म्याग्दी समाचार

मुक्तिमार्ग माविले मनायो ६० औ वार्षिक उत्सव (फोटो सहित )

विकल्प न्यूज/बेनी पुस १२ गते । म्याग्दीको उत्तरी स्थित अन्नपूर्ण गाउँपलिका ६ घारमा रहेको मुक्ति मार्ग माध्यमिक विद्यालयले विभिन्न कार्यक्रम आयोजना गरेर ६० औं वार्षिक उत्सव मनाएको छ । कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष क्या. डम बहादुर गर्बुजा पुनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले जोड दिएको बताउनुभयो । विद्यालयको शैक्षिक गुणस्तरलाई वृद्धि गर्नका लागि […]

सर्वोत्कृष्ट विद्यार्थीलाई सम्मान

विकल्प न्यूज/बेनी पुस १२ गते । अन्नपूर्ण गाउँपलिका ६ घरमा रहेको मुक्ति मार्ग माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७४ को एसइई परिक्षामा सर्वोत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ । सुन्दर खड्काले एसइई परिक्षामा सवै भन्दा बढी अंक प्राप्त गरी गाउँपालिकामा नै सर्वोत्कृष्ट भएको भन्दै नगद तिनहजार रुपियाँ सहित सम्मान गरिएको हो ।  बुधवार विद्यालयको ६० […]

तातोपानी कुण्ड भाडा दिने प्रस्ताव स्थानीयद्वार अस्विकृत

साधन राम्जालि मगर /विकल्प न्यूज पुस १२ गते । म्याग्दीको प्रख्यात तातोापनी कुण्डलाई भाडा दिने प्रस्ताव स्थानीयवासीहरुले अस्विकृत गरिदिएका छन् । म्याग्दी प्रवासी नेपाल संघ(मोना)ले तातोपानी कुण्डलाई भाडा दिन बेनी नगरपालिका सँग प्रस्ताव गरेको थियो । मोनाको प्रस्तावका वारेमा भएको छलफलमा स्थानीयवासीहरुले कुण्डलाई भाडा दिननहुने भन्दै प्रस्तावको विरोध गरेका छन् । बेनी नगरपालिकाका जनप्रतीनिधि, स्थानिय […]

तमुल्होसार पर्व कटौतीको विराेधमा बेनीमा प्रदर्शन

साधन राम्जाली मगर / विकल्प न्युज म्याग्दी बुधबार पौष ११ गते । गुरुङ जातिहरुको महान पर्व तमु ल्होसार राष्ट्रीय पर्वको सुचिबाट हटाइएको प्रति म्याग्दीमा बिरोध प्रदर्शन गरिएको छ । बुधबार नेपाल (तमु ह्युल छोज धिं) गुरुङ राष्ट्रीय परिषद जिल्ला कार्यसमिती म्याग्दीले बिभिध कार्यक्रम सहित बिरोध प्रदर्शन गरेको हो । बिरोध प्रदर्शनमा उनिहरुले राज्यले राष्ट्रीय पर्वलाई […]

राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट

साधन राम्जाली /बेनी पुस १० गते ।  आगमी माघ २५ गते देखि सुरु हुने आठौं  राष्ट्रिय खेलकुद प्रतियोगितामा म्याग्दीबाट सहभागि हुने खेलाडिहरु छनौंट गरिएको छ । जिल्ला खेलकुद विकास समितिले विभिन्न चरणमा खेलको आयोजना गरि खेलाडि छनौंट गरेको हो । जिल्लाबाट १० वटा बिधामा सहभागिता जनाउने महिला तथा पुरुष खेलाडीहरु छनौट गरिएको समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले […]

म्याग्दीमा आधारभूत रेडियो उद्घोषण तथा पत्रकारिता तालिम सुरु

विकल्प न्यूज/बेनी पुस १० गते । म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलबारदेखि आधारभूत रेडियो उद्घोषण तथा पत्रकारिता तालिम सुरु भएको छ । म्याग्दीकाली सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित म्याग्दीकाली एफएम ८८ दशमलव २ मेगाहर्जको आयोजनामा उद्घोषण तथा पत्रकारिता तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले तालिमलाई भरपुर रुपमा उपयोग गरी व्यवहारमा उतार्नुपर्ने बताएकी […]

मोना नेदरल्याण्डद्वारा शान्ति कोषलाई ३ लाख सहयोग

साधन राम्जाली /विकल्प न्यूज पुस १० गते । प्रवासी म्याग्देलीहरुको संस्था मोना नेदरल्याण्डले म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई तीन लाख रुपियाँ सहयोग गरेको छ । शान्तिकोषको कार्यालय बेनीमा मंगलवार आयोजना गरिएको रकम हस्तान्तरण कार्यक्रम मार्फत मोना नेदरल्याण्डका अध्यक्ष जंगबहादुर पुनले कोषका अध्यक्ष राजेश शाक्यलाई तीनलाख एक हजार रुपियाँ सहयोग हस्तान्तरण गर्नुभएको हो । शान्ति कोषले स्थापना […]

