अन्नपुर्ण गाउँपालिका

खुल्यो करबाकेली पदमार्ग

सुरेन्द्र राना/म्याग्दी बैशाख १३ गते ।     संसारमै प्रख्यात अन्नपूर्ण क्षेत्रमा पर्ने म्याग्दीको पुनहिलमा बर्सेनी हजारौं पर्यटक पुग्छन् । त्यसको बेस क्याम्प घोडेपानीमा राम्रो चहलपहल हुन्छ । तर त्यही पुनहिलको दक्षिणी बेस क्याम्प फूलबारीमा भने कमै पर्यटक पुग्छन् । त्यसैले फूलबारी सहित समग्र करबाकेली क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन भर्खरै नयाँ पदमार्ग करबाकेली पदमार्ग एक्सप्लोर […]

अन्नपूर्ण गाउँपालिकाको हिस्तान राम्चे सडक स्तारोन्नती तथा मर्मतको काम गरिँदै

अन्नपूर्ण गाउँपालिकाको हिस्तान राम्चे सडक स्तारोन्नती तथा मर्मतको काम गरिँदै । तस्विर नवविकल्प

आफ्नै पालिकामा पुग्न ईन्डिया गए जस्तो भयो– राम्चेबासी

विकल्प न्यूज/बेनी बैशाख ११ गते । अन्नपूर्ण गाउँपालिका ८ राम्चेका बासिन्दाहरु गाउँपालिकाको केन्द्रमा पुगेर सेवा लिनका लागि कम्तीमा तिन दिन समय बिताउनुपर्ने बाध्यता छ । यातायात र सडकको सहज सुबिधा नहुँदा ६ नम्बर वडामा पर्ने पोखरेबगरमा रहेको गाउँपालिको कार्यालयमा पुगेर सेवा लिन स्थानीयबासीलाई सास्ती भएको हो । पर्वतको जलजला देखि सदरमुकाम बेनी झरेर पुन रघुगंगा […]

घार स्वास्थ्य चौकीको भवन निर्माण कार्य तिब्र

विकल्प न्यूज/बेनी बैशाख ११ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा स्वास्थ्य चौकीको सुबिधासम्पन्न भवन निर्माण कार्य तिब्र रुपमा अघि बढेको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेक्का मार्फत गत माघ महिनादेखि भवन निर्माण कार्य सुरु गरेको थियो । ठेक्का सम्झौता गरेको आचार्य उत्तरगंगा निर्माण सेवाले काम सुरु गरेको करिब तिन […]

बिकट राम्चेभित्र सम्भावना लुकेको छ

विकल्प न्यूज/बेनी बैशाख १० गते । राम्चेमा दोस्रो कार्यकालको लागि जनप्रतिनिधिको हैसीयतमा काम गर्दैछु । यसअघि वि.स २०५४ मा तत्कालीन राम्चे गाविसको उपाध्यक्षमा निर्वाचित भएर काम गरेको थिएँ । भुगोल एउटै भएपनि त्यसबेलाको गाविस र अहिलेको वडाको काम, कर्तब्य र अधिकारमा आकाश जमिनको फरक छ । नयाँ संरचना भएकाले एक वर्षको अवधि ऐन, कानुन, बिधी, […]

यसरी पुग्न सकिन्छ अन्नपूर्ण आधार शिवीर

विकल्प न्यूज/बेनी बैशाख १० गते । नारच्याङ देखि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आधार शिवीर जोड्ने नयाँ पदमार्ग सञ्चालन भएको छ । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङदेखि पहिलो पटक हिमाल आरोहण र पदयात्रीको टोली गत शुक्रबार आधार शिवीर पुगेका हुन् । बुधबार नारच्याङबाट आधारशिवीरतर्फ प्रस्थान गरेको पर्यटकहरुको टोली तिन दिनमा आधार शिवीर पुगेको दानाका […]

अन्नपूर्ण गाउँपालिकामा मेलालाई व्यवस्थित बनाउन पहल

सन्तोष गौतम/ विकल्प न्युुज राम्चे ४ बैशाख ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा मंगलबार सार्वजनीक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका र वडा कार्यालयद्धारा चालु आर्थिक वर्षमा सञ्चालीत योजना तथा कार्यक्रमको कार्यान्वय, सार्वजनिक सेवा प्रवाहको अवस्था, नागरीकको गुनासो, सुझाव संकलन गर्ने उद्देश्यले वडा कार्याललयको आयोजनामा सुनवाई सम्पन्न भएको हो । कार्यक्रममा सहभागि […]

फलातेको सारदा आधारभुत विद्यालयमा बालमैत्री पूर्वाधार निर्माण

सुरेन गुरु / विकल्प न्यूज शिख २ बैशाख । अन्नपूर्ण गाउँपालिका ५ फलातेको सारदा आधारभुत विद्यालयमा समुदायको पहलमा बालमैत्री पूर्वाधार निर्माण भएको छ । स्थानीयबासी, प्रवासी, पोखरा, काठमाडौमा बसोबास गर्ने फलातेबासी र बिदेशी नागरीकको सहयोगमा पच्चिस लाख रुपैया भन्दा बढीको लगानीमा बालमैत्री पूर्वाधार निर्माण भएको हो । २५ लाख ३० हजार १११ रुपैयाको लागतमा पूर्व […]

