ताजा समाचार:
Search

म्याग्दी क्याम्पस र उवासंघ विच रोजगार व्यस्थापन सम्बन्धी सम्झौता

विकल्प न्यूज/बेनी
असोज १२ गते । samjutaम्याग्दीको बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पस र निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघ विच रोजगार व्यवस्थापन सम्बन्धि सम्झौता भएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको रोजगारीको व्यवस्थापन गर्न क्याम्पस र वाणिज्य संघ विच सम्झौता भएको हो ।

शुक्रवार उद्योग वाणिज्य संघको कार्यालयमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष वालकृष्ण सुवेदी र वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य विच सम्झौता भएको छ ।  20180928_125211 20180928_125222उद्योग वाणिज्य संघमा आवद्ध व्यवसाय तथा उद्योगहरुमा आवश्यक पर्ने जनशक्तिको कार्यक्षेत्र सहितको सूचि तयार पारी नियमित रुपमा क्याम्पसलाई जानकारी गराउने र त्यस्तो जनशक्ति तयार पारी क्याम्पसले उद्योग वाणिज्य संघलाई उपलब्ध गराउने सम्मmौतामा उल्लेख गरिएको छ ।

यस्तै क्याम्पसले जनशक्ति तयार पारी पठाएको सूचिलाई बाणिज्य संघले आफ्ना सदस्य व्यवसायीहरुले सञ्चालन गरेको व्यवसाय तथा उद्योगमा रोजगारीको व्यवस्था गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

पछिल्लो समय बजारमा दक्ष जनशक्तिको अभाव भएकाले जनशक्ति उत्पादन र रोजगारीको ग्यारेण्टी गर्नका लागि रोजगार व्यवस्थापन सम्झौता गरिएको उवासंघका अध्यक्ष कर्माचार्यले बताउनुभयो ।

म्याग्दीको निजी क्षेत्रलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नका लागि क्याम्पसले विद्यार्थीहरुलाई अतिरिक्त सिकाई,तालिम तथा प्रशिक्षण व्यवस्था गर्ने सञ्चालक समितिका अध्यक्ष सुवेदीले बताउनुभयो ।

सम्झौता आदानप्रदान कार्यक्रममा बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवाल,द्धितीय उपाध्यक्ष राजेश शाक्य,महासचिव लीलाराम गौतम र क्याम्पस प्रमुख टीकाराम सापकोटा र सहायक प्राध्यापक नारायणप्रसाद सुवेदीको सहभागिता थियो ।