रात्रिबसमा परिचारिका

घनश्याम खड्का /बेनी पुस १० गते । रात्रिबसमा महिला कर्मचारीले चिया–कफी र पानी सोध्छिन् । ल्याइदिन्छिन् । यात्रा बसकै हो १ बेनी–काठमाडौं बसमा दुइटी साहसिला र स्वावलम्बी परिचारिका छन् ।अन्नपूर्ण गाउँपालिका–५, पाउद्वार घर भई राजधानीको त्रिचन्द्र कलेजमा बीएस्सी दोस्रो वर्षकी छात्रा कुसुम राना र बेनीको माउन्ट एभरेस्ट माविबाट १२ कक्षा उत्तीर्ण अन्नपूर्ण–१, दोबाकी राशु राम्जाली । सार्वजनिक यातायातमा थोत्रा […]

अन्धगल्छी अब ‘हाइड्रो हब’

विकल्प न्यूज/बेनी पुस १० गते । संसारकै गहिरो गल्छी अब ‘हाइड्रो हब’ बन्न थालेको छ । अन्धगल्छीबाट बग्ने कालीगण्डकी ऊर्जा नदी र अन्धगल्छीमा अवस्थित अन्नपूर्ण गाउँपालिका क्षेत्र हाइड्रो हब बनेको हो । अन्नपूर्ण हिमश्रृंखलाबीच कालीगण्डकीले बनाएको ६ हजार ९ सय ६७ मिटर गहिरो खोंच नै अन्धगल्छी हो । यो क्षेत्र बेनीबाट मुस्ताङको यात्रामा जाँदा देखिन्छ । अन्नपूर्ण–२ तातोपानी, वडा […]

मराङको बेशीमा दन्त शिविर

विकल्प न्यूज /बेनी पुस १० गते । धवलागिरी गाउँपालिका ६ मराङको बेशीमा सोमबार देखि दुइदिने निशूल्क दन्त शिविरको आयोजना गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजील्याड र म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले धवलागिरी गाउँपालिकासँग समन्वय गरेर आयोजना गरेको शिविरको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभयो । अध्यक्ष पुनले ग्रामिण र दुर्गम क्षेत्रमा स्वास्थ्य, शिक्षाको […]

मुसुङमा पुस २६ देखि पर्यटन मेला

विकल्प न्यूज/बेनी पुस १० गते ।   प्रशस्त धार्मिक र पर्यटकीय सम्भावना रहेर पनि वर्षौंदेखि ओझेलमा परेको स्वर्गाश्रम र बेलढुङ्को प्रचारप्रसार गरी आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले म्याग्दीको बेनी नगरपालिका–३ मा अवस्थित मुसुङमा पदयात्रा र मेला आयोजना गरीने भएको छ । स्थानीय विभिन्न सङ्घसंस्थाको सहकार्यमा स्थानीय स्वर्गाश्रम युवा क्लबले आयोजना गर्ने सो मेला पुस २६ […]

म्याग्दीखोलामा पुल नहुँदा सास्ती

विकल्प न्यूज/बेनी पुस १० गते । तस्विर धिरन खत्री म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनवासीले खोलामा पुल नहुँदा सडक सुविधाबाट बञ्चित भएका छन् । गाउँपालिकाको केन्द्र बाबियाचौर हुँदै जिल्ला सदरमुकाम आउने बाटोमा पर्ने म्याग्दी खोलामा वारपारका लागि पुल निर्माण नभएपछि अर्मनवासीलाई सास्ती भएको छ । स्थानीयवासीलाई खोलामा जोखिम मोलेर सवारी साधन गुडाउनुपर्ने तथा पैदल हिँड्नुपर्ने बाध्यता छ […]

मृर्गौला पीडित किसानलाई प्रवासीको २ लाख १९ हजार सहयोग

साधन रामजाली /विकल्प न्यूज पुस १० गते । म्याग्दीको मालिका गाउँपालिका–४ फुलबारीका मृर्गौला रोगी नरबहादुर किसानलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । दुवै मृगौला काम गर्न नसकेपछि ओछ्यानमा थला परेका किसानलाई प्रवासीहरुको सहयोगमा संकलित आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । छहारी युवा क्लबको नेतृत्वमा बिभिन्न देशमा कार्यरत म्याग्देलीहरुबाट प्राप्त नगद २ लाख १९ हजार ३ सय […]

जन्मदिनमा पुस्तक उपहार

विकल्प न्यूज/बेनी पुस ९ गते । जन्मदिनको अवसरमा एक शिक्षकले विद्यालयको पुस्तकालय र विद्यार्र्थीलाई पुस्तक प्रदान गर्नु भएको छ । न्यु वेट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा अध्यापन गर्नुहुने शिक्षिका सुनिता गौतमले आफ्नो जन्मदिनको अवसरमा विद्यालयको पुस्तकालयलाई दुइवटा पुस्तक प्रदान गर्नु भएको हो । शिव खेडाद्वारा लिखित ूजित मेरो ू र नवराज बरालद्वारा लिखित ूनामू पुस्तक […]

प्रकाश माविको ६६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

साधन राम्जाली मगर /विकल्प न्यूज पुस ९ गते । जिल्लाकै पुरनो विद्यालय प्रकाश माध्यामिक बिद्यालयले ६६ औँ जन्मोत्सव तथा अभिभावक दिवस मनाएको छ । म्याग्दीको सदरमुकाम स्थित बेनी नगरपालिका– ७ मा रहेको विद्यालयले विविध कार्यक्रम गरि आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । बिक्रम संवत २००९ मा स्थिापित विद्यालयले कक्षा एक देखि माध्यमिक तहको […]