स्वस्थ जीवनका लागि योग र ध्यान

विकल्प न्यूज/बेनी
साउन २८ गते । original1518841283yoga1 योग तथा ध्यानप्रति धेरैको रुचि बढ्दै छ । यसले मानिसलाई स्वस्थ राख्न मद्दत गर्छ । योग गर्ने तरिका धेरै छन् । यी फरक–फरक शैलीमा गरिने योगले हाम्रो अंगअंगमा फाइदा पुग्छ । योगले स्वस्थ जीवनयापनमा मद्दत गर्छ । त्यसैले पनि योग हरेक दिन र हरेक मानिसका लागि फाइदाजनक छ ।

दैनिक १२ मिनेटसम्म गरिने ध्यानले चाँडै देखिने बुढ्यौली ४३ प्रतिशतले कम गर्न सकिन्छ । दम, डाइबेटिज, खाद्य पदार्थका कारण आन्द्रामा हुने एलर्जी, ढाड दुख्ने, उच्च रक्तचापजस्ता धेरै दीर्घ रोगमा योगको उत्कृष्ट योगदान हुन्छ ।
व्यक्तिको निर्णय क्षमता, एकाग्रता एवं खुसीपनालाई योगले बढाउँछ ।

योगले मनोभावनात्मक आवेगलाई शिथिल बनाउँछ । विविध कारणले उत्पन्न हुने चिन्ता, तनाव र रिस बढाउने कर्टिसोल नाम गरेको हर्मोन घटाउन योग महत्वपूर्ण छ ।

योगले शरीरको सबैभन्दा ठूलो स्नायु भ्यागस नर्भलाई उत्तेजित बनाउँछ, शरीरमा अक्सिजनकोे खपत बढाउँछ र एन्डारोजिन नामक हर्माेन वृद्धि गरी तनाव नियन्त्रण गर्छ ।
डिप्रेसन तथा मानसिक रोगजस्तो कहालीलाग्दो समस्यालाई समाधान गर्ने एउटा सुरक्षित र भरपर्दो उपाय योग अभ्यास नै हो । नयाँ पत्रिका