मगर विद्यार्थी संघ म्याग्दी इकाई प्रकाश माविको अध्यक्षमा बुढाथोकी

साधन राम्जाली मगर/विकल्प न्युज
बेनी, आईतबार पौष २९ गते । नेपाल मगर विद्यार्थि संघ जिल्ला कार्य समिति म्याग्दी शाखाले विधालय स्तरिय इकाई संगठन बिस्तार सुरु गरेको छ । आइतबार सदरमुकाम बेनीमा रहेको प्रकाश माविमा इकाई समिति गठन गरि संगठन बिस्तारको कामलाई सुरु गरेको हो । आइतबार प्रकाश माविमा भएको इकाई शाखाको अध्यक्षमा सन्देश बुढाथोकी मगर निर्विरोध चयन हुनुभएको छ ।


अध्यक्ष बुढाथोकी मगर संगै उपाध्यक्षमा कबिन्द्र रोका मगर, सचिवमा सुनिता पुन मगर, सहसचिवमा गंगा गर्बुजा मगर र कोषाध्यक्षमा सपना राम्जाली मगर सहित १७ सदस्य कार्य समिति गठन गरिएको साविक धौलागिरि अञ्चल कार्यसमिति सदस्य सदस्य धन बहादुर रोका मगर (समिर)ले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर विद्यार्थि संघ केन्द्रीय कमिटी सदस्य गिता बुढा मगरले निर्वाचित नयाँ कार्यसमितिलाई बधाई दिंदै मगरहरुकोे लोपोन्मुख भाषा ,कला, संस्कृतीको खोज तथा अनुसन्धानमा विद्यार्थीहरु लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले मगर समुदायमा शैक्षिक संंख्या बृद्धि गर्न र क्षमता अभिबृद्धि गर्नमा बिद्यार्थीको महत्वपुर्ण भुमिका हुने उल्लेख गर्नुभयो । साथै सदस्य बुढा मगरले नेपालमा मगरको संख्याको बाहुल्यता भए पनि जनसंख्याको आधारमा राज्यको हरेक निकाय ,शासकिय र प्रशासनिक क्षेत्रमा न्युन हुनु चिन्ताजनक भएको बताउनुभयोे ।

नेपाल मगर विद्यार्थि संघ म्याग्दीका अध्यक्ष श्याम थापा मगरको अध्यक्षता ,अञ्चल सदस्य रोका मगरको सञ्चालन र स्ववियु सदस्य रश्मी रोेका मगरको स्वागत मन्तव्यमा कार्यक्रम समापन भएको थियो ।