मंगलाको बान्द्रेमा खेलमैदान निर्माण सुरु

विकल्प न्यूज/बेनी
माघ १० गते  म्याग्दीको मंगला गाउँपालिका–३ बान्द्रेमा युवाहरुको सक्रियतामा खेलमैदान निर्माण सुरु भएको छ । म्याग्दी नदीको किनारमा खेर गएको चौरलाई सम्माएर खेलमैदान निर्माण कार्य सुरु भएको स्थानीय युवा सन्तोष गिरीले जानकारी दिनुभयो । खाल्टाखुल्टी र अव्यवस्थित मैदानलाई डोजर लगाएर सम्माईएको उहाँले बताउनुभयो ।

खेलमैदान निर्माणको लागि मंगला गाउँपालिकाले रु ५० हजार बजेट उपलब्ध गराएको थियो । अन्य स्रोत जुटाउन स्वदेश तथा विदेशमा रहेका बान्द्रेबासीले चन्दा संकलन अभियान सञ्चालन गरेका छन् । अहिलेसम्म गाउँपालिकाले उपलब्ध गराएको बजेट र सहयोग रकमबाट रु १ लाख ३४ हजार संकलन भएको छ ।

फुटवल खेल खेल्न मिल्ने मैदान निर्माणको लागि केही दिनदेखि डोजरको प्रयोग गरि नदी किनारमा ठुला ढुंगा राखेर तटबन्द र मैदान सम्माउने काम भैरहेको छ । खेलमैदान निर्माणमा लक्षिण जुग्जाली, रविन केसी र मोहन जुग्जालीले रु ११ हजारको दरले सहयोग गर्नुभएको छ ।

त्यसैगरि सन्तोष गिरी, दिलिप किसान, फलेन्द्र खड्का र झलक खड्काले रु ५ हजार ५ र सयको दरले सहयोग गर्नुभएको छ भने भुपेन्द्र खड्काले रु ५ हजार सहयोग गर्नुभएको छ ।

दिलमायाँ किसानले रु ४ हजार, कर्ण गिरीले रु २ हजार ७ सय ५० सहयोग गर्नुभएको खेलमैदान निर्माण समितिले जनाएको छ । खेलमैदान निर्माणमा विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले समेत रु ११ हजार सहयोग उपलब्ध गराएको खेलमैदान निर्माण समितिका अध्यक्ष मोहन जुग्जालीले जानकारी दिनुभयो ।

अव्यवस्थित खेलमैदानमा खेल अभ्यास गर्दै आएका युवाहरु डोजर लगाएर मैदान सम्माएपछि उत्साहित बनेको निर्माण समितिका सचिब विनय खड्काले बताउनुभयो । उहाँले खेलमैदानको स्तरोन्नती र संरक्षणको लागि वडा कार्यालय हुँदै गाउँपालिकामा थप बजेट माग समेत गर्ने तयारी भएको बताउनुभयो ।