म्याग्दी समाचार
बिलवाङका पहिरो पीडितलाई थप राहत वितरण
विकल्प न्यूज/बेनी असोज १५ गते । मालिका गाउँपालिका २ बिलवाङका पहिरो पीडितहरुलाई सोमबार थप राहत वितरण गरिएको छ । जिल्ला विपद् ब्यवस्थापन समितिले दरवाङ स्थित गाउँपालिकाको कार्यालयमा ५ घरपरिवारलाई तीस हजार रुपैयाँको दरका राहत वितरण गरेको हो । नरबहादुर पुन, खप्रसाद पुन, चिजमान पुन, नोटबहादुर पुन र तमकुमारी पुनको परिवारलाई प्रजिअ लीलाधर अधिकारी, पुर्व सांसद […]
स्थानीयको अवरोध पछि मिस्त्रीखोला जलविद्युत आयोजनाको निर्माण कार्य बन्द
विकल्प न्यूज/बेनी असोज १४ गते । म्याग्दीमा निर्माणधिन अवस्थामा रहेको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाको निर्माण कार्य बन्द भएको छ । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका स्थानीयवासीहरुले अवरोध गरेपछि आयोजनाको निर्माण कार्य बन्द भएको हो । सुरुङको आउटलेटबाट निस्किएको पानी अव्यवस्थित रुपमा फालिएको पानीले पहिरो गएको र त्यसको नियन्त्रणमा आयोजनाले बेवास्ता गरेको भन्दै नारच्याङको अन्नपूर्ण […]
प्रेस युनियनको अध्यक्षमा राकेश शर्मा
विकल्प न्यूज/बेनी असोज १४ गते । नेपाल प्रेस युनियन जिल्ला शाखा म्याग्दीको सातौं साधारणसभा तथा पाँचौं अधिवेशनबाट अध्यक्षमा राकेश शर्मा निर्वाचित भएका छन् । आइतबार बेनीमा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा अंकित पुन, रञ्जना श्रेष्ठ, सचिव साधन राम्जाली, सहसचिव सावीत्री सुबेदी, कोषाध्यक्ष गणेश गुरूङ रहेका छन् । त्यसैगरी सदस्यहरूमा अमित गर्बुजा, शुसिल कुमार थकाली,सम्झना राम्जाली, अनिल […]
पितृ उद्धारका लागि मुक्तिनाथमा तीर्थालुको भीड
पोखरा, असोज १४ गते । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा पितृ उद्धार गर्न तीर्थालु बढेका छन् । प्रत्येक वर्ष आश्विन कृष्ण पक्ष(पितृ पक्ष) का अवसरमा कागबेनीमा पिण्डदान गरी मुक्तिनाथको दर्शन गरेमा पितृ उद्धार हुने विश्वासले देशका विभिन्न भागका दर्शनार्थी मुक्तिनाथ पुग्ने गर्छन् । मुक्तिनाथ जाने दर्शनार्थीको चाप पोखरादेखि पर्वत, म्याग्दीसम्म पुग्ने गर्छ । […]
एकताबद्ध भएर लड्न पत्रकारलाई नेता केसीको आग्रह
प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, असोज १५ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले पेशागत रुपमा एकताबद्ध भएर लड्न पत्रकारहरुलाई आग्रह गरेका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखा म्याग्दीको सातौं साधारणसभा तथा पाँचौं अधिवेशनको बेनीमा उद्घाटन गर्दै उनले पेशागत रुपमा एक हुनुपर्ने बताएका हुन् । केन्द्रीय सदस्य केसीले विभिन्न विचारमा आस्था […]
प्रेस युनियन पत्रकारिता पुरस्कारबाट पत्रकार गौतम सम्मानीत
विकल्प न्यूज/बेनी असोज १४ गते । म्याग्दीका क्रियाशिल पत्रकार हरिकृष्ण गौतमलाई प्रेस युनियन जिल्ला शाखा म्याग्दीले पुरस्कृत गरेको छ । आइतवार बेनीमा युनियनको सातौ साधारणसभा तथा पाँचौ अधिवेशनका अवसरमा पत्रकारिताको माध्यमबाट जिल्लाको समग्र विकासका साथै परोपकारी क्षेत्रमा कलम चलाएको भन्दै पत्रकार गौतमलाई पुरस्कृत गरिएको हो । अधिवेशनका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुन नरशिंह […]
पर्वत बेनीमा रक्तदान कार्यक्रम सम्पन्न
सन्दिप शर्मा/म्याग्दी असोज १३ गते । पर्वतको जलजला गाउँपालिका –३ पर्वत बेनीमा लायन्स क्लब अफ वेनी मल्लाजको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रत्तसञ्चार केन्द्र बेनी म्याग्दीको समन्वयमा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै डिस्टिक एडभाईचर चन्द्रकुमार केसीले समाजमा रचनात्मक क्रियाकलापहरु सञ्चालनगरी एक अर्कामा सहयोगको भवना लायन्स्ले ल्याएको बताउनुभयो । कार्यक्रममा क्लवका […]
बेनी–बाँसखर्क सडक पन्ध्र दिनपछि सञ्चालन
