विकल्प न्यूज/बेनी
माघ १९ गते ।
म्याग्दीको मंगला गाउँपालिकाले स्थानीय तह स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । गाउँकार्यपालिकाको वैठकले बावियाचौर स्थित मंगला माविमा यहि माघ २५ देखि २७ गते सम्म प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने निर्णय भएको गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले जानकारी दिनुभयो ।
विद्यालय स्तरका खेल प्रतिभाको पहिचान गरि उनिहरुलाई जिल्ला, प्रदेश हँुदै राष्ट्रिय अन्तराष्ट्रिय स्तरसम्म अवसर दिलाउने उद्देश्यले खेलकुद मन्त्रालय र खेलकुद परिषद्सँगको समन्वयमा प्रतियोगिता सञ्चालन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो । युवा तथा खेलकुद मन्त्रालयको एकलाख रुपियाँ र वाँकी गाउँपालिकाले खर्च गर्ने उहाँले बताउनुभयो ।
खेलकुद सम्पन्न गर्नका लागि सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर १ का वडा अध्यक्ष डेकबहादुर राम्जालीको संयोजकत्वमा समिति गठन गरिएको गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले जानकारी दिनुभयो । पुरस्कार राशी निर्धारण गर्न वाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
प्रतियोेगितामा छात्र÷छात्रा भलिबल र एथलेटिक्स बिधाका १५ खेल सञ्चालन गरिने भएको छ । गाउँपालिकाकामा रहेका ७ सामुदायिक र एक संस्थागत गरी ८ वटा माध्यमिक विद्यालयले प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रतियोगितामा खेलकुद व्यवस्थापनका लागि गाउँपालिकाले मंगला खेलकुद विकास समितिलाई व्यवस्थापकीय जिम्मेवारी दिएको समितिका अध्यक्ष श्यामसुन्दर कँडेलले बताउनुभयो ।
यस अघि अन्नपूर्ण र धौलागिरि गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिसकेका छन् भने बेनी नगरपालिकाले शुक्रवार देखि सञ्चालन गरेको छ ।