राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट

साधन राम्जाली /बेनी
पुस १० गते । 

आगमी माघ २५ गते देखि सुरु हुने आठौं  राष्ट्रिय खेलकुद प्रतियोगितामा म्याग्दीबाट सहभागि हुने खेलाडिहरु छनौंट गरिएको छ । जिल्ला खेलकुद विकास समितिले विभिन्न चरणमा खेलको आयोजना गरि खेलाडि छनौंट गरेको हो ।

जिल्लाबाट १० वटा बिधामा सहभागिता जनाउने महिला तथा पुरुष खेलाडीहरु छनौट गरिएको समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले जानकारी दिनुभयो ।

फुटवलमा पूरुष २०, महिला १९, भलिबलमा पुरुष १०, महिला १० जना, बास्केटबलमा १० जना, एथेलेष्टीकमा पूरुष र महिला ४/४जना, तेक्वान्दोमा पूरुष र महिला १०/१० जना, कवडीमा पुरुष र महिला १०/१० जना, ब्याटमिन्टन पुरुष ४, महिला २, टेवल टेनिस २ जना पुरुष, उषुमा पुरुष ५ महिला २ खेलाडी छनोट भएका छन् । म्याग्दीबाट छनौंट भएका खेलाडिहरु गण्डकी प्रदेश स्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गरी छनौंट भएपछि राष्ट्रीय प्रतियोगितामा सहभागि हुन पाउने छन् ।