थर्पुमा विद्युत सर्ट हुँदा एक घर जलेर नस्ट

साधन राम्जाी मगर/ विकल्प न्युज

बेनी   पौष २२ गते । म्याग्दीको मंगला गाउँपालिका –४ थर्पुको एक घरमा आगलागि हुँदा ठुलो भौतिक क्षती भएको छ । आइतबार दिउँसो विद्युत सर्ट हुँदा दुई थुर्प निवासी लाल बहादुर रोका मगरको पक्की दुईतले घर जलेर नस्ट भएको स्थानियलाई उद्धित गर्दै मंगला गाउँपालिकाका कृषि शाखा प्राविधिक जगत वानियाँले जानकारी दिनुभयो । दिउसो करिव दुई बजेदेखी आगलागि हुँदा घरमा भएको अन्नपात खाद्यान्न ,लत्ताकपडा ,कागगजात फर्निचर सामाग्री लगायत जलेर पुर्ण रुपमा नष्ट भएको छ। करिव १५ लाख बराबरको धनमाल जलेर नस्ट भएको प्राविधिक बानियाँले जानकार िदिनुभयो ।

दिउँसो दुई बजे अचानक विद्युत सर्टबाट लागेको आगा स्थानियको लामो प्रयासपछि मात्र चार बजे नियन्त्रणमा आएको थियो । आगलागिबाट मानविय क्षती भने नभएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोका मगरका स्वकिय सचिव सिजन रोका मगरले जानकारी दिनुभयो । आगलागि पिडित रोका मगर महेन्द्ररत्न आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत हुनुहुन्थ्यो । बजारदेखी टाढा भएकोले आगो नियन्त्रणमा   समस्या भएको हो   ।