म्याग्दी समाचार

मालीकाले २७.४ प्रतिशत बजेट खर्च ग¥यो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २३ माघ । म्याग्दीको मालीका गाउँपालिकाले चालु आर्थिक वर्ष २०७४७५ को छ महिनाको अवधिमा २७.४ प्रतिशत बजेट खर्च गरेको छ । २८ करोड ५७ लाख ६८ हजार रुपैयाँ कुल वार्षिक बजेट बिनियोजन गरेको मालीकाले साउन देखि पुष महिनासम्म पाँच करोड ८७ लाख ७० हजार ५९८ रुपैयाँ खर्च गरेको हो । लेखापाल […]

भगवतीका कृषकले एउटै बोटमा फलाए साढे चौध किलोको काउली

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २३ माघ । कार्कीले व्यवसायिक तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले उत्पादन गरेको तरकारी भगवतीमै खपत हुने गरेको छ । उहाँले मिहेनत र पौरख गर्न सकेमा कृषि पेशामा राम्रो सम्भावना भएको सन्देश प्रवाह गराउन सफल भएको वडा अध्यक्ष रिम कटुवालले बताउनुभयो । भगवतीका कृषकहरुलाई समेटेर व्यवसायिक बनाउन र उत्पादनको बजारीकरणका […]

भकिम्लीमा स्थानीयबासीको पहलमा सडक निर्माण

सन्तोष गौतम/विकल्प न्यूज बेनी २३ माघ । बेनी नगरपालिका ३ भकिम्लीमा स्थानीयबासीको पहलमा सडक निर्माण भएको छ । भकिम्लीको ज्यामीरे टोलका बासिन्दाले सुन्तला ढुवानी गर्नका लागि पानीस्वाँरा देखि भुमेथान हुदै गाउँ जोड्ने सडक निर्माण गरेका हुन् । बेनी नगरपालीका, वडा कार्यालय र स्थानीयबासीको दुई लाख पचास हजार रुपैया लगानीमा नौ सय मिटर सडक निर्माण भएको […]

म्याग्दी क्याम्पसमा नवराज पराजुलीको कबिता कन्सर्ट हुने

सन्तोष गौतम/विकल्प न्यूज बेनी २३ माघ । बेनपा ८ मा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा बिहीबार कबि नवराज पराजुलीको कबिता कन्सर्ट हुने भएको छ । क्याम्पसमा मंगलबार पत्रकार भेटघाट गरेर कन्र्सट आयोजना गरिएको जानकारी दिइयो । कन्र्सटमा कबि पराजुलीले बाजा सहित लयवद्ध रुपमा कबिता बाचन गर्नुहुने सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार […]

म्याग्दीमा ठगी गिरोहबाट यसरी ठगीए सर्वसाधारणहरु

सन्तोष गौतम/विकल्प न्यूज माघ २३ गते । ठगहरुको एउटा गिरोहले म्याग्दीका चार दर्जन भन्दा बढी व्यक्तिहरुलाई सित्तैमा घडेरी दिएर करोडौ ऋणमा डुबाएका छन् । सर्वसाधारण नागरिकलाई आफ्नो नामको जग्गा दिएर बैङ्कमा धितो राख्न लगाई ऋण निकालेर आफूले प्रयोग गरी ऋणमा डुबाएका हुन् । सो गिरोहले मिलेमतो गरेर धितोमा राखेको कमशल घडेरी र जग्गालाई बढी मूल्याङ्कन […]

मल्कवाङ स्वास्थ्य चौकीको भवन निर्माण सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २२ माघ । म्याग्दीको धौलागिरी गाउँपालिका ५ मल्कवाङमा रहेको स्वास्थ्य चौकीको सुबिधा सम्पन्न भवन निर्माण सुरु भएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले भौगोलिक रुपमा बिकट मल्कवाङमा एक करोड रुपैया भन्दा बढीको लागतमा भवन निर्माण कार्य सुरु गरेको हो । एक करोड १८ लाख रुपैयाको लागतमा मालीका […]

लिटील गार्डेनका बालबालीकाको स्वास्थ्य परिक्षण

सन्तोष गौतम/विकल्प न्यूज बेनी २२ माघ ।बेनीको लिटील गार्डेन एकेडेमीको पुर्व प्राथमिक तहका विद्यार्थीहरुको सोमबार स्वास्थ्य परिक्षण गरिएको छ । विद्यालयले आयोजना गरेको शिवीरमा पूर्व प्राथमिक तहमा अध्ययनरत बालबालिकाहरुको दाँत, आँखा, कान, नाक, घाँटी लगायत स्वास्थ्य परिक्षण गरिएको थियो । नर्सरी देखि कक्षा २ सम्मका २८० जना विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको विद्यालयले जनाएको छ । […]

अन्नपूर्ण गाउँपालिकाले कृषि र पशु विकासमा बजेट थप ग¥यो

सन्तोष गौतम/विकल्प न्यूज ठूलोबगर २२ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषि र पशु विकासको क्षेत्रमा बजेट थप गरेको छ । ठुलोबगरमा सोमबार भएको गाउँसभा बैठकले यसअघि बिनियोजित बजेट संसोधन गर्दै कृषि र पशु विकासका लागि बजेट थप गर्ने निर्णय गरेको हो । गत असारमा भएको पहिलो गाउँसभाले कृषि र पशु विकासका लागि पन्ध्रपन्ध्र लाख रुपैया […]

