साधन राम्जालि मगर /विकल्प न्यूज
पुस १२ गते । म्याग्दीको प्रख्यात तातोापनी कुण्डलाई भाडा दिने प्रस्ताव स्थानीयवासीहरुले अस्विकृत गरिदिएका छन् । म्याग्दी प्रवासी नेपाल संघ(मोना)ले तातोपानी कुण्डलाई भाडा दिन बेनी नगरपालिका सँग प्रस्ताव गरेको थियो । मोनाको प्रस्तावका वारेमा भएको छलफलमा स्थानीयवासीहरुले कुण्डलाई भाडा दिननहुने भन्दै प्रस्तावको विरोध गरेका छन् ।
बेनी नगरपालिकाका जनप्रतीनिधि, स्थानिय व्यवस्थापन समिती,स्थानयवासी र निजि मोना म्याग्दीका प्रतिनिधिहरुका बिचमा भएको छलफलमा निजि क्षेत्रबाट मोना आइईसिका अध्यक्ष चक्रबहादुर थापा र पुर्व अध्यक्ष एवम् संरक्षक योगेन्द्र क्षेत्री लागायतको टोलिले कुण्डलाई भाडामा दिन प्र्रस्ताव पेश गर्नुभएको थियो । प्रस्ताव पेश गर्दै अध्यक्ष क्षेत्रीले स्थानियको लगानिमा कुण्डको प्राकृतिक संरचनालाई क्षति नपु¥याई अत्याधुनिक प्रविधिको प्रयोग गरि कुण्डको व्यवस्थापन गरिने बताउनुभयो ।
उहाँले कुण्ड प्राकृतिक उपचारको केन्द्र मात्र नभई पर्यटकीय हिसावले पनि प्रचुर सम्भावना बोकेको बताउनुभयो । अत्याधुनिक प्रविधिको प्रविधि .प्रयोग गरि कुण्डको स्तरोन्नती संगै सेवा क्षेत्र बढाउने र स्थानियलाई रोजगारिको अवसर प्रदान गरिने बताउनुभयो ।
यता व्यवस्थापन समितिले भने स्थानिय संगको बृहत छलफल पछि मात्र प्रस्तावबारे जानकारी दिइने बताएको छ । स्थानियले कुण्डमा पुर्खाको पसिना बगेकाले दिन नसिकिने बताए ।
कुण्ड व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले तातोपानी कुण्ड स्थानियको आर्थिक आम्दानी तथा शैक्षिक संचालनको स्रोत भएकाले स्थानिय संगको बृहत छलफल पछि मात्र जानकारी दिइने बताउनुभयो । कुण्डको आम्दानिले सिंगामा रहेको सरस्वती माविमा ११ निजि शिक्षकलाई तलव खुवाउने गरेको बताउनुभयो ।
बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले स्थानियको सल्लाह र नगरकार्यापािलकाको वैठक पछि मात्र निर्णय दिन सकिने बताउनुभयो ।