ताजा समाचार:
Search

सर्वोत्कृष्ट विद्यार्थीलाई सम्मान

विकल्प न्यूज/बेनी
पुस १२ गते । अन्नपूर्ण गाउँपलिका ६ घरमा रहेको मुक्ति मार्ग माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७४ को एसइई परिक्षामा सर्वोत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

सुन्दर खड्काले एसइई परिक्षामा सवै भन्दा बढी अंक प्राप्त गरी गाउँपालिकामा नै सर्वोत्कृष्ट भएको भन्दै नगद तिनहजार रुपियाँ सहित सम्मान गरिएको हो ।  बुधवार विद्यालयको ६० औं वार्षित्सव तथा अभिभावक दिवसका अवसरमा गाउँपालिका अध्यक्ष क्या. डमबहादुर गर्बुजा पुन,६ नम्बर वडाअध्यक्ष कृष्णप्रसाद बरुवाल र विद्यालयका प्रअ मेख बहादुर खड्का र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकुल बरुवाल लगायतले सम्मान गर्नुभएको हो । यसै गरी कार्यक्रममा तीन दशमलब २ भन्दा बढी जिपिए ल्याउने १२ जना तथा कक्षाा ११ र कक्षा १२ मा उत्कृष्ट हुने एक एक जना लाई दुई हजार रुपैयाँका दरले पुरस्कृत गरिएको थियो ।