म्याग्दी समाचार

“डोजरे” विकासको परिणाम ः पहिरो, भुक्षय र कटानको जोखिम

रघुगंगा गाउँपालिका ६ पाखापानीको कमनाथमा खसेको पहिरो पार गर्दै प्रजिअ लिलाधर अधिकारी, प्रनाउ बिरबहादुर बुढा लगायत सुरक्षाकर्मीहरु । तस्विर सन्तोष गौतम उपकरणको कम्पनले खलबलिएको जमिन बर्खाको पानीले गलेर बग्ने, सडकमा संकलन हुने पानीले खोल्सा बनाउने, माटो बगाउँदा वरपरका बस्तीमा पहिरो खस्ने, जमिन भासीने, भुक्षय हुने, नदीमा बाढीको आयटन बढेर कटान गर्ने क्रम बढेको जिल्ला भु–संरक्षण […]

गलेश्वरमा एकै महिनामा १३ लाख भेटि संकलन

सन्तोष गौतम /विकल्प म्याग्दी २९ साउन । बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा साउन महिनामा तेह् लाख रुपैया भन्दा बढी भेटि संकलन भएको छ । साउन महिनामा परेका चार वटा सोमबारमा पुजा गर्न आएका भक्तजनहरुले १३ लाख २७ हजार ४५२ भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बम बहादुर पुनले बताउनुभयो । उहाँका अनुसार, अन्तिम […]

तिजको अवसरमा बेनीमा छात्रा फुटबल प्रतियोगिता हुने

विकल्प न्यूज/बेनी साउन २९ गते । महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा म्याग्दीको सदरमुकाम बेनीबजारमा छात्रा फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीले मंगलबार पत्रकार सम्मेलनको आयोजना मार्फत आगमी भदौ २५,२६ र २७ गते छात्रा फुटबलको आयोजना गर्न लागिएको जानकारी दिएको हो । प्रतियोगिताका लागि आवश्यक तयारी थालनी गरिएको समितिले […]

बेनी–जोमसोम सडक अवरुद्ध

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ साउन । दर्जनौ ठाउँमा पहिरो खसेपछि म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मंगलबार बिहानदेखि अवरुद्ध बनेको छ । ७६ किलोमिटर दुरीको सडकको बेनी देखि घाँसा खण्डमा पहिरोका कारण सवारी आवागतम अवरुद्ध भएको हो । सडक अवरुद्ध हुदाँ मुस्ताङ जाने आउने पर्यटक, तिर्थयात्री र स्थानीयबासीहरु बाटोमै अलपत्र […]

बन्दले म्याग्दीको जनजिवन प्रभावित

विकल्प न्यूज/बेनी बेनी २९ साउन ।नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दका कारण मंगलबार म्याग्दीको जनजिवन प्रभावित भएको छ । केही दिनअघि पक्राउ गरिएका नेकपाका प्रवक्ता खड्काबहादुर विश्वकर्मा (प्रकाण्ड) लगायत नेता कार्यकर्ताको बिना सर्त रिहाईको माग गर्दै बन्दको आव्हान गरेको हो । बन्दका कारण बेनीबाट लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन चलेका छैनन् […]

ठेकेदारलाई दिएको पेश्की फिर्ता

विकल्प न्यूज/बेनी साउन २९ गते । बेनी अस्पताल भवन निर्माणको ठेक्का पाएको निर्माण कम्पनीको पेश्की फिर्ता गर्ने प्रक्रिया शुरु भएको छ ।  शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले काममा ढिलासुस्ती गरेपछि महादेव–खिम्ती–ज्वाला–रफीना जेभीको बैंक जमानतबाट असुल हुने गरी पेश्की फिर्ताका लागि प्रक्रिया अघि बढाएको छ । कम्पनीले बेनी अस्पतालको पचास शय्या क्षमताको भवन […]

क्याम्पसका विद्यार्थीलाई ट्राफिक सम्बन्धि प्रशिक्षण

विकल्प न्यूज/बेनी साउन २८ गते । बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई सोमबार ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिइएको छ । जिल्ला युवा समितिको कार्यालयले १८ औ अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरिक्षक शिवप्रसाद पाठकले सहजिकरण गर्नुभएको थियो । ६० जना विद्यार्थीहरु सहभागी कार्यक्रममा सवारी दुर्घटनाका कारण, […]

अनियमितता र बेथिति न्युनीकरणका लागि प्रभावकारी लेखापरिक्षणमा जोड

सन्तोष गौतम/विकल्प न्यूज बेनी २८ साउन । म्याग्दीका सरोकारवालाहरुले सरकारी निकायमा हुने अनियमितता र बेतिथी न्युनीकरणका लागि प्रभावकारी लेखा परिक्षणमा जोड दिएका छन् । जिल्ला स्थित सरकारी कार्यालयले गत आर्थिक वर्ष २०७४÷७५ मा गरेका खर्च विवरणको लेखापरिक्षणका लागि महालेखा परिक्षकको कार्यालयबाट खटिएर आएको डोर टोलीले सोमबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले लेखापरिक्षण कार्यलाई औपचारीकतामा […]

