एसइइमा उत्कृष्ट अमिषालाई म्याग्दी सहकारीको सहयोग

गोपाल छन्त्याल/बेनी
साउन २७ गते ।
माध्यामिक शिक्षा परीक्षा (एसइइ) मा उत्कृष्ट अँक ल्याउने अमिषा परियारलाई म्याग्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २५ हजार आर्थिक सहयोग गर्ने sahakri sanchalk samitiभएको छ ।
सहकारीको शनिबार बसेको सञ्चालक समितिको वैठकले अमिषाको आगामी शैक्षिक यात्रा सहज बनाउन आर्थिक सहयोग गर्ने निर्णय गरिएको हो ।
बेनी नगरपालिका–१० पात्लेखेत स्थायी घर भएकी बेनी नगरपालिका–८ गणेशटोलीमा अवस्थित लिटल गार्डेन एकेडेमीबाट ३.९५ जिपिए ल्याएकी थिइन् । उनी अहिले काठमाडौँमा अध्ययनरत छिन् । स्थापनाकाल देखि शैक्षिक क्षेत्रलाई विशेष प्राथामिकता दिदै आएको सहकारीले दलित समुदायका अमिषालाई थप हौसला प्रदान गर्न सहयोगको निर्णय गरिएका संस्थाकी अध्यक्ष थदेवी पुनले जानकारी दिइन् ।
‘हामीले सहकारीलाई नाफा घाटाको रुपमा मात्र हेरेका छैनौ’, उनले भनिन्,‘सबै क्षेत्रमा सहयोग गर्दै आएका छौँ ।’ रोजगार, पेशा र व्यवसायको सिलसिलमा काठमाडौँमा रहेका म्याग्देलीहरुको साझा संस्थाको रुपमा रहेका सहकारीले सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गरिएको संस्थाका सचिब एवम् प्रबन्ध निर्देशक दीप बहादुर छन्त्यालले जानकारी दिए । ‘यसअघि हामीले जिल्लामा स्वास्थ्य शिविर, किसानलाई व्यवसायिक तालिम, म्याग्दी अस्पतालमा उपकरण सहयोग र दैवी प्रकोपमा सक्दो सहयोग गर्दै आएका थियौँ’, सचिब छन्त्यालले भने, ‘यो सहयोग पनि यस्तैको निरन्तरता हो ।’ सहकारीमा करीब १५ सय लगानीकर्ता रहेका छन् ।
एसइइमा शेयर सदस्यहरुको सन्तानलाई सम्मान गर्ने परम्परा अनुसार यसबर्ष छात्रतर्फ संस्थाका कोषाध्यक्ष इन्द्रजित छन्त्यालका छोरा विश्वजित छन्त्याल र छात्रातर्फ शेयर सदस्य रेशम कुमार पुनकी छोरी लिना पनुलाई सम्मान गर्ने निर्णय भएको छ ।
सहकारीले बार्षिक क्यालेन्डरका अतिरिक्त स्थानीय तहगत रुपमा नक्शा पनि प्रकाशन गर्दै आएको छ । वैठकले चालु आर्थिक बर्षको नीति तथा योजना पनि पारित गरेको छ ।