प्रदेश ४ को पहिलो बैठकः समृद्ध प्रदेश बनाउने बाचा

२ माघ, पोखरा । प्रदेशसभाको पहिलो बैठकमा सांसदहरुले प्रदेश ४ लाई सम्बृद्ध प्रदेश बनाउन बाचा गरेका छन् । वाम गठबन्धनका सांसदहरुले भने चुनावी बाचा अनुसार स्थायी सरकार दिने पनि बताएका छन् । अन्य प्रदेशहरुमा प्रदेशसभामा उपस्थित दलका एक एक जनाले बोलेका थिए तर, प्रदेश ४ मा भने ठूला तीन दलका तीन तीन सांसदले बोल्नेछन् । […]

सुरु भयो प्रदेश ४ को पहिलो बैठक

२२ माघ, पोखरा ।प्रदेश ४ को पहिलो बैठक सुरु भएको छ । अहिले सांसदहरुले मन्तव्य राख्ने क्रम जारी छ । त्यसअघि शहीदहरुको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो । प्रदेश ४ का अधिकांश सांसदका लागि संसदीय अभ्यास नौलो छ । त्यसैले उनीहरु नयाँ उत्साह र जिम्मेवारीवोध सहित संसद भवन प्रवेश गरेका छन् । प्रदेश ४ […]

छरितो काम गर्ने मन्त्रालय हुनुपर्छ

विकल्प न्यूज/काठमाण्डौं माघ २२ गते । म्याग्दीको प्रदेशसभा ‘ख’ बाट निर्वाचित एमालेकी ४८ वर्षीया नरदेवी पुन मगरका लागि सांसद हुनुको यो दोस्रो अनुभव हो । २०७० को दोस्रो संविधानसभामा उनलाई पार्टीले समानुपातिक कोटामा प्रनितिधित्व गर्ने मौका दिएको थियो । पञ्चायतकालदेखि नै तत्कालीन माले समर्थित अनेरास्ववियुमा आबद्ध पुन लामो समय शिक्षण पेसामा संलग्न थिइन् । अनेम संघको जिल्ला अध्यक्ष […]

प्रेस चौतारीको २० औँ स्थापना दिवसको अवसरमा विरामीलाई फलफूल

धिरन खत्री/विकल्प न्यूज म्याग्दी, २२ माघ ।प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले २० औ स्थापना दिवसको अवसरमा बेनी अस्पतालका विरामीलाई फलफूल वितरण गरेको छ । प्रेस चौतारी नेपालको २० औँ स्थापना दिवसको अवसरमा जिल्ला शाखा म्याग्दीले अस्पतालमा उपचारत विरामीलाई फलफूल वितरण गरि स्थापना दिवस मनाएको हो । दिवसको अवसरमा आयोजित फलफूल वितरण गर्दै जिल्ला समन्वय […]

गाउँका सिंहदरबारलाई कसरी सफल बनाउने ?

सुशील पन्त/काठमाण्डौं माघ २२ गते । प्रदेशसभाका बैठक बस्न शुरु भएसंँगै नेपालमा सङ्घीयता कार्यान्वयनको महìवपूर्ण चरणमा प्रवेश गरेको छ । निर्वाचनमार्फत प्रदेश सभाको गठन नेपालको सन्दर्भमा विक्कुलै नयाँ राजनीतिक अभ्यास हो । पहिलोपटक कार्यान्वयनमा आएको प्रदेशसभाका बैठकले कार्य सञ्चालन अन्तरिम कार्यविधि तयार गरेर आफ्नो काम शुरु गरेका छन् । निकट भविष्यमै प्रदेशका संसद्ले सभामुख चयन र […]

प्रदेश ४ मा मुख्यमन्त्रीको निर्णय माघ २८ गते

२१ माघ, पोखरा । नेकपा एमालको प्रदेश संसदीय दलको बैठकले संसदीय दलको नेता माघ २८ गते चयन गर्ने निर्णय गरेको छ । आइतबार पोखरामा बसेको बैठकले संसदीय दलको  नेता छान्न ३ सदस्यीय कमिटी पनि गठन गरेको छ । ‘२८ गते बैठक बसेर संसदीय दलको नेताको छान्ने प्रक्रिया सुरु गर्ने निर्णय भएको छ,’ सांसद किरण गुरुङले भने […]

सिंगा स्वास्थ्य चौकीको व्यवस्थापन समिति पुर्नगठन

विकल्प न्यूज/बेनी माघ २१ गते बेनी नगरपालीका ४ तातोपानीमा रहेको सिंगा स्वास्थ्य चौकीको व्यवस्थापन समितिको आईतबार पुर्नगठन भएको छ । स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण भएसंगै वडा अध्यक्ष गोविन्दप्रसाद पौडेलको अध्यक्षतामा व्यवस्थापन समिति पुर्नगठन भएको हो । समितिको उपाध्यक्षमा कृष्ण खड्का, सदस्यमा सुरत बानिया, टेकबहादुर फगामी रहनुभएको छ । बेनपाका मेयर हरिकुमार श्रेष्ठ संरक्षण, स्वास्थ्य चौकी […]