भुरुङ तातोपानीका बाढी पीडितलाई जापानबाट आर्थिक सहयोग

सन्तोष गौतम/विकल्प न्यूज
पोखरेबगर २९ जेठ ।

DSC_1205फाइल तस्विर 

अन्नपूर्ण गाउँपालिका २ भुरुङ्गतातोपानीका बाढीबाट पिडितका लागि जापानबाट आर्थिक सहयोग प्राप्त भएको छ । हाल जापानमा रहनुभएका भुरुङ तातोपानीका सन्तोष थापामगरको पहलमा जापानको तोचीगी स्थित लाफा क्लबले एक लाख ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । कल्वका कोषाध्यक्ष समेत रहनुभएका थापाले गाउँपालीकाका अध्यक्ष डमबहादुर पुन र वडा अध्यक्ष ओमप्रकाश फगामीको नाममा गरिमा विकास बैंकको पोखरेबगर शाखामा खोलीएको खातामा उक्त रकम जम्मा गर्नुभएको छ ।

बैशाख २९ गतेको भुरुङ तातोपानीका पीडित र सम्भावीत विपद्को व्यवस्थापन तथा राहतका लागि सहयोग जुटाउन सुरु गरिएको अभियानमा हालसम्म दुई लाख रुपैयाँ भन्दा बढी सहयोग जुटेको छ । अन्नपूर्ण गाउँपालीका ३ दानामा रहेको नेपाल रेडक्रस सोसाईटीको उपशाखाले वडा अध्यक्ष नरसिङ पुर्जा मार्फत २० हजार १५५ रुपैयाँ उपलब्ध गराएको छ ।
बाढीले ४ घर पूर्ण र १३ घरमा आंशिक गरि करिब एक करोड रुपैयाँको क्षति गरेको थियो । जलउत्पन्न प्रकोप ब्यवस्थापन कार्यालय बागलुङले उपलब्ध गराएको तारजालीमा ग्यावीयन पर्खाल बनाएर बाढी पहिरो नियन्त्रणको काम सुरु गर्ने तयारी भएको वडा अध्यक्ष फगामीले बताउनुभयो ।