गलेश्वरमा एक महिनामा एक लाख भक्तजन

सन्तोष गौतम/विकल्प न्यूज बेनी २८ साउन ।   बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब एक लाख भक्तजनले पुजाआजा गरेका छन् । साउन महिनाको सोमबारको दिन पारेर गलेश्वरको दर्शन र पुजाआजाका लागि म्याग्दीका साथै देशका विभिन्न ठाउँबाट एक लाख जना भन्दा बढी भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । अन्तिम […]

म्युजिक भिडियोमा रवीनाको छलाङ

विकल्प न्यूज/बेनी साउन २८ गते ।  म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीकी रवीना भण्डारी म्युजिक भिडियो अभिनयमा व्यस्त हुन थालेकी छिन् । एक वर्षअघि राजधानी काठमाडौ छिरेकी भण्डारीले यस अवधिमा करिब ७० वटा गीतको म्युजिक भिडियोमा अभिनय गरेको बताईन् । आधुनिक, लोक, तिज, पप गीतमा अभिनय गरेकी भण्डारी आफ्नो कला र ईच्छाशक्तिका कारण अभिनय क्षेत्रमा अघि […]

स्वस्थ जीवनका लागि योग र ध्यान

विकल्प न्यूज/बेनी साउन २८ गते । योग तथा ध्यानप्रति धेरैको रुचि बढ्दै छ । यसले मानिसलाई स्वस्थ राख्न मद्दत गर्छ । योग गर्ने तरिका धेरै छन् । यी फरक–फरक शैलीमा गरिने योगले हाम्रो अंगअंगमा फाइदा पुग्छ । योगले स्वस्थ जीवनयापनमा मद्दत गर्छ । त्यसैले पनि योग हरेक दिन र हरेक मानिसका लागि फाइदाजनक छ । […]

बाढी पहिरो पीडितको सहयोगका लागि अन्तराष्ट्रिय पर्वत समाजको चासो

विकल्प न्यूज/जलजला साउन २८ गते । बाढिले उठिवास भएका जलजला गाउँपालिकाका परिवारलाई सुरक्षित आवासको व्यवस्था गराउन अन्तराष्ट्रिय पर्वत समाजले चासो देखाएको छ ।समाजको एक टोलीले आईतबार जलजला ७ र ८ को वाढि प्रभावित क्षेत्रमा पुगेर बस्तीलाई सुरक्षित बनाउन र पीडितलाई राहात दिलाउन के गर्न सकिन्छ भनेर जनप्रतिनिधी र पीडित सँग प्रत्यक्ष अन्तरक्रिया गरेको छ । […]

अञ्चल अस्पतालले रिफर गरेका बिरामीको बेनी अस्पतालमा सफल शल्यक्रिया

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ साउन ।म्याग्दीको सदरमुकाम स्थित बेनी अस्पतालमा अञ्चल अस्पतालले रिफर गरेका बिरामीको सफल शल्यक्रिया भएको छ । बागलुङ स्थित धवलागिरी अञ्चल अस्पतालले उपचार गर्न नसकेर रिफर गरिएका गर्भवतीलाई बेनी अस्पतालमा शल्यक्रिया मार्फत सुत्केरी गराइएको हो । सुत्केरी बेथा लगेर शुक्रबार अञ्चल अस्पतालमा भर्ना भएकी बागलुङ नगरपालिका ८ सिगानाकी ३५ वर्षिया सरस्वती […]

एसइइमा उत्कृष्ट अमिषालाई म्याग्दी सहकारीको सहयोग

गोपाल छन्त्याल/बेनी साउन २७ गते । माध्यामिक शिक्षा परीक्षा (एसइइ) मा उत्कृष्ट अँक ल्याउने अमिषा परियारलाई म्याग्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २५ हजार आर्थिक सहयोग गर्ने भएको छ । सहकारीको शनिबार बसेको सञ्चालक समितिको वैठकले अमिषाको आगामी शैक्षिक यात्रा सहज बनाउन आर्थिक सहयोग गर्ने निर्णय गरिएको हो । बेनी नगरपालिका–१० पात्लेखेत स्थायी घर […]

ताकम एकिकृत घनाबस्ती योजनाको डिपीआर तयार

गोपाल आचार्य/विकल्प न्यूज ताकम २७ साउन ।म्याग्दीको धवलागिरी गाउँपालिका ७ ताकमको घनाबस्ती पूर्वाधार निर्माण आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार भएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङद्धारा नियुक्त परामर्शदाताले स्थलगत अध्ययन गरेर तयार पारेको प्रतिवेदन शनिबार ताकममा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । एकिकृत बस्ती विकासका लागि व्यवस्थित रुपमा आधारभुत पूर्वाधार […]