ताजा समाचार:
Search

अन्नपुर्ण गाउँपालिका

शिखको गिवाङमा हार्तुखोला खानेपानी योजना निर्माण

सन्तोष गौतम/विकल्प न्यूज बेनी २९ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ५ शिखको गिवाङमा हार्तुखोला खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । २६ लाख ६५ हजार ५८६ रुपैयाको लागतमा निर्माण भएको आयोजनाबाट भौगोलिक रुपमा बिकट, दुर्गम र छरीएको बस्ती रहेको गिवाङका १४ घरपरिवार लाभान्वित भएका छन् । सबै उपभोक्ताको घरमा निजी धारा जडान गरिनुका साथै […]

अन्नपूर्ण आधार शिवीर जाने पदमार्गमा झोलुङ्गे पुल निर्माण

विकल्प न्यूज/बेनी मंसिर २८ गते । अन्नपूर्ण आधारशिविरको फाइल तस्विर म्याग्दीको नारच्याङ देखि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिवीर जोड्ने पदमार्गमा पूर्वाधार निर्माणले तिब्रता पाएको छ । अन्नपूर्ण गाउँपालिका ४ मा पर्ने आधार शिवीर जोड्ने छोटो उक्त पदमार्गलाई व्यवस्थित बनाउन स्थानीय बासिन्दा र सरोकारवालाले सक्रियता देखाएका छन् । पदमार्गको स्तरवृद्धि, अस्थाई […]

गाउँ पुगेका विजयी उम्मेदवारले भने ः शिर उचाे हुनेगरी काम गर्दछौं

सन्तोष गौतम \ विकल्प न्युज बेनी २७ मंसिर । हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा म्याग्दीमा बिजयी भएका नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनका सांसदहरुले बुधबार अन्नपूर्ण गाउँपालीकाको विभिन्न ठाउँका मतदातालाई गाउँमै पुगेर धन्यवाद दिनुभएको छ । प्रतिनिधिसभा सदस्य एमालेका बैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्र थापा र माओवादी केन्द्रका प्रदेशसभा सदस्य बिनोद केसीको टोलीले रघुगंगा […]

मतदातालाई धन्यवाद दिन म्याग्दी र मुस्ताङका बिजयी उम्मेदवार गाउँ पसे

सन्तोष गौतम /विकल्प न्यूज बेनी २६ मंसिर । प्रतिनिधि र प्रदेशसभा चुनावमा बिजयी भएका म्याग्दी र मुस्ताङका उमेद्वारहरु मतदातालाई धन्यवाद दिन गाउँ पसेका छन् । मंसिर १० गते भएको मतदान र हालै गरिएको मतपरिणाम अनुसार प्रतिनिधिसभामा एकएक र प्रदेशसभामा दुईदुई वटा निर्वाचन क्षेत्र रहेको म्याग्दी र मुस्ताङका सबै क्षेत्रमा नेकपा एमाले र माओवादी केन्द्रको बाम […]

म्याग्दीका स्थानीय तहमा बैङ्कीङ पहुँच विस्तार

सन्तोष गौतम/ विकल्प म्याग्दी १९ मंसिर । नयाँ संघिय संरचना अनुसार स्थापना भएका म्याग्दीका स्थानीय तहमा बैङ्कीङ पहुँच विस्तार हुन थालेको छ । म्याग्दीमा स्थापना भएका स्थानीय तहका केन्द्रहरुमा विभिन्न बैङ्क तथा वित्तिय संस्थाले शाखा विस्तार गर्न थालेका हुन् । स्थानीय तह मार्फत सञ्चालन हुने विकास आयोजनाका उपभोक्ता समिति, व्यापारी, शिक्षक कर्मचारी र सर्वसाधारणलाई बैङ्कीङ […]

म्याग्दीका झरनाहरू अाेझेलमा

विकल्प न्युज । बेनी मंसिर १८ गते । पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेका म्याग्दीका विभिन्न ठाउँमा रहेका मनमोहक झरनाहरु ओझेलमा परेका छन् । अन्नपूर्ण पदमार्ग, मुस्ताङ प्रवेशद्धार, ढोरपाटन शिकार आरक्ष, धौलागिरी र अन्नपूर्ण हिमाल अवस्थित म्याग्दीको पर्यटन विकासका लागि महत्वपूर्ण सम्भावना बोकेका झरनाहरु सरोकारवालको बेवास्ता, संरक्षण, पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेका हुन् । कालीगण्डकी, […]

करबाकेलीमा सामुदायीक होटल

विकल्प न्युज । मंसिर १८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ८ मा पर्ने धार्मीक पर्यटकीय स्थल करबाकेलीमा सामुदायीक होटल सञ्चालन भएको छ । करबाकेली बाबा संरक्षण समितिले भ्रमणमा आउने पर्यटक तथा भक्तजनको सुबिधाका लागि सामुदायीक होटल सञ्चालन गरेको हो । सुबिधासम्पन्न होटल सञ्चालन गरिएको समितिका सचिव रवी गर्बुजा पुनले बताउनुभयो । नौ वटा कोठा रहेको […]

