ताजा समाचार:
Search

जन्मदिनको अवसरमा मिर्गौला पीडित सुरेशको उपचारमा सहयोग

विकल्प न्यूज/बेनी
असोज १२ गते । 42648284_1457937471006430_3933018092589809664_n बेनीको माउण्ट एभरेष्ट आवाशीय माविको कक्षा ५ मा अध्ययनरत सत्कार केसीले आफ्नो जन्मदिनको अवसरमा मिर्गौला रोगबाट थलिएका सुरेश छन्त्यालको उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ ।

बेनी नगरपालिका ८ निवासी समाजसेवी एवम् पत्रकार महासंघ म्याग्दीका पूर्व अध्यक्ष सुरत केसी र सुनिता केसीका छोरा सत्कारले आफ्नो ११ औं वर्ष प्रवेशका अवसरमा मंगला गाउँपालिका ५ नेटाका मिर्गौला पीडित छन्त्यालको उपचारका लागि सहयोग पु¥याउन पाँचहजार पाँचसय रुपियाँ  सहयोग गर्नुभएको हो ।

सुरेश बचाऊ अभियान सञ्चालन गरेको परोपकारी संस्था ओमकुमारी शान्तिकोषमा शुक्रवार सत्कार र उहाँको आमा सुनिता केसीले मिर्गौला पीडित छन्त्यालको आमा सिता छन्त्याललाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । माउण्ट एभरेष्टको कक्षा ११ मा अध्ययनरत १९ वर्षीय मिर्गौला पीडित छन्त्यालको हाल अल्का अस्पताल काठमाण्डौंमा उपचार भइरहेको छ ।