाउँपालिका

मंगलामा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु(फोटोसहित)

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, फागुन ७ गते ।  ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा मङ्गलबारदेखि प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजना र मंगला खेलकुद विकास समिति बाबियाचौरको व्यवस्थापनमा अन्तर माध्यमिक विद्यालय छात्रछात्रास्तरीय प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति […]

थाइवाङका घरघरमा खानेपानी

सिजन रोका/विकल्प न्यूज थाइवाङ ४ फागुन । म्याग्दीको मंगला गाउँपालिका १ थाइवाङमा पञ्चासे ओखरबोट खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । ७२ लाख ५८ हजार ६८८ रुपैयाँको लगानीमा निर्माण भएको आयोजनाबाट थाइवाङका ८५ घरधुरी लाभान्वित भएका उपभोक्ता समितिले जनाएको छ । सबै घरमा मिटर जडित निजी धारा मार्फत खानेपानी वितरण गरिएको गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र […]

सार्वजनिक खरिद प्रक्रिया सम्बन्धी तालिम

सिजन रोका/ विकल्प न्युज बाबियाचौर माघ । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सोमबार सार्वजनिक खरिद प्रक्रिया सम्बन्धी तालिम सम्पन्न भएको छ ।मंगला गाउँपालिकाको आयोजनामा २ दिनसम्म सञ्चालन भएको तालिममा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिमको प्रजिअ लीलाधर अधिकारी, म्याग्दीका जिल्ला समन्वय अधिकारी अर्जुनकुमार शर्मा, पर्वतका समन्वय अधिकारी बिष्णुप्रसाद भुषाल र कोष तथा लेखा […]

चालू आर्थिक वर्षको बजेट संसोधन गर्दै मंगलाको चौथो गाउँसभा सकियो

सिजन रोका /विकल्प न्यूज बाबियाचौर २१ मघ । चालू आर्थिक वर्षको बजेट संसोधन गर्दै मंगला गाउँपालिकाको चौथो गाउँसभा सोमबार बाबियाचौरमा सकिएको छ । सशर्त शिर्षक बाहेकका १४ करोड ८५ लाख ४८ हजार ४५२ रुपैयाँको बजेटलाई संसोधन गरेर चालूतर्फ चार करोड ८४ लाख ५१ हजार र पूजीगततर्फ दश करोड तीन लाख ९७ हजार ४५२ रुपैयाँ बिनियोजन भएको […]

माघ २५ देखि मंगलामा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड हुने

विकल्प न्यूज/बेनी माघ १९ गते । म्याग्दीको मंगला गाउँपालिकाले स्थानीय तह स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । गाउँकार्यपालिकाको वैठकले बावियाचौर स्थित मंगला माविमा यहि माघ २५ देखि २७ गते सम्म प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने निर्णय भएको गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले जानकारी दिनुभयो । विद्यालय स्तरका खेल […]

सिंगा तातोपानी – पोखेर जोड्ने पुल निर्माण सुरु

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज माघ १८ गते ।बेनी नगरपालिका ४ सिंगा तातोपानी देखि मंगला गाउँपालिकाको बरंजालाई जोडनका लागि म्याग्दी खोला माथि पक्की मोटरेबल पुल निर्माण थालिएको छ । सडक डिभिजन कार्यालय बागलुङले बहुवर्षीय ठेक्का मार्फत बेनी – दरवाङ सडकको तातोपानी देखि पोखेर जोड्नका लागि म्याग्दी खोला तातोपानी मोटरेबल पुल निर्माण योजना अगाडि बढाएको हो । वर्षौ […]

मंगलाको बान्द्रेमा खेलमैदान निर्माण सुरु

विकल्प न्यूज/बेनी माघ १० गते  म्याग्दीको मंगला गाउँपालिका–३ बान्द्रेमा युवाहरुको सक्रियतामा खेलमैदान निर्माण सुरु भएको छ । म्याग्दी नदीको किनारमा खेर गएको चौरलाई सम्माएर खेलमैदान निर्माण कार्य सुरु भएको स्थानीय युवा सन्तोष गिरीले जानकारी दिनुभयो । खाल्टाखुल्टी र अव्यवस्थित मैदानलाई डोजर लगाएर सम्माईएको उहाँले बताउनुभयो । खेलमैदान निर्माणको लागि मंगला गाउँपालिकाले रु ५० हजार बजेट […]

मंगलामा भुकम्प सुरक्षा दिवस मनाइयो

सिजन रोका मगर बेनी विकल्प न्युज/बाबियाचौर माघ ३ गते। २१ औ भूकम्प सुरक्षा दिवस बुधबार म्याग्दीमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाइएको छ । यस्तै म्याग्दीको सदरमुकाम सहित बुधबार मंगला गाउँपालिकाले पनि २१ औं भुकम्प सुरक्षा दिवस मनाएको छ । मङ्गला गाउँपालिकाको आयोजनामा विपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पुरा गर्ने जिम्मेवारी संघ, प्रदेश र स्थानीय सरकार भन्ने […]

