म्याग्दी समाचार

शिख माविमा पूर्वाधार निर्माण तिब्र

विकल्प न्यूज/बेनी बैशाख २० गते । अन्नपूर्ण गाउँपालिका ५ मा रहेको शिख माध्यमिक विद्यालयमा पूर्वाधार निर्माणले तिब्रता पाएको छ । स्थानीयबासी, प्रवासी र सरकारी निकायको लगानीमा भौगोलिक रुपमा बिकट क्षेत्रमा पर्ने शिखको सामुदायीक विद्यालयमा सुबिधा सम्पन्न भवन, खेलमैदान लगायतका पूर्वाधार निर्माणले तिब्रता पाएको हो । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा ब्रिटीस गोर्खा वेयलफेयरको सहयोगमा […]

न्यून आय भएका कृषकलाई अदुवाको विउ वितरण

सन्तोष गौतम/विकल्प न्यूज बेनी २० बैशाख । न्यून आय भएका कृषकको आयआर्जन वृद्धि र जिविकोपार्जनमा सुधार ल्याउन सघाउने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघले अदुवाको विउ वितरण गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत कृषि उद्यम केन्द्रले उपलब्ध गराएको बोसे जातको बिस क्विन्टल अदुवाको विउ छ वटै स्थानीय तहका कृषकहरुलाई वितरण गरेको हो । बेनीमा […]

धौलागिरिमा यार्सागुम्बालाई निकासी कर

विकल्प न्यूज/बेनी बैशाख २० गते । धौलागिरि गाउँपालिकाले बहुमूल्य जडिवुटी यार्सागुम्बामा स्थानीय निकासी कर लागु गर्ने भएको छ । बैशाख पहिलो हप्ता भएको गाउँसभाले यार्सागुम्बा निकासी गर्दा प्रतिकिलो ५ हजार रुपैया राजस्व तिर्नुपर्ने निर्णय भएको हो । १ नम्बर वडा गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्याल र कार्यपालिका सदस्य देउप्रसाद छन्त्यालले यार्सागुम्बाको चोरी पैठारी नियन्त्रणका विषयमा […]

युवालाई उद्यमी बनाउन सीप विकास तालिम

विकल्प न्यूज/बेनी बैशाख २०गते । युवालाई सीप विकाससम्बन्धी तालिम दिएर उद्यमी बनाउने उद्देश्यले तीन महिने सीप विकासका लागि सिलाइकटाई तालिम सुरु भएको छ । राष्ट्रिय युवा परिषद अन्तर्गत रहेको जिल्ला युवा समिति म्याग्दीको आयोजनामा बिहीबारदेखि तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन गर्दै जिल्ला युवा समितिका अध्यक्ष देवीप्रसाद शर्माले युवाहरुले सीप सिकेर व्यवसायमा लाग्नुपर्ने बताए […]

अपाङ्गता खत्रीलाई आर्थिक सहयोग

विकल्प न्यूज/बेनी बैशाख २० गते । म्याग्दीको बेनी नगरपालिका–५, भिरमुनीका नरबहादुर खत्रीलाई अमेरिकाबाट आर्थिक सहयोग प्राप्त भएको छ । भुटानी नागरिकद्वय ईन्द्र शंकर र ज्ञान शंकरले अमेरिकाबाट पठाएको नगद पाँचहजार रुपैयाँ बिहीबार खत्री परिवारलाई हस्तान्तरण गरिएको हो । उक्त सहयोग रकम नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाका सभापति यामबहादुर बानियाँ र रेडक्रसकर्मी मोहन बानियाँमार्फत अपाङ्गता खत्रीलाई […]

मोदीको मुक्तिनाथ भ्रमणको तयारी तिब्र

निरज थकाली/मुस्ताङ बैशाख २० गते । मुस्ताङ स्थित विश्व प्रसिद्ध तिर्थस्थल मुक्तिनाथमा आगामी हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुहुने भ्रमणको तयारीलाई तिब्र बनाइएको छ । मोदीको धार्मीक भ्रमणलाई सफल बनाउन सुरक्षा, स्वागत र अन्य व्यवस्थापकीय तयारी तिब्र पारिएको हो । भ्रमणको तयारीका लागि बुधबार आएको भारतीय सेना र सुरक्षा अधिकारीहरुको टोलीले मुक्तिनाथको स्थलगत अवलोकन गर्नुका […]

राम्चेबासी विद्यालय भवन बनाउन जुटे

विकल्प न्यूज/बेनी बैशाख २० गते । अन्नपूर्ण गाउँपालिका ८ राम्चेका बासिन्दाले सरकारी निकायबाट प्राप्त भएको बराबर रकम र श्रम स्थानीय स्तरमा जुटाएर विद्यालयको पक्कि भवन निर्माण सुरु गरेका छन् । देउराली आधारभुत विद्यालयको भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराए बराबरकै लगानी स्थानीयले गर्न लागेका हुन् । जिल्ला शिक्षा कार्यालयले चार कोठे भवन निर्माणका […]

संरक्षण र प्रचारप्रसारको पखाईमा कालीदह

विकल्प न्यूज/बेनी बैशाख २० गते ।  प्रशस्त पर्यटकीय सम्भावना बोकेको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा पर्ने कालीदह ताल संरक्षण र प्रचारप्रसारको पखाईमा रहेको छ । अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्ग अन्तरगतको प्रमुख पर्यटकीय गन्तब्य मोहरेडाँडा र पुनहिलको बिचमा रहेको कालीदह प्रचारप्रसार, पूर्वाधार निर्माण र संरक्षणको अभावमा ओझलमा परेको हो । मोहरेडाँडामा पर्यटकको आगमन बढेपनि कालीदह सुनसान […]