१३ असोज, पर्वत । कालीगण्डकी नदीमा आएको बाढीले कटानका कारण अवरुद्ध बनेको बेनी–बगरफाँट–बाँसखर्क सडक सञ्चालन भएको छ । गत भदौ २७ गते राति आएको बाढीका कारण अवरुद्ध बनेको सडक शुक्रबारदेखि खुलेको हो । उत्तरी पर्वतको जलजला गाउँपालिका १, २, ३ र ५ लाई जोड्ने वारीबेनी–बगरफाँट–बाँसखर्क सडक अस्थायी रूपमा सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ । जलजला गाउँपालिकाको […]
ढुंगाखानीको उपयोग भएन
अगन्धर तिवारी/पर्वत असोज १३ गते । सहरबजारमा बन्ने घरका भित्ता र भुइँ आकर्षक बनाउन कटिङ ढुंगाको माग बढदो छ । एउटा इँटाको साइजको एउटा पातलो कटिङ ढुंगा १९ देखि ५० रुपैयाँसम्ममा किन–बेच हुन्छ । पोखरा, नारायणगढ र काठमाडौंसम्म माग हुने ढुंगाको बजार राम्रो रहेको व्यवसायी बताउँछन्। यहाँका ढुंगाखानीबाट निकाल्न सकिने त्यस्तो ढुंगा भने व्यावसायिक तवरले बेचबिखन अझै […]
स्थानीय तहबाटै नागरिकता
विकल्प न्यूज/पर्वत असोज १३ गते ।जलजला ४ कि बिममाया नेपालीले गाउँपालिकाबाटै नागरिकताको प्रमाणपत्र पाइन् । उनले मतदाता नामावलीमा फोटोसहितको परिचयपत्रका लागि नाम पनि त्यहीं दर्ता गराइन् । जलजलाकै सरिता परियार, पम्फा सार्की, कल्पना दर्जी र गीता दमाईलगायतका ६२ जनाले गाउँपालिका कार्यालयबाटै नागरिकता पाए । नागरिकता नलिएकाले समेत मतदाता परिचयपत्रका लागि गाउँपालिकामै फोटो खिचाए । स्थानीय तह कार्यान्वयनको करिब डेढ […]
म्याग्दी क्याम्पस र उवासंघ विच रोजगार व्यस्थापन सम्बन्धी सम्झौता
विकल्प न्यूज/बेनी असोज १२ गते । म्याग्दीको बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पस र निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघ विच रोजगार व्यवस्थापन सम्बन्धि सम्झौता भएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको रोजगारीको व्यवस्थापन गर्न क्याम्पस र वाणिज्य संघ विच सम्झौता भएको हो । शुक्रवार उद्योग वाणिज्य संघको कार्यालयमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष वालकृष्ण सुवेदी […]
जन्मदिनको अवसरमा मिर्गौला पीडित सुरेशको उपचारमा सहयोग
विकल्प न्यूज/बेनी असोज १२ गते । बेनीको माउण्ट एभरेष्ट आवाशीय माविको कक्षा ५ मा अध्ययनरत सत्कार केसीले आफ्नो जन्मदिनको अवसरमा मिर्गौला रोगबाट थलिएका सुरेश छन्त्यालको उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ । बेनी नगरपालिका ८ निवासी समाजसेवी एवम् पत्रकार महासंघ म्याग्दीका पूर्व अध्यक्ष सुरत केसी र सुनिता केसीका छोरा सत्कारले आफ्नो ११ औं वर्ष प्रवेशका […]
रातोमाटो खन्दा खसेको ढिस्कोले पुरिएर एकको मृत्यु
विकल्प न्यूज/बेनी असोज १२ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको फापरखेतमा घर लिप्नको लागि रातोमाटो खन्ने क्रममा माटोले पुरिएक एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । शुक्रवार दिउँसो करिव २ बजे फापरेखत सिंचाइ कुलो नजिकै रातोमाटो खन्ने क्रममा ढिस्कोले पुरिएर बेनी नगरपालिका २ फापरखेतकी ३५ वर्षिया कल्पना बोहोराको […]
नेकपामा नेतैपिच्छे गुट, जिल्ला र जनवर्गीय संगठनमा विवाद
विकल्प न्यूज/बेनी असोज १२ गते । तत्कालीन नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रसँग पार्टी एकता घोषणा गर्दा भनेका थिए, ‘अब पार्टीमा कसैमाथि कुनै प्रकारको भेदभाव, अन्याय, पूर्वाग्रह र हिजो कुन पक्षको भन्ने किसिमको व्यवहार हुने छैन।’ तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको हो । नेकपामा […]
वडाध्यक्षको मोटरसाईकल चलाउन पनि ड्राईभर भर्ना
विकल्प न्यूज/बेनी असोज १२ गते । गुल्मी राज्यका उच्च अहोदामा पुगेका नेता अधिकारीले गाडी र चालक सुविधा पनि लिने गरेको नौलो होईन । तर, गुल्मी ईस्मा गाउँपालिका २ का अध्यक्ष टीका रेश्मीले भने मोटरसाईकल चालक सुविधा लिएका छन् । उनले दैनिक कार्यसम्पादनका लागि मोटरसाईकल चालक भर्ना गरेका छन । गाउँपालिाका कार्यालय वा अन्यत्र जान उनले […]