मगर विद्यार्थी संघ म्याग्दी इकाई प्रकाश माविको अध्यक्षमा बुढाथोकी

साधन राम्जाली मगर/विकल्प न्युज बेनी, आईतबार पौष २९ गते । नेपाल मगर विद्यार्थि संघ जिल्ला कार्य समिति म्याग्दी शाखाले विधालय स्तरिय इकाई संगठन बिस्तार सुरु गरेको छ । आइतबार सदरमुकाम बेनीमा रहेको प्रकाश माविमा इकाई समिति गठन गरि संगठन बिस्तारको कामलाई सुरु गरेको हो । आइतबार प्रकाश माविमा भएको इकाई शाखाको अध्यक्षमा सन्देश बुढाथोकी मगर […]

टोड्केमा महिलाहरुको नेतृत्व तथा क्षमता विकास तालिम सुरु

विकल्प न्यूज/बेनी पुस २८ गते । रघुगंगा गाउँपालिकाको आयोजनामा टोड्केमा शनिबारदेखि महिलाहरुको नेतृत्व तथा क्षमता विकास तालिम सुरु भएको छ । रघुगंगा गाउँपालिका ५ का वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाको अध्यक्षता, महिला तथा बालबालिका शाखाका प्रमुख अमृता थापाको सञ्चालन र रघुगंगा महिला विकास बहुउद्देश्यिय सहकारी संस्था पाखापानीका परिचालक चौमाया पुनले स्वागत गर्नुभएको तालिमको गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले […]

मंगला गाउँपालिकाको चौथो गाउँसभाद्धारा बजेट संसोधन

सन्तोष गौतम/विकल्प न्यूज बाबियाचौर २५ पुस ।  मंगला गाउँपालिकाको बुधबारदेखि बाबियाचौरमा सुरु भएको चौथो गाउँसभाले चालू आर्थिक वर्षका लागि बिनियोजन भएको बजेट संसोधन गरेको छ । गत असारमा भएको गाउँसभाको त्रुटीपूर्ण निर्णयका कारण विकास निर्माणको क्षेत्रमा परिचालन गर्नुपर्ने पुजीगत शिर्षकको बजेट प्रशासनिक र तलबभत्तामा खर्च हुने चालू शिर्षकमा बिनियोजन भएपछि कार्यान्वयनमा जटिलटा उत्पन्न भएको थियो । […]

म्याग्दीका उच्च भेगमा हिमपात,चिसोले जनजिवन कष्टकर

साधन राम्जाली/विकल्प न्यूज पुस २३ गते । म्याग्दीका उच्च भेगमा सोमवार दिउसो सामान्य हिमपात भएको छ । गय रातीदेखी उच्च पहाडी भेगमा हिउँ परे संगै म्याग्दीमा चिसो बढ्न थालेको छ । अत्याधिक चिसको कारण धारा टंकी र पानी जमेर बरफ बनेपछि पिउने पानी र सरफाइका लागि पानीको अभाव हुने गरेको स्थानीयको भनाई छ । मौसममा […]

थर्पुमा विद्युत सर्ट हुँदा एक घर जलेर नस्ट

साधन राम्जाी मगर/ विकल्प न्युज बेनी   पौष २२ गते । म्याग्दीको मंगला गाउँपालिका –४ थर्पुको एक घरमा आगलागि हुँदा ठुलो भौतिक क्षती भएको छ । आइतबार दिउँसो विद्युत सर्ट हुँदा दुई थुर्प निवासी लाल बहादुर रोका मगरको पक्की दुईतले घर जलेर नस्ट भएको स्थानियलाई उद्धित गर्दै मंगला गाउँपालिकाका कृषि शाखा प्राविधिक जगत वानियाँले जानकारी दिनुभयो […]

मिर्गौला पीडित सुरेशलाई युकेबाट एक लाख सहयोग

विकल्प न्यूज/बेनी पुस २२ गते । दुवै मृगौलाले काम गर्न छाडेपछि थलिएर अस्पतालमा उपचाररत म्याग्दीको मंगला गाउँपालिका ५ नेटाका सुरेश छन्त्यालको उपचारका लागि युकेबाट १ लाख तीन हजार रुपियाँ सहयोग भएको छ । धौलागिरि गाउँपालिका–५ मल्कबाङ घर भई हाल युकेमा रहनुभएका शेर छन्त्यालको नेतृत्वमा त्यहाँ रहेका छन्त्याल समुदायबाट सो सहयोग संकलन भएको थियो । मल्कबाङ […]

सिञ्जालीद्धारा बरंजाको महेन्द्ररत्न माविलाई डेढ लाख सहयोग

विकल्प न्यूज/बेनी पुस २० गते ।    म्याग्दीको मंगला गाउँपालिका ३ बरंजामा रहेको महेन्द्ररत्न माविको ६० औ वार्षिकोत्सव बिहीबार विभिन्न कार्यक्रमका साथ मनाइएको छ । विद्यालयका विद्यार्थी र अभिभावकहरुबीच खेलकुद प्रतियोगिता तथा समारोहको आयोजना गरेर दिवस मनाइएको हो । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मंगला गाउँपालिका ४ न्यूखोला घर भई हाल तातोपानी बस्नुहुने चन्द्रबहादुर सिञ्जालीले […]