पोखरेबगरमा निशूल्क आयुर्वेद स्वास्थ्य शिवीर सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज
पोखरेबगर १७ चैत । sibir (3)अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शनिबार निशूल्क आयुर्वेद स्वास्थ्य शिवीर सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बेनी र अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सम्पन्न शिवीरमा दुई सय जनाले सेवा लिएका छन् । पोखरेबगर, ठूलोबगर, भुरुङ्ग तातोपानी, शिख, घार, पाउद्धार, हिस्तान, तिप्ल्याङ, दाना, नाच्याङ र दोवाका सर्वसाधारणले सेवा लिएका अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्युत दाहालले जानकारी दिनुभयो ।

ग्यास्ट्रिक, पायल्स, पिनास, दम, बाथ, स्वासकास, बिबन्द रोग संग सम्बन्धित बिरामीहरुको स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी वितरणको सुबिधा दिइएको थियो । सुत्केरी महिलाका लागि शक्तिव्रद्र्धक औषधि समेत वितरण गरिएको थियो ।

केन्द्रका प्रमुख रमेश शर्मा भुषाल, कबिराज निरिक्षकहरु चन्द्रप्रसाद आचार्य, लक्ष्मण शर्मा चालीसे, सुर्यमणी शाह, गंगादेवी शर्मा लगायतले सेवा दिनुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत दाहालको अध्यक्षता र चन्द्रप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न शिवीरको गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक तथा २ नम्बर वडाका अध्यक्ष ओमप्रसाद फगामीले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बेनी नगरपालिकाका लेखा अधिकृत युक्तप्रसाद शर्माले स्वागत र केन्द्रका प्रमुख भुषालले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराउनुभएको थियो । ग्रामिण क्षेत्रका सर्वसाधारणले स्थानीय स्तरमै आयुर्वेद सेवा उपलब्ध गराउने उद्देश्यले शिवीरको आयोजना गरिएको केन्द्रले जनाएको छ ।