दाना काँग्रेसमा पहिरो गयो, वाम गठबन्धनमा प्रवेशको लहर

विकल्प न्यूज/बेनी मंसिर १ गते । नेपालका प्रमुख दुई राजनीतिक दल नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्ने घोषणा सहित तालमेल गरेर आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा होमीएपछि म्याग्दीको उत्तरी क्षेत्रमा बाम गठबन्धन प्रवेशको लहर चलेको छ । अन्नपूर्ण गाउँपालिका ३ दानाका नेपाली काँग्रेसका सक्रिय कार्यकर्ताहरु शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली […]

दोवा र भुरुङको सिमा बिवाद समाधान

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी २० कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाका दुई वटा वडाका बासिन्दाहरुबीचको वनको सिमा बिवाद समाधान भएको छ । अन्नपूर्ण गाउँपालीका १ दोवा र २ भुरुङ तातोपानीका बासिन्दाहरुबीच दुवै वडाको सिमा क्षेत्रमा पर्ने वन र चरन क्षेत्रको उपभोगका बिषयमा बिवाद रहदै आएको थियो । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी र जिल्ला […]

चर्चामा म्याग्दीको प्रदेश १ ः झिनो मतले वाम गठबन्धन अघि

विकल्प न्यूज/बेनी कार्तिक १५ गते । पञ्चायतकालमा एकपटक सहायक,दुई पटक राज्यमन्त्री र पहिलो जिल्ला सभापति लोकतान्त्रीक गठबन्धनबाट उम्मेदवार बन्नुभएका राप्रपाका भिमप्रसाद गौचन र वाम गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रका युवा नेता बिनोद केसीको विच म्याग्दीको प्रदेशसभा क्षेत्र नम्बर १ क लाई धेरैले चासोका साथ हेरिएको छ । यो क्षेत्रमा पाका पुस्ता र युवापुस्ता विचको चुनावी भिडन्त […]

राम्चेको महरेडाँडा पर्यटकीय गन्तव्य बन्दै

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज कार्तिक १३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा पर्ने महरेडाँडा पर्यटकको रोजाईमा पर्न थालेको छ । समुद्री सतह देखि तिनहजार तिनसय मिटरको उचाईमा रहेको महरेडाँडाबाट सूर्योदय, हिमश्रृङ्खला र पहाडी भूगोलको रमाइला दृश्य अवलोकनका लागि आकर्षक गन्तव्य बन्दै गएको हो । पर्यटकीय गन्तव्यका रुपमा विकास हुनथालेपछि यहाँ आन्तरिक एवम् वाह्ै पर्यटकको […]

लोकतान्त्रिक गठबन्धनको काफलडाँडा र राम्चेमा चुनावी आमसभा

राकेश शर्मा /बेनी म्याग्दी, १० कात्तिक । लोकतान्त्रिक गठबन्धनले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडामा चुनावी आमसभा सम्पन्न गरेको छ । काग्रेस नेतृत्वको गठबन्धनले जिल्लामा चुनावी आम सभालाई तिब्र बनाएको छ । दुबै निर्वाचन क्षेत्रमा सुरु भएको अभियान अन्र्तगत अन्नपूर्ण गाउँपालिका काफलडाँडामा कर्वाकेली संरक्षण समितीका सचिव रबि गर्बुजाको स्वागत, र नेपाली काँग्रस काफलडाँडाका निर्वतमान एकाई सभापति कर्ण […]

दाना र नारच्याङमा वाम गठबन्धनको संयुक्त चुनाव प्रचार समिती गठन

विकल्प न्यूज/बेनी कार्तिक १० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना र ४ नारच्याङमा आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर एमाले र माओवादी केन्द्रको संयुक्त चुनाव प्रचार समिति गठन भएको छ । दानामा जितबहादुर पुर्जाको संयोजकत्वमा १५१ सदस्यीय र नारच्याङमा रोम बुद्धुजाको संयोजकत्वमा १५३ सदस्यीय संयुक्त चुनाव प्रचार समिति गठन भएको हो । समितिमा […]

लोकतान्त्रिक गठबन्धनको दानामा चुनाबी आमसभा

लोकतान्त्रिक गठबन्धनको दानामा चुनाबी आमसभा विकल्प न्युज । बेनी कार्तिक ७ गते । काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले म्याग्दीमा मँगलबारदेखि चुनाबी अभियान सुरु गरेका छन् । दुबै निर्वाचन क्षेत्रमा सुरु भएको अभियान अन्र्तगत दानामा वडास्तरीय आमसभा सम्पन्न भएको छ । नेपाली काँग्रेस दाना गाउँ कार्य समितिका सभापति बेलबहादुर पुर्जाको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान सांसद […]

पुनहिलमा दैनिक पाँचसय पर्यटक (फोटोफिचर)

विकल्प न्यूज/बेनी कार्तिक ६ गते । म्याग्दीको प्रसिद्ध पर्यटकीय क्षेत्र घोडेपानीको पुनहिलमा पर्यटकको ओइरो लागेको छ । सरद ऋतुको आगमन सँगै यहाँको भ्रमणमा आउने पर्यटकको संख्यामा वृद्धि भएको हो । आन्तरिक र वाह्ै गरि दैनिक करिव पाँचसय पर्यटकहरुले घोडेपानी र पुनहिलको भ्रमण गर्ने गरेको व्यवसायीहरु बताउँछन् ।   दशैं तिहार विदाका समयमा चक्रिय अन्नपूर्ण पदमार्गमा पर्ने […]