म्याग्दी समाचार

स्वतन्त्र,निष्पक्ष र व्यावसायीक पत्रकारितामा जोड

ठाकुरप्रसाद आचार्य/बेनी बैशाख २२ गते । पत्रकारहरुले पेसागत मर्यादालाई ख्याल गर्दै स्वतन्त्र,निष्पक्ष र व्यावसायिक पत्रकारितालाई अगाडी बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । शुक्रबार बेनीमा भएको नेपाल प्रेस युनियन म्याग्दी शाखाको आठौं साधारणसभा तथा छैठौं अधिवेशनमा बोल्ने वक्ताहरुले संचार माध्यम र पत्रकारहरुले व्यवसायिक मर्यादालाई ख्याल गर्दै इमान्दार भएर कलम चलाउनुपर्नेमा जोड दिएका हुन । अधिवेशनमा प्रतिनिधिसभाका […]

जलजलमा वडास्तरीय सामाजिक परिचालन सम्बन्धी अभिमूखिकरण सम्पन्न

विकल्प न्यूज/जलजला बैशाख २१ गते । पर्वतको जलजला गाउँपालिकामा वडास्तरीय सामाजिक परिचालन सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । जलजला गाउँपालिकाको आयोजनामा रुपान्तरणीय सामाजिक परिचालनद्धारा वडा विकास कार्यक्रम सञ्चालन तथा व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण गोष्ठी पालिकाका सवै वडामा सम्पन्न गरिएको हो । समुह मार्फत साझेदारी कोष कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वनयका लागि रुपान्तरणीय सामाजिक परिचालनका […]

प्रतिष्ठान म्याग्दीको आयोजनामा अन्तरमावि लोकगीत प्रतियोगिता हुने

विकल्प न्यूज/बेनी बैशाख २१ गते । रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल म्याग्दीको आयोजनामा आगामी जेठ १५ गते अन्तरमावि एकल लोक गित प्रतियोगिता एवम् विविध साँस्कृतिक कार्यक्रम हुने भएको छ। गणतन्त्र दिवसको अवसरमा लोक गित क्षेत्रमा लुकेर रहेका प्रतिभा हरुलाई उजागर गर्ने उद्देश्यले जिल्लास्तरीय अन्तरमावि एकल लोकगीत प्रतियोगिता कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष ध्रुव […]

सांसद जुग्जालीद्धारा विभिन्न मन्त्रालयमा भेटघाट र योजना पेश

विकल्प न्यूज/बेनी २० वैशाख । गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली (सुविन)ले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम, बजेट र योजनाका विषयमा विभिन्न मन्त्रालयमा भेटघाट र योजना पेश गर्नुभएको छ । म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित गण्डकी प्रदेशका पुर्व मन्त्री र नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक समेत रहेका जुग्जालीले प्रधानमन्त्री कार्यालय, उर्जा जलस्रोत […]

मंगला शिक्षा क्याम्पसको निर्मित दुई भवन उद्घाटन

विकल्प न्यूज/बेनी बैशाख २० गते । म्याग्दीको मंगला गाउँपालिका–२,बाबियाचौरस्थित लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा निर्मित दुई वटा भवनको उद्घाटन भएको छ । मंगलबार एक समारोहका बिच विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.देवराज अधिकारी र मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गर्नुभएको छ । विश्व विद्यालय अनुदान आयोगको भौतिक अनुदानतर्फबाट ९५ लाख ९६ हजार ४४३, मंगला गाउँपालिका […]

म्याग्दीको गुर्जालाई पूर्ण खोप सुनिश्चिता घोषणा

विकल्प न्यूज/बेनी बैशाख २० गते । म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर १ गुर्जालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । गुर्जालाई घोषणा गरिएसँगै पालिका नै पूर्ण पूर्णखोप सुनिश्चिता भएको छ । १६ देखि २३ महिना सम्मका सबै बालबालिकाहरुलाई जन्मदेखि १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सबै खोपहरु लगाएको भेटिएपछि गाउँपालिकाका सबै वडाहरुलाई पूर्ण खोप सुनिश्चितता तथा […]

भुरुङमा भूमे थानको उद्घाटन

विकल्प न्यूज/बेनी बैशाख २० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ भुरुङतातोपानीमा भूमे थानको उद्घाटन गरिएको छ । प्रकृतिलाई खुशी बनाउने भूमे पुजाको अवसरमा गाउँहरुले मिलेर पुनर्निर्माण गरिएको थानको उद्घाटन गरिएको हो । स्वदेश तथा विदेशमा रहेका भुरुङबासीको सक्रियतामा गाउँको शिरमा रहेको थानको पुर्वाधार निर्माण गरिएको थियो । अन्नपूर्ण गाउँपालिका अध्यक्ष भरत पुनका प्रमुख आतिथ्यतामा भूमे […]

