ताजा समाचार:
Search

मुक्तिमार्ग माविले मनायो ६० औ वार्षिक उत्सव (फोटो सहित )

विकल्प न्यूज/बेनी
पुस १२ गते । म्याग्दीको उत्तरी स्थित अन्नपूर्ण गाउँपलिका ६ घारमा रहेको मुक्ति मार्ग माध्यमिक विद्यालयले विभिन्न कार्यक्रम आयोजना गरेर ६० औं वार्षिक उत्सव मनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष क्या. डम बहादुर गर्बुजा पुनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले जोड दिएको बताउनुभयो । विद्यालयको शैक्षिक गुणस्तरलाई वृद्धि गर्नका लागि टेलिटिचिङ प्रविधिलाई अगाडि बढाइको उहाँले बताउनुभयो ।  सामुदायिक विद्यालयमा प्राबिधिक विषयको पठनपाठन सञ्चालनका लागि गाउँपालिका पहल गर्ने बताउनुभयो । आफ्नो सरकारी सेवा सुविधा वापत प्राप्त गर्ने रकमलाई गरिब विपन्न विद्यार्थीको उच्च शिक्षा र समस्यामा परेका सामुदायिक विद्यालयलाई उपलब्ध गराउने अध्यक्ष पुनले बताउनुभयो ।

वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेको मुक्तिमार्ग शिक्षा क्याम्पसलाई प्राबिधिक शिक्षालयमा रुपान्तरण गर्नुपर्ने बताउदै शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयले कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा २०७४ को एसइई परिक्षामा सर्वोकष्ट जिपीए ल्याउने सुन्दर खड्कालाई तीन हजार र तीन दशमलब २ भन्दा बढी जिपिए ल्याउने १२ जना तथा कक्षाा ११ र कक्षा १२ मा उत्कृष्ठ हुने एक एक जना लाई दुई हजार रुपैयाँका दरले पुरस्कृत गरिएको थियो । विद्यार्थीहरुले गीत, नृत्य र नाटक प्रस्तुत गरेका थिए । आर्थिक सहयोगदाताहरुलाई पनि सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकुल बरुवालको अध्यक्षता, शिक्षक ठगराज बरुवालको सञ्चालन र बिमल बरुवालले स्वागत गर्नुभएको कार्यक्रममा प्रअ मेखबहादुर खड्काले शैक्षिक, भौतिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

 

कार्यक्रममा वडा सदस्य रामबहादुर खड्का, संरक्षक बहुतबहादुर बरुवाल, सल्लाहकार यामबहादुर खड्का, पुर्व अध्यक्ष नरबहादुर बरूवाल, अगुवा खेमबहादुर खड्का र विद्यार्थी समिक्षा बरुवालले शुभकामना मन्तब्वय व्यक्त गर्नुभएको थियो ।