लालीगुराँसको संरक्षण गरेर पर्यटन प्रवद्र्धन

सन्तोष गौतम /विकल्प न्यूज चैत २८ गते । पर्यटक आकर्षीत गर्न म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको गुरासँको जंगल संरक्षणमा स्थानीयबासी अग्रसर भएका छन् । बसन्त ऋतुमा पाखाभरी ढकमक्क फुल्ने लालीगुराँस पर्यटक भित्र्याउने माध्यम बनेको छ । अन्नपूर्ण गाउँपालिकाको ५, ६, ७ र ८ नम्बर वडामा फैलीएको राष्ट्रिय फुल लालीगुराँसको जंगल संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई […]

औषधि बोकेर उड्यो ड्रोन…

घनश्याम खड्का /बेनी चैत २७ गते ।  अन्नपूर्ण गाउँपालिका–८ नागीस्थित हिमाञ्चल विद्यालयको चौरबाट आइतबार उडेको ड्रोन पारिको राम्चे गाउँ पुग्यो । करिब डेढ किलोमिटर लामो यात्रा गरेको यो ड्रोन रित्तो थिएन । यसको पिठ्युँमा थियो– एक किलो औषधिको बाकस । राम्चेको हेल्थपोस्टमा जमिनदेखि करिब १५ मिटर उचाइबाट औषधि खसालेर ड्रोन पुन: नागी फर्कियो । आठवटा पंखा जोडिएको यो अप्टोकप्टरको समुद्री […]

भुरुङमा मध्य कालीगण्डकीको सार्वजनिक सुनुवाई

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी २६ चैत । हाईड्रो सपोर्ट प्रा.ली काठमाडौले कालीगण्डकी नदीमा आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन कार्यलाई अन्तिम चरणमा पु¥याएको छ । वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन तयार पार्नका लागि आयोजनाले सोमबार अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीमा सार्वजनिक सुनुवाई गरेको छ । अन्नपूर्ण गाउँपालिका ३ सुकेबगरमा बाँध रहने आयोजनाको विद्युतगृह सोही पालिकाको […]

राम्चे स्वास्थ्य चौकीको भवन निर्माणमा

ढिलाई विकल्प न्यूज/बेनी चैत २२ गते । अठार महिनामा सकिनुपर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा रहेको स्वास्थ्य चौकीको भवन निर्माण कार्य चार वर्षमा समेत पुरा भएको छैन् । भवन निर्माणमा ढिलाई हुँदा सेवा प्रभावित भएको छ । वडा कार्यालयको दुई वटा कोठाबाट स्वास्थ्य चौकीले सेवा प्रवाह गर्दै आएको छ । स्वास्थ्य चौकीका प्रमुख चाँदनी घलेले […]

घारमा खानेपानीका मुहानको अवस्था अध्ययन

सन्तोष गौतम/विकल्प न्यूज घार १९ चैत । अन्नपूर्ण गाउँपालिका ६ घारमा रहेका खानेपानीको मुहानहरुको अवस्था अध्ययन गरिएको छ । निर्माणाधिन घारखोला जलविद्युत आयोजना प्रभावित क्षेत्रमा रहेका खानेपानीका मुहानहरुको आईतबार आयोजनाका प्राबिधिक, जनप्रतिनिधी र सरोकार समितिका प्रतिनिधिहरुले स्थलगत अध्ययन गरेका हुन् । घारमा खानेपानी आपुर्ती गरिदै आएका छ वटा मुहानमा पानीको स्रोतको अवस्था अध्ययन गरीएको वडा […]

पोखरेबगरमा निशूल्क आयुर्वेद स्वास्थ्य शिवीर सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज पोखरेबगर १७ चैत । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शनिबार निशूल्क आयुर्वेद स्वास्थ्य शिवीर सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बेनी र अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सम्पन्न शिवीरमा दुई सय जनाले सेवा लिएका छन् । पोखरेबगर, ठूलोबगर, भुरुङ्ग तातोपानी, शिख, घार, पाउद्धार, हिस्तान, तिप्ल्याङ, दाना, नाच्याङ र दोवाका सर्वसाधारणले सेवा लिएका अन्नपूर्ण […]

बेनी–जोमसोम सडकमा सवारी रोकेर स्तारोन्नतीको काम गरिने

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १५ चैत । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडक स्तरोन्नतीका लागि म्याग्दी खण्डमा शुक्रबारदेखि दैनिक आठ घण्टा सवारी रोकीने भएको छ । भारत र चिन जोड्ने राष्ट्रिय गौरबको कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडक आयोजनाले स्तारोन्नतीको कामलाई तिब्रता दिन ७६ किलोमिटर दुरीको बेनी जोमसोम सडकमा सवारी […]