म्याग्दीका उच्च भेगमा हिमपात,चिसोले जनजिवन कष्टकर

साधन राम्जाली/विकल्प न्यूज
पुस २३ गते । म्याग्दीका उच्च भेगमा सोमवार दिउसो सामान्य हिमपात भएको छ । गय रातीदेखी उच्च पहाडी भेगमा हिउँ परे संगै म्याग्दीमा चिसो बढ्न थालेको छ ।
अत्याधिक चिसको कारण धारा टंकी र पानी जमेर बरफ बनेपछि पिउने पानी र सरफाइका लागि पानीको अभाव हुने गरेको स्थानीयको भनाई छ । मौसममा आएको बदलीसंगै उच्च भेगमा हिउँ पर्न थालेको मालिका गाउँपालिका २ रुमका ताराबहादुर रोका मगरले जानकारी दिनुभयो ।


समुद्र सतहदेखी दुईहजार ८ सय मिटर उचाइमा रहेको घोडेपानी गुर्जा पर्यटकीय ढुरुलेक, सोलेडाँडा, तथा पश्चिम र उत्तरीका उच्च भेगमा उच्च बस्तीमा पनि हिउँ परेको छ । हिउँ परेसंगै जनजिवन र पशुचौपायलाई कष्टकर बन्दै गएको धौलागिरी गाउँपालिका १ गुर्जाका वडाध्यक्ष झक छन्त्यालले बताउनुभयो । गयराती देखी परेको हिउ साढे एक फिट जमेको उहाँले बताउनुभयो ।