ताजा समाचार:
Search

रातोमाटो खन्दा खसेको ढिस्कोले पुरिएर एकको मृत्यु

विकल्प न्यूज/बेनी
असोज १२ गते ।

 म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको फापरखेतमा घर लिप्नको लागि रातोमाटो खन्ने क्रममा माटोले पुरिएक एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

शुक्रवार दिउँसो करिव २ बजे फापरेखत सिंचाइ कुलो नजिकै रातोमाटो खन्ने क्रममा ढिस्कोले पुरिएर बेनी नगरपालिका २ फापरखेतकी ३५ वर्षिया कल्पना बोहोराको उपचारका लागि धौलागिरि अञ्चल अस्पताल बागलुङमा लैजादै गर्दा मृत्यु भएको बेनपा २ का वडाअध्यक्ष हिरावहादुर थापाले बताउनुभयो ।

वडाअध्यक्ष थापाले दिएको जानकारी अनुसार घाइते हुनेमा बागलुङ नगरपालिका वडा नं ५ मालिकाकी २४ वर्षिया निशा सापकोटा, २३ वर्षिया सिर्जना थापा र बेनी नगरपालिका वडा नं २ की ५० वर्षिया तेजकुमारी घिमिरे रहेका रहेका छन् ।
घाइते सापकोटालाई बागलुङमा उपचार हुन नसकेपछि मणिपाल शिक्षण अस्पताल पोखरामा लगिएको छ भने थापा र घिमिरेको धौलागिरि अंचल अस्पताल पोखरामा उपचार भैरहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकृत लोकवहादुर गुरुङले घटनाको बारेमा आधिकारिक विवरण प्राप्त भैनसकेको बताउँदै रत्नेचौरबाट घटनास्थलतर्फ प्रहरी खटाइएको जानकारी दिनुभएको छ ।ध्रुवसागर शर्मा