गुर्जामा छन्त्याल संस्कृति संरक्षणको लागि भेषभूषा सामग्री सहयोग

विकल्प न्यूज/बेनी बैशाख १९ गते ।  म्याग्दीको सबैभन्दा दुर्गम बस्ती धवलागिरि गाउँपालिका–१ गुर्जामा छन्त्याल संस्कृति संरक्षणका लागि मौलिक भेषभुषा सहयोग गरिएको छ । गुर्जामा रहेका छन्त्याल समुदायको मौलिक संस्कृति पुख्र्यौली नाचको संरक्षण र संवद्र्धनमा टेवा पु¥याउन सामाजिक विकास कार्यालयले उक्त सामाग्री सहयोग गरेको हो । सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा मिलन म्याग्दीले आयोजना गरेको कार्यक्रममा […]

एकै परिवारका चार दिदीबहिनी सरकारी सेवामा

बेनी, १९ वैशाख ।  अन्नपूर्ण गाउँपालिका–८ राम्चेको रच्चान टोलमा थोरै घरहरु छन् । मुलगाउँदेखि केहि तलको यसै टोलमा ओमबहादुर पुर्जाको परिवारको पनि बसोबास रहेको छ । आफ्नो जीवनको अधिकाँश समय गोठ बसेर घरखर्च जुटाउनुभएका पुर्जाका चार छोरी र एक छोरा छन् । ओमबहादुर र उहाँकी जीवनसाथि राममायाँले गोठमा गाईभैँसी पालेर छोराछोरीको पढाइलेखाई गराउनुभएको थियो । […]

गण्डकीको नयाँ मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

पोखरा । गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्ति गरेका हुन् । नेता पाण्डेलाई नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ३५ सांसदको समर्थन छ ।

धौलागिरि आरोहणका लागि ३५ जनाले लिए अनुमति

ठाकुरप्रसाद आचार्य/म्याग्दी बैशाख १४ गते । संसारको सातौं अग्लो धौलागिरि हिमाल आरोहणका लागि वसन्तकालिन सिजनमा ३५ जनाले अनुमति लिएका छन् । अनुमति लिएकाहरु यतिखेर आधारशिविरमा पुगिसकेका छन् । उनीहरु अनुकुल मौसमको प्रतिक्षामा आधारशिविरमै रोकिएका छन् । म्याग्दीको धौलागिरि गाउँपालिका ४ मुदीमा अवस्थित ८ हजार एकसय ६७ मिटर अग्लो धौलागिरि आरोहणका लागि यस सिजनमा २४ पुरुष […]

पर्वतका ३१ कांग्रेसले पार्टी छाडे: रास्वपा प्रवेशकाे तयारी

पर्वत । नेपाली कांग्रेसका  पर्वतका प्रभावशाली युवा नेता मिलन सुवेदीले कांग्रेसको साधारण सदस्य समेत परित्याग गरेको घोषणा गरेका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा जिल्ला सभापतिको प्रत्याशी रहेका सुवेदी पर्वतमा गगन थापा समूहका नेता मानिन्छन् । सुवेदीसहित ३१ जना जिल्लास्तरीय नेता कार्यकर्ताहरुले कांग्रेस परित्याग गरी स्वतन्त्र रहेको घोषणा गरेका हुन् । सुवेदी जिल्ला अधिवेशनमा गगन […]

चौँरीको आलो रगत पिउने मेलामा सर्वसाधारणहरुको भीड

ठाकुरप्रसाद आचार्य/बेनी बैशाख १३ गते । हिमाली क्षेत्रमा पाइने जडीबुटी खाएका चौँरी गाईको आलो रगत खाएमा रोगहरु निको हुने विश्वासले मुस्ताङको बोक्सी खोलाको सिन्जे भन्ने स्थानमा चौँरीको आलो रगत पिउने मेला लागेको छ । चौँरी पालक कृषकहरुको संस्था हिमालयन चौंरी पालक तथा संरक्षण समितिले मेलाको आयोजना गरेको हो । थासाङ गाउँपालिका–२ बोक्सी खोलामा लागेको मेलामा […]

धौलागिरि हिमालमा बेपत्ता भरियाको शव फेला

वैशाख १२ गते ।   धौलागिरि हिमालको आधार शिविरमा आरोहीको सामान पुर्‍याएर फर्किने क्रममा बेपत्ता हुनुभएका अमृत राईको शव फेला परेको छ । म्याग्दीस्थित धौलागिरि बेसक्यापको स्विस क्याम्पमाथि झन्डै ५ हजार मिटर उचाइको जापानी बेसक्याम्प नजिक ट्रेकिङ भरिया राईको शव भेटिएको हो । आधार शिविरबाट फर्कने क्रममा शुक्रबार साँझ बेपत्ता भएका तीन जना मध्ये दुई […]

कालीगण्डकी र शालिग्राम बचाउन बागलुङमा महोत्सव

विकल्प न्यूज/बागलुङ बैशाख ११ गते । दोहनबाट कालीगण्डकी र शालिग्राम बचाउन महोत्सव गरिएको छ । सोमबारदेखि बागलुङमा महोत्सव सुरु भएको हो । विश्वमै शालिग्राम पाइने एकमात्र नदी भएकाले कालीगण्डकी बचाउनुपर्ने सरोकारवालाको माग छ । कालीगण्डकीको रोदनलाई लोकगीत, भजन र काव्यमार्फत उजागर गर्ने र संरक्षणका लागि आवाज उठाउन महोत्सव गरिएको हो । नदीको पूजा गरेर कलस यात्रासहित […]