राम्चेको देउराली विद्यालयमा पच्चिस लाखको अक्षयकोष स्थापना

विकल्प न्यूज/बेनी बैशाख २० गते । अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा रहेको देउराली आधारभुत विद्यालयमा समुदायको पहलमा पच्चिस लाख रुपैयाँ भन्दा बढीको अक्षयकोष स्थापना भएको छ । विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकको तलब, तल्लो तहको दरबन्दि भई माथिल्लो तहमा कार्यरत शिक्षकको भत्ता र भौतिक सुधारका लागि स्थानीयबासीको पहलमा २५ लाख दश हजार १९५ रुपैयाँको अक्षयकोष स्थापना […]

टुक्रे योजना बनाउनेलाई बेगका जनप्रतिनिधिको चुनौती

विकल्प न्यूज/बेनी बैशाख २० गते । सबैलाई समेट्ने बाहनामा कार्यकर्ता पाल्न टुक्रे योजना बनाएर बजेटलाई चारो झै छर्ने प्रवृत्तिलाई रघुगंगा गाउँपालिका १ बेगका जनप्रतिनिधिहरुले चुनौती दिएका छन् । चालु आर्थिक वर्षमा गाउँपालिकाले वडाका लागि बिनियोजन गरेको बजेटलाई एउटै योजनामा लगानी गरेर बेगका जनप्रतिनिधिहरुले टुक्रे योजना बनाएर बजेट छर्ने प्रवृत्तिलाई चुनौती दिएका हुन् । गाउँपालिकाले वडालाई […]

प्रसिद्ध धार्मिकस्थल रिखार पर्यटकको पर्खाइमा

म्याग्दी, वैशाख २० गते । रिखारको महत्व र यहाँको प्राकृतिक सुन्दरताको बारेमा प्रचारप्रसार हुन नसक्दा उल्लेख्य मात्रामा पर्यटक र भक्तजन भित्रन नसकेको स्थानीय पात्लेखर्क रिखार युवा क्लबका सचिब अंकित पुनले बताउनुभयो । “यहाँ आउने जो कोही पनि मख्ख परेर फर्कने गरेका छन्, तर भौगोलिक रुपमा विकटता रहेकाले यस क्षेत्रको बारेमा प्रचारप्रसार हुन सकेको छैन,” सचिव […]

महभिर–घराम्दी–पेरीभारानी सडक ः विकासमा जनसहभागिताको नमुना

विकल्प न्यूज/बेनी बैशाख १९ गते । घराम्दी/  सरकारी निकायबाट करोडौ बजेट बिनियोजन भएका पूर्वाधार आयोजनामा ढिलासुस्ती, अनियमितता, कमीसनको विकृति मौलाईरहेका बेला अन्नपूर्ण गाउँपालिका ७ घराम्दीका बासिन्दाले विकासमा जनसहभागिताको नमुना प्रस्तुत गरेका छन् । सरकारी बजेटलाई चारोझै छरेर विकासको बाहनामा बेतिथि, बिकृति र भ्रष्ट्राचार गर्नेहरुलाई दुर्गम र बिकट बस्ती घराम्दीका बासिन्दाले आफै आर्थिक स्रोत जुटाई […]

रघुगंगाका प्रमुख र उपप्रमुखद्धारा बालबालिकाको अभिभाकत्व ग्रहण

गोपाल छन्त्याल/बेनी बैशाख १९ गते । नयाँ शैक्षिक सत्रको भर्ना अभियान सञ्चालन भइरहँदा रघुगंगा गाउँपालिकाका प्रमुख भब बहादुर भण्डारी र उपप्रमुख कमला तिलिजाले बालबालिकाको अभिभाकत्व ग्रहण गरेका छन् । प्रमुख भण्डारीले वडा नं २ साविक भगवति–३ पखटोल की रोजीना कटुवाललाई सिद्धार्थ ज्ञान मन्दिर आधारभुत विद्यालय र उपप्रमुख तिलिजाले ४ बर्षीय विवश विकलाई जनता मावि दग्नाममा […]

अन्नपूर्ण आधार क्षेत्रका दृश्य कलामा

काठमाडौँ, वैशाख १८ गते । पदयात्राको उत्कृष्ट गन्तव्य अन्नपूर्ण आधार क्षेत्रका दृश्यलाई पोखरेली कलाकारले आफ्नो कलामा उतारेका छन् । पोखराका कलाकारत्रय क्षेत्रलाल कायस्थ, आलोक गुरुङ र नगेन सिंहले अन्नपूर्ण क्षेत्रका हिमाली दृश्य, प्रकृति र जनजीवनका विविध पक्षलाई पानी रङ, तैल रङ र एक्रेील्क रङमार्फत चित्रमा जीवन्त रुपमा उतार्नुभएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले गत […]

अन्नपूर्ण गाउँपालिकाको दुई वटा कार्यबिधी पारित

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी १९ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले दुई वटा कार्यबिधी पारित गरेको छ । पोखरेबगर स्थित कार्यालयमा गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा बसेको बैठकले शिक्षकहरुको नियुक्ती र सरुवा सम्बन्धि कार्यबिधी पारित गरेको छ । यसैगरी भारतीय दुतावासले गाउँपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स सञ्चालनका लागि तयार पारिएको कार्यबिधी समेत […]