साधन राम्जाली मगर /विकल्प न्यूज
पुस ९ गते ।
जिल्लाकै पुरनो विद्यालय प्रकाश माध्यामिक बिद्यालयले ६६ औँ जन्मोत्सव तथा अभिभावक दिवस मनाएको छ । म्याग्दीको सदरमुकाम स्थित बेनी नगरपालिका– ७ मा रहेको विद्यालयले विविध कार्यक्रम गरि आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
बिक्रम संवत २००९ मा स्थिापित विद्यालयले कक्षा एक देखि माध्यमिक तहको कक्षा १२ सम्म संचालन गर्दै आइरहेको छ । प्रम्ख अतिथी बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले वार्षिकोत्सवको शुभकामना व्यक्त गर्दै आगमी दिनमा विद्यालयले अझै शैक्षिक गुणस्तर माथि लैजान सुझाव दिनुभयो । उहाँले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । मेयर श्रेष्ठले सामुदायिक बिद्यालयतर्फ जिल्लमा छुट्टै पहिचान बनाउन सफल भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । उहाँले शैक्षिक गुणस्तरका लागि स्थानिय सरकार प्रयासरत रहेको उद्घोष पनि गर्नुभयो । सरकारले सामुदायिक बिद्यालयमा लगानी गरे अनुरुपको नतिजा आउन नसकेको बताउँदै मेयर श्रेष्ठले शिक्षक र अभिभावकहरुले शैक्षिक गुणस्तर सुधारका लागि ध्यानदिनुपर्ने उहाँको भनाई थियो ।
स्थानीय सरकार गठन संगै नगरपालिकाले शैक्षिक गुणस्तरका लागि बिशेष योजना बनाएर अगाडि बढीरहेको उहाँको भनाई थियो । ‘नगरपालिले शैक्षिक गुणस्तरका लागि नगरपालिका भित्र रहेका सामुुदायिक बिद्यालयमा प्राविधिक शिक्षा तर्फ जोड दिइएको बताउँदै उहाँले आवश्यकता अनुसार दरबन्दी मिलान् एवम् कर्मचारी व्यवस्थापन र भौतिक पुर्वाधारमा नगरपालिकाले ठोस योजना बनाउन लागेको बताउनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य हरिकृष्ण श्रेष्ठले विद्यालय जिल्लाकै पहिलो एवम उत्कृष्ट बिद्यालय भएको दावि गर्नुभयो । उहाँले सामुदायिक विद्यालय सुधारमा सरकार उदासिनता भएको बताउनुभयो । सामुदायिक विद्यालय सबै बर्गका विद्यार्थीले अध्ययन गर्ने थलो भएकाले सामुदायिक बिद्यालयमा सरकारले लगानी बढाउनुपर्ने उहाँको भनाई थियो ।
त्यस्तै विद्यालयका प्रअ हरिकृष्ण सुवेदीले विद्यालयको संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्दै बिभिन्न चुनौती बावजुत पनि जिल्ला र साविक धौलागिरी अञ्चलकै उत्कृष्ट विद्यालय हुन सफल भएको बताउनुभयो । कार्यक्रममा विद्यालयका आजिवन सदस्य बिमला गौचन ,बेनी नगरपालिका वडा नं ८ का अध्यक्ष रामकृष्ण बराईली, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष एवम् नगर कार्यपालिकास सदस्य कृष्णकुमार बिश्वकर्मा, वडा नं ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ ,म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य वडा नं ६ का अध्यक्ष कृष्णबहादुर बानियाँ र अभिभावकतर्फबाट सुवर्ण रिजाल लगायतले सामुदयिक बिद्यालयको शैक्षिक गुणस्तरका लागि सम्बन्धीत सरकारवालाहरुले गम्भिर भएर ध्यान दिनुपर्नेमा जोड दिनुभयो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नविन कुमार श्रेष्ठको अध्यक्षता प्रमुख अतिथि मेयरको प्रमुख आतिथ्यता सहायक प्रअ लेखबहादुर हमालको सञ्चालन तथा एवम विव्यसका सदस्य श्रेष्ठको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम सुरु हुनुभन्दा पूर्व विद्यार्थी,शिक्षक र अभिभावक सहित बजारमा ¥याली निकालिएको थियो । दिवसका अवसरमा विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।