ताजा समाचार:
Search

गलेश्वरमा एकै महिनामा १३ लाख भेटि संकलन

सन्तोष गौतम /विकल्प
म्याग्दी २९ साउन ।IMG_8016

बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा साउन महिनामा तेह् लाख रुपैया भन्दा बढी भेटि संकलन भएको छ ।

साउन महिनामा परेका चार वटा सोमबारमा पुजा गर्न आएका भक्तजनहरुले १३ लाख २७ हजार ४५२ भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बम बहादुर पुनले बताउनुभयो ।

Galeshowr bheti sankalan
उहाँका अनुसार, अन्तिम सोमबार सबै भन्दा धेरे ४ लाख सात हजार ६९१ रुपैयाँ संकलन भएको थियो । साउन महिनाको तेस्रो सोमबार तिन लाख २३ हजार ९०८, दोस्रो सोमबार तिन लाख सात हजार ५८२ र पहिलो सोमबार दुई लाख ८८ हजार २७१ रुपैया भेटि संकलन भएको थियो ।

पाँच वटा सोमबार परेको गत वर्षको साउन महिनामा तेह् लाख सात हजार ५२९ रुपैया भेटि संकलन भएको थियो । भगवान शिबको पुजा आरधानाको लागि उपयुक्त महिनाको रुपमा रहेको साउनमा मात्रै गलेश्वरमा १ लाख २० हजार बढी भक्तजनहरु आएको कोषका सदस्य सचिब माधव प्रसाद रेग्मीले जानकारी दिनुभयो ।

म्याग्दीका विभिन्न स्थानका साथै बागलुङ, पर्वत, कास्की, स्याङ्जा, चितवन, गोर्खा, लमजुङ, नवलपरासी लगायतका क्षेत्रबाट भक्तजनहरु आएर पुजा गरेको उहाँले बताउनुभयो । कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलीएको एउटै चट्टान माथी अवस्थित गलेश्वरमा सतिदेवीको गला पतनभएको धार्मीक शास्त्रहरुमा उल्लेख छ ।

साउन महिनाको सोमबार, शिवरात्री र बालाचर्तुदर्शीमा बिशेष मेला लाग्ने गलेश्वरमा पुजाआजा र दर्शन गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास छ । कोषले मासिक र साप्ताहीक रुपमा संकलित भेटि विवरण सार्वजनीक गर्दै आएको छ ।