ताजा समाचार:
Search

तिजको अवसरमा बेनीमा छात्रा फुटबल प्रतियोगिता हुने

विकल्प न्यूज/बेनी
साउन २९ गते । DSC_0156महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा म्याग्दीको सदरमुकाम बेनीबजारमा छात्रा फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ ।
जिल्ला खेलकुद विकास समिति म्याग्दीले मंगलबार पत्रकार सम्मेलनको आयोजना मार्फत आगमी भदौ २५,२६ र २७ गते छात्रा फुटबलको आयोजना गर्न लागिएको जानकारी दिएको हो । प्रतियोगिताका लागि आवश्यक तयारी थालनी गरिएको समितिले जनाएको छ ।
माध्यमिकस्तरीय हुने छात्रा फुटबल प्रतियोगिता यो दोस्रो संस्करण हो । गत वर्ष देखि खेलकुद विकास समितिले छात्रा फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको हो । फुटबाल मार्फत छात्राहरुमा भएको प्रतिभालाई उजागर गर्नका लागि तिज पर्वको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताउनुभयो । गत वर्ष देखि सुरु भएको फुटबल प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिने उद्देश्यले खेलको आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद २० हजार, द्धितिय १२ हजार, ट्रफी मेडल र प्रमाणपत्र रहेको छ । त्यस्तै प्रतियोगितामा सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई जनही २५ सय र अनुशासित टिमलाई चारहजार रुपियाँ मेडल र प्रमाणपत्रको ब्यवस्था गरिएको उहाँले बताउनुभयो । प्रतियोगिताको फाइनल दिन तिज गित प्रतियोगिता पनि राखिएको छ ।
प्रतियोगितालाई सम्पन्न गर्नका लागि सदस्य मन कुमारी विक संयोजक रहेको उपसमिति गठन गरिएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि ३ लाख ६ हजार रुपियाँ लाग्ने अनुमान गरिएको अध्यक्ष विकले बताउनुभयो ।