ताजा समाचार:
Search

म्याग्दी समाचार

कुहुँमा अनौठो मुर्ती भेटीयो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १५ फागुन । म्याग्दीको मंगला गाउँपालिका १ कुहुँमा अनौठो नागको मुर्ती भेटीएको छ । कुहुँ गाउँको शिरानमा सर्प आकारको ढुङ्गाको मुर्ती भेटिएको हो । कुहु देखि आधा घण्टा पैदल हिडेपछि पुगीने उक्त ठाउँमा मुर्ती भेटिएपछि पुजाआजा र हेर्नेको घुँईचो लागेको वडा अध्यक्ष डेगबहादुर राम्जालीले जानकारी दिनुभयो । घाँस दाउरा काट्न गएकी […]

गलेश्वरमा तिर्थयात्री निवास भवन निर्माण सुरु

सन्तोष गौतम/विकल्प न्यूज गलेश्वर १५ फागुन । एक व्यवसायीको आर्थिक सहयोगमा म्याग्दीको प्रसिद्ध धार्मीक स्थल गलेश्वरमा तिर्थयात्री निवास भवन निर्माण सुरु भएको छ । काठमाडौको होटल ¥याडीसनका सञ्चालक गोविन्ददास श्रेष्ठद्धारा स्थापीत गोविन्द सरस्वती फाउण्डेशनको पचास लाख रुपैया सहयोगमा बेनी नगरपालीका ९ गलेश्वरमा तिर्थयात्री निवास भवन निर्माण हुन लागेको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषले […]

म्याग्दीमा “एन्टिबायोटिक”को जथाभावी प्रयोग

सन्तोष गौतम/विकल्प न्यूज फागुन १५ गते । रोग निको पार्ने निहुँमा जथाभावी “एन्टिबायोटिक” र हाई डोजका औषधिको प्रयोग बढेको छ । चिकित्सकको सल्लाह बिनै कडा किसीमको एन्टिबायोटिकको बढ्दो प्रयोगले म्याग्दीको जनस्वास्थ्यमा जोखिम बढाएको छ । सर्वसाधारणमा औषधि प्रयोग सम्बन्धि ज्ञान र चेतना कम भएका कारण छिटो रोग निको पार्ने औषधि उपयोग गर्न खोज्ने, स्वास्थ्यकर्मी, औषधि […]

खिवाङमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १४ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ खिवाङमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना भएको छ । भौगोलिक बिकटता र वडा स्तरको स्वास्थ्य संस्था टाढा भएका कारण स्वास्थ्य सेवा प्राप्त गर्न कठिनाई भोग्दै आएका खिवाङबासीको स्वास्थ्य सेवामा सहज पहुँच स्थापित गराउन ईकाई स्थापना भएको हो । गाउँपालिका र वडा कार्यालयको पहलमा स्थापना भएको […]

औषधि वितरणमा बेनी अस्पतालका स्वास्थ्यकर्मीको गम्भिर त्रुटी

सन्तोष गौतम /विकल्प न्यूज बेनी १४ फागुन । म्याग्दीको बेनी अस्पतालको औषधि वितरण कक्षका स्वास्थ्यकर्मीले गम्भीर त्रुटी गरेको भेटिएको छ । आईरन चक्कि दिनुपर्ने गर्भवतीलाई औषधि वितरण कक्षमा बस्ने स्वास्थ्यकर्मीले जुकाको औषधि (अल्वेन्डाजोल)को बट्टा दिएको खुलासा भएको हो । २०७४ मंसिर ४ गते अस्वतालमा गर्भपरिक्षण गराएकी बेनी नगरपालिका ५ सेतोढुङ्गाकी समिक्षा खत्री कुँवरलाई सोही दिन […]

जनप्रतिनिधि र विषयगत कार्यालयहरुबीच योजना तर्जुमाको विषयमा छलफल

सन्तोष गौतम/विकल्प न्यूज बेनी १४ फागुन । आगामी आर्थिक वर्ष २०७५/७६ को बजेट तथा कार्यक्रम तर्जुमाको विषयमा सोमबारदेखि बेनीमा अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा स्थानीय तह र विषयगत कार्यालयहरुबीच आगामी आर्थिक वर्षको योजना तर्जुमाका क्रममा समन्वयको वातावरण बनाउन दुई दिने कार्यक्रम सुरु भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति, बेनी […]

रत्नेचौरमा सेभेन ए साईड कप फुटबल प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी फागुन १४  गते ।  बेनी नगरपालिका १ रत्नेचौरमा सोमवार देखि सेभेन ए साईड कप फुटबल प्रतियोगिता सुरु भएको छ । फागु पूर्णिमाको अवसरमा रत्नेचौर जागर समुहले फागुन १४ देखि १७ गते सम्म प्रथम रत्नेचौर जागरण कप फुलबल प्रतियोगिताको आयोजना गरेको हो ।  उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद भुपेन्द्रवहादुर थपाले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो […]

धौलागिरि क्षेत्रका गाउँगाउँमा खानी

म्याग्दी/बागलुङ फागुन १४ । धौलागिरि क्षेत्रका बागलुङ, म्याग्दी र मुस्ताङमा थुप्रै खानी छन् । परम्परादेखि कतिपय गाउँकै नाम खानीका आधारमा रहेका छन् । बेलाबखत खनिज स्रोतहरूको उत्खनन गरी उपयोगमा ल्याइने योजना सुने पनि व्यवहारमा भने आएका छैनन् । खानी तथा भूगर्भ विभागका अनुसार म्याग्दीमा खनिज पदार्थ अन्तर्गत सुन, तामा र फलाम खानी, गैर–खनिज पदार्थअन्तर्गत चुनढुंगा, रत्न, पत्थर क्वार्ज, […]

निस्कोटमा परिवार नियोजनको अस्थायी साधनको घुम्ती शिविर

विकल्प न्यूज/बेनी फागुन १४ गते । म्याग्दीको मालिका गाँउ पालिका—१ निस्कोटमा परिवार नियोजनको अस्थायी साधन सेवाको घुम्ती शिविर तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युएसआईडी, मेरि—स्टोप्स तथा सुनौलो परिवार नेपाल तथा सिफो टु को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । अभिमुखीकरण कार्यक्रममा वोल्दै जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख डाक्टर रोशन न्यौपानेले स्वास्थ्य जस्तो संवेदनशिल […]

अन्नपूर्ण गाउँपालिकामा ट्याक्टरले किचेर बालकको ज्यान गयो

सन्तोष गौतम/विकल्प न्यूज फागुन १४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । निर्माण बोकेर राम्चेतर्फ जादै गरेको ग १ त २९३८ नम्बरको ट्याक्टरले किचेर कास्कीको अन्नपूर्ण गाउँपालीका ९ उल्लेरीका ४ वर्षिय श्यामीवल खोरजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आईतबार साँझ गुडीरहेको ट्याक्टरमा झुण्डीन खोज्दा […]

पात्लेखेतमा कृषि तथा पशु सेवा सम्बन्धि अभिमुखीकरण

विकल्प न्यूज/बेनी फागुन १३ गते । बेनी नगरपालिका १० पात्लेखेतमा आईतबार कृषि तथा पशु विकास सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको संयोजनमा नगरपालिकाको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा ४० जनाको सहभागीता रहेको थियो । कार्यक्रममा नगरपालीकाका कृषि शाखा प्रमुख कृषि प्रसार अधिकृत बेदनाथ पन्थी र पशु सेवा प्राबिधिक नारायण दर्लामीले सहजिकरण […]

एउटा विद्यार्थीको ‘नोट अफ डिसेन्ट’

 मिलन पाण्डे/काठमाण्डौं फागुन १३ गते । बेलायतको एउटा स्कुलले एक छात्राको अभिभावकलाई पत्र लेख्छ, ‘तपाईंकी छोरी पढ्न सक्दिनन् । उनमा एकाग्रता छैन । चली मात्र रहन्छिन्, एक ठाउँमा बस्नै सक्दिनन् ।’ परिवारलाई पिर पर्छ अनि उनकी आमाले छोरीलाई डाक्टरकोमा लान्छिन् । धेरैचोटि जाँचेपछि डाक्टरले एक्लै कुरा गर्ने भनेर आमालाई बाहिर निकाल्छन् र नजिकै रेडियो बजाएर छोरीलाई त्यहीँ छोडिदिन्छन् । बाहिर पुगेको […]

बेगखोलाकी नरमायाको उपचारका लागि दुवईबाट सहयोग

सन्तोष गौतम/विकल्प न्यूज बेनी १२ फागुन । रुखबाट लडेर मेरुदण्ड भाँचीएपछि थला परेकी म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगखोलाकी नरमाया तिलीजाको उपचारका लागि दुवईबाट आर्थिक सहयोग प्राप्त भएको छ ।  मोना दुवईका सहकोषाध्यक्ष अर्जुन कटुवालको पहलमा दुवईमा संकलन भएको तिस हजार ३५५ रुपैयाँ कटुवालका भाई भिमसेन केसीले शनिबार तिलीजाकी आफन्त निरादेवी बुद्धुजा र सुमीत्रा पुनलाई हस्तान्तरण […]

मुनामा सम्पन्न निशूल्क बिशेषज्ञ स्वास्थ्य शिवीरमा करिब तेह् सय लाभान्वित

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १२ फागुन । म्याग्दीको धौलागिरी गाउँपालिका ३ मुनामा शनिबार सम्पन्न निशूल्क बिशेषज्ञ स्वास्थ्य शिवीरबाट करिब एक हजार तिन सय जना सर्वसाधारण लाभान्वित भएका छन् ।  धौलागिरी गाउँपालिका र जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको शिवीरमा भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दाले गाउँमै बिशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । […]

समृद्धिको यात्रा सुरु भयो ः मुख्यमन्त्री

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज फागुन १२ गते ।    प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले ४ नं प्रदेशमा समृद्धिको यात्रा सुरु भएको बताउनुभएको छ । प्राकृतिक स्रोतसाधनलाई उच्चतम उपयोग गरी समृद्ध प्रदेश बनाउने गरी योजना निर्माण गरीने उहाँँले बताउनुभयो । प्रदेश नं ४ मा जलस्रोत,पर्यटन र कृषिको प्रशस्त संभावना रहेकाले यी क्षेत्रहरुमा लगानी […]