साधन राम्जाली मगर / विकल्प न्युज
म्याग्दी बुधबार पौष ११ गते ।
गुरुङ जातिहरुको महान पर्व तमु ल्होसार राष्ट्रीय पर्वको सुचिबाट हटाइएको प्रति म्याग्दीमा बिरोध प्रदर्शन गरिएको छ ।
बुधबार नेपाल (तमु ह्युल छोज धिं) गुरुङ राष्ट्रीय परिषद जिल्ला कार्यसमिती म्याग्दीले बिभिध कार्यक्रम सहित बिरोध प्रदर्शन गरेको हो ।
बिरोध प्रदर्शनमा उनिहरुले राज्यले राष्ट्रीय पर्वलाई कटौती गरि दोस्रो नागरिक सरहको व्यवहार गरेको बताउँदै आक्रोश व्यक्त गरेका थिए ।
विरोध प्रदर्शनलाई सम्बोधन गर्दै जिल्ला कार्य समिति म्याग्दीका अध्यक्ष चक्र बहादुर गरुङले राज्यले अन्याय गरेको बताउनुभयो ।
आफुहरुको माग संस्थागत नहुँदा सम्म बिभिन्न खाले आन्दोलनलाई जारि राखिने बताउनुभयो । आफुहरुको माग पुरा नभए सशसक्त रुपमा सडकमा उत्रने समेत चेतावनी दिनुभयो ।
उहाँले देशमा भएका हरेक जातिहरुको जातिय पर्व, भाषा, पहिचान, कला तथा संस्कतीलाई संरक्षण एवम उत्थानको साटो लोप गराएर एकल जातिय शासन व्यवस्था प्रणालिलाई निरन्तरता दिन लागेको बताउनुभयो ।ृदेशको हरेक परिवर्तनमा आफुहरुले दिएको योगदानलाई राज्यले सम्मान गर्न नसकेको बताउँदै दुख व्यक्त गर्नुभयो ।
नेपाल गुरुङ राष्ट्रीय परिषद जिल्ला कार्य समिति म्याग्दीका पुर्व अध्यक्ष देव बहादुर घलेले राज्यले आफुहरुलाई अन्याय गरेको बताउनुभयो ।
राज्यले लोकतन्त्रमा पनि राजकिय हुकुम शासन प्रणालि आत्मसात गरेको बताउनुभयो ।
राज्यले राष्ट्रीय पर्व कटौती गरि आफुहरु माथि ठुलो अन्याय गरेको बताउँदै अधिकार प्राप्त नहुँदा सम्म आन्दोलनलाई जारी राखिने उद्घोष गनुभयो ।
उहाँले अधिार प्राप्तीका लागि सबैलाई शसक्त भएर होमिन हाग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला कार्य समितीकी उपाध्यक्ष बिष्णु गुरुङ, जिल्ला सदस्य बोम बहादुर गुरुङ , नेपाल गुरुङ राष्ट्रीय परिषद जिल्ला कार्य समिती इकाई दरबाङकी सुनमाया गुरुङ तथा जिल्ला सदस्य सदस्यहरुले आफुहरुको पर्व पुन स्थापित गरि न्याय दिन र सबै जातजातिको भाषा, कला, पर्व ,संस्कृतीलाई सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । मन्तव्य राख्नुभएको थियो ।
जिल्ला अध्यक्ष गुरुङको अध्यक्ष्यता तथा चार नम्वर प्रदेश बिधार्थि संघका सचिव नेत्र गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम सुरु हुनु पुर्व ¥याली गरि बेनी बजार परिक्रममा गरिएको थियो ।