ताजा समाचार:
Search

पर्वत बेनीमा रक्तदान कार्यक्रम सम्पन्न

सन्दिप शर्मा/म्याग्दी
असोज १३ गते । 42836380_692954974397216_2406631254402269184_nपर्वतको जलजला गाउँपालिका –३ पर्वत बेनीमा लायन्स क्लब अफ वेनी मल्लाजको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रत्तसञ्चार केन्द्र बेनी म्याग्दीको समन्वयमा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै डिस्टिक एडभाईचर चन्द्रकुमार केसीले समाजमा रचनात्मक क्रियाकलापहरु सञ्चालनगरी एक अर्कामा सहयोगको भवना लायन्स्ले ल्याएको बताउनुभयो । कार्यक्रममा क्लवका सदस्य, पर्वत तथा म्याग्दी वेनीका ३० जनाले रत्तदान गरेका थिए ।

क्लबका अध्यक्ष श्रीलाल चापागाईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा खर्चको व्यवस्थापन ओम श्री दक्षीणकाली क्रसर उघोगका सञ्चालक बिवेक हमालले गर्नु भएको थियो । क्लबका सचिव विक्रम सुवेदीले सञ्चालन गरेको कार्यक्रममा स्वागत रक्तदान कार्यक्रमका संयोजक दिनेश बानियाँले गर्नु